रुपन्देही सुपर लिग : विपिन चम्किदा तिरुपतिको जित



प्रकाश न्यौपाने, भैरहवा, फागुन २१

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’ को समूह ‘सी’को खेलमा तिरुपति क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको तिलोत्तमा निर्धारित ५० ओभरको खेलमा २९.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमै समेटियो । उसका लागि मनोज सुनारले १८, अनिल खत्रीले नटआउट १५ र विकल क्षेत्रीले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा तिरुपतिका विपिन न्यौपानेले ८ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । यस्तै, वसिर अहम्मदले ३ तथा तुलबहादुर थापा र प्रदीप जैसवालले समान १/१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको तिरुपतिले १७.५ ओभरमा ८ विकेटको क्षतिमा ९१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा तुलबहादुर थापाले नटआउट ४० र विवेक न्यौपानेले ११ रन बनाए । बलिङमा तिलोत्तमाका विष्णु कटरिया र कृष्ण पराजुलीले समान ३/३ तथा यमबहादुर क्षेत्रीले २ विकेट लिए । तिरुपतिका विपिन न्यौपाने म्यान अफ द म्याच भए ।

शनिबार डिभिजन ‘ए’ को लुम्बिनी खुकुरी क्रिकेट क्लब र सैनामैना क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]