रुपन्देहीले दिएको १०७ रनको लक्ष्य पछ्याउँदै धनगढी



धनगढी प्रिमियर लिग अन्तर्गत सातौँ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

फाप्ला क्रिकेट मैदानमा हुस्सु र शितको कारणले टस ढिला भएको र खेललाई समेत असर गरेको कारण खेललाई १५ ओभरमा झारिएको थियो।

१५ ओभरको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा १०६ रन बनाएको छ।

खराब सुरुवात गरेको उसका प्रदिप ऐरी गोल्डेन डक हुँदै पहिलो ओभरको दोश्रो बलमा नै क्याच आउट हुन पुगेका थिए। त्यसपछि बाबर हयातले सोमपाल कामिले गरेको इनिंगको तेस्रो ओभरको दोश्रो, तेस्रो र चौथो बलमा चौका, छक्का र पुनः अर्को छक्का प्रहार गरे। पाचौं बलमा १९ रन (१० बल) बनाई आउट भए।

तेस्रो विकेटको लागि सुमित महर्जन र बिनोद भण्डारीले ५७ रनको साझेदारी गरे। महर्जनले ३३ रन (२४ बल, २ चौका, २ छक्का) तथा भण्डारीले २४ रन (२५ बल, २ चौका) बनाए। महर्जन तेस्रो विकेटको रुपमा टिमको स्कोर ८२ रन रहँदा आउट भए।

त्यसपछि ब्याटिंग कोल्याप्स भएपछी ८२/२ को अवस्थाबाट टिमले थप १० रन जोड्दा थप ५ विकेट गुमायो। आफ्नो डेब्यु खेल खेलिरहेका सुरज दराई १ रन (३ बल), भिम सार्की २ रन (३ बल), पुनित मेहरा ६ रन (११ बल) मा आउट भए।

१३.४ ओभरमा बिक्रम सोबले आमिर हयातको बलमा २ रन लिँदै टिमको स्कोर शतक पार गराए। त्यो भन्दा अगाडीको बलमा छक्का समेत प्रहार गरेका थिए। सोबले ११ रन (९ बल) बनाए।

पारिको अन्तिम दोश्रो बलमा पवन सर्राफले बलिंग गर्दा ललित भण्डारीको आँखा नजिक लागेपछि उनि शुन्य रनमा रिटायर्ड हर्ट भए। अन्तिम बलमा बसन्त रेग्मी समेत स्टम्पिंग आउट भए। अन्तिम ब्याट्सम्यानको रुपमा अनिल खरेल अविजित रहे।

बलिंगमा पवन सर्राफले २ ओभर गर्दै १ मेडन सहित २ रन खर्चेर २ विकेट लिए। त्यस्तै बिपिन खत्री (३-०-१४-२) र कप्तान सोमपाल कामि (३-०-२३-२) ले समान २/२ विकेट लिए। आमिर हयात र रोहन मुस्तफाको नाममा १/१ विकेट रह्यो।





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : शारदा र होल्याण्ड विजयी

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आज भएका खेलमा शारदा विद्या […]

एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक

नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक गरिएको छ। गत वर्ष चैत्र १ गते […]

PSL 2021 : Sandeep Lamichhane joins Lahore Qalandars as a replacement of Rashid Khan

Nepal’s 20-year-old spin prodigy Sandeep Lamichhane departs towards Karachi today at 11:00 PM to participate in the ongoing 6th edition […]

पीएसएल : कप्तान रियाजले उत्कृस्ट बलिंग गर्दा पेशावरको सहज जित

कप्तान वहाव रियाजले उत्कृस्ट बलिंग गर्दा इश्लामावाद युनाइटेडलाई ६ विकेटले पराजित गर्दै पेशावर जाल्मी पाकिस्तान सुपर लिग ( पीएसएल ) […]

महोत्तरीमा अन्तर नगरपालिका क्रिकेट आयोजना हुने

चैत्र २२ गते देखि महोत्तरीमा स्व. विशाल गप्ता एवं स्व. कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको […]

लिटल फ्लावर प्रिमियर लिग : बिद्या भुषणको जितमा शेर मल्लको अलराउण्ड प्रदर्शन

धनगढीमा शनिवारदेखि सुरु भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा विद्या भूषणले विजयी सुरुवात गरेको छ […]