डुसेनले शतक बनाउदा रोमान्चक खेलमा दक्षिण अफ्रीकाद्वारा पाकिस्तान पराजित



टि-ट्वान्टी विश्वकपको तयारीको लागि खेलिएको अभ्यास खेलमा दक्षिण अफ्रीकाले रोमान्चक खेलमा प्रकिस्तानलाई ६ विकेटले पराजित गरेको छ। युएईको अबुधाबी स्थित टोलरेन्स ओभल मैदानमा पाकिस्तानले दिएको १८७ रनको लक्ष्य दक्षिण अफ्रीकाले अन्तिम बलमा भेटायो।

जितको लागि अन्तिम ओभरमा आवस्यक १९ रन बनाउदै दक्षिण अफ्रीकाले जित दर्ता गर्यो। हसन अलिले गरेको अन्तिम ओभरको पहिलो बलमा भान डर डुसेनले छक्का प्रहार गरे। दोश्रो बलमा डुसेनले १ रन लिए जसपपछि तेश्रो बलमा डेभिड मिलरले छक्का प्रहार गरे। चौंथो बलमा मिलरले १ रन लिए। २ बलमा जित्न ५ रन आवस्यक रह्यो। पान्हौ बलमा डुसेनले चौका प्रहार गर्दै स्कोर बराबरी गरे। ओभरको अन्तिम बलमा पुनः चौका प्रहार गर्दै डुसेनले जित दिलाए र शतक समेत पुरा गरे।

१५ रनमा २ विकेट गुमाएको अवस्थामा तेश्रो नम्बरमा ब्याटिंग गरेका डुसेनले अविजित शतक बनाए जुन क्रममा ५१ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै १०१ रन बनाए। कप्तान तेम्बा बभुमाले ४६ रन बनाए। डुसेन र बभुमाले तेश्रो विकेटको लागि १०७ रनको साझेदारी गरे।

पाकिस्तानको बलिंगमा इमाद वासिम ( ३-०-१९-२ ) र शाहिन अफ्रिदीले ( ४-०-३०-२ ) समान २ विकेट लिए। महँगो सावित भएका हसन अलिले ४ ओभरमा ५२ रन खर्चिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट क्षेतीमा १८६ रन बनाएको थियो।

पाकिस्तानको लागि फखर जमानले अर्धशतक बनाउने क्रममा आक्रामक ब्याटिंग गर्दै २८ बलमा २ चौका र ५ छक्का मद्दतले ५२ रन बनाए। असिफ अलिले ३२, शोयब मलिकले २८, मोहम्मद रिजवानले १९ तथा कप्तान बाबर आजमले १५ रन बनाए। दक्षिण अफ्रिकी बलर कागीसो रबाडाले सर्वाधिक ३ विकेट ( ४-०-२८-३ ) तथा केशव महाराज र एनरिक् नोर्कियाले समान १ विकेट लिए।

पहिलो अभ्यास खेलमा दक्षिण अफ्रीकाले अफगानिस्तानलाई ४१ रनले पराजित गरेको थियो। विश्वकपको सुपर-१२ चरणमा दक्षिण अफ्रीका समुह १ मा छ जुन समुहमा अस्ट्रेलिया, वेस्टइन्डिज र इंग्ल्यान्ड तथा समुह चरणबाट उक्लने दुई टोलि हुनेछ। प्रतियोगिताको सुरुवात दक्षिण अफ्रीकाले अक्टोबर २३ तारिखमा अस्ट्रेलियासंग खेल्दै गर्नेछ।

पाकिस्तानले पहिलो अभ्यास खेलमा वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको थियो। विश्वकपको सुपर-१२ चरणमा पाकिस्तान समुह २ मा छ जुन समुहमा भारत, न्युजिल्यान्ड, अफगानिस्तान तथा समुह चरणबाट उक्लने दुई टोलि हुनेछ। प्रतियोगितामा पाकिस्तानले पहिलो खेल अक्टोबर २४ तारिखमा भारतसंग खेल्नेछ।





थप समाचार

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु फर्कने

नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके फर्कने निश्चित भएको छ। यो वर्ष अगस्टमा डेभ व्हाटमोरले व्यक्तिगत कारण देखाउदै […]

BIG BASH : सन्दिपले लिए ड्यानियल क्रिस्चियनको विकेट, कमेन्टेटरद्वारा तारिफ

एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत पहिलो खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो सुरुवात गरेका छन्। सिड्नी […]

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]