सागर पुनको शतकमा आर्मीको सहज जित, मध्य-पश्चिमलाई जिताउन अमर उत्कृस्ट

Sagar Pun


  • विकेटनेपाल, जेठ-८ 

सुर्खेतमा जारि रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिन सम्पन्न ३ वटा खेलहरुमा महाकाली  क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब र मध्य-पश्चिम क्रिकेट क्लब बिजयी भएका छन्।

आजको खेलहरु पछि अंकतालिकाको समुह ‘ए’ मा रुपन्देही-११ ३ खेलमा ३ जित सहित शिर्षस्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लबको ३ खेलमा २ जित र १ हार सहित ४ अंक तथा ४ वटा खेल खेलेको टिकापुर क्रिकेट क्लबको ४ खेल खेल्दा २ जित र २ हार सहित ४ अंक रहेको छ। यस्तै समुह ‘बि’ मा धनगढी क्रिकेट एकेडेमी ३ खेलमा जित सहित ६ अंक शिर्ष स्थानमा रहेको छ  भने मध्य-पश्चिम क्रिकेट क्लबको ४ खेलमा ३ जित र १ हार सहित ६ अंकनै रहेको छ। ( अंकतालिका )

पहिलो खेल – ( स्कोरकार्ड

दिनको पहिलो खेलमा महाकाली क्रिकेट क्लबले भेरीगंगा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिंग गरेको भेरीगंगा क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो। उसको लागि तिलक थापाले सर्वाधिक ३७ रन तथा सौगात कार्कीले २४ रन योगदान दिए । बलिंगतर्फ पारस केसी र महेन्द्र सावदले समान २/२ विकेट लिए भने रोबिन क्षेत्रीले किफायती बलिंग गर्दै १ विकेट लिन ४ ओभरमा मात्र ६ रन खर्चिए।

१२३ रन लक्ष्य महाकालीले १७.१ ओभरमा ६ विकेट पुरा गर्यो। उसको लागि महेश साउदले सर्वाधिक अविजित २८ रन तथा पारस केसीले अविजित २३ रन बनाए। बलिंगतर्फ भेरिगंगाका शिभ डाँगी र तिलक थापाले २/२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच महेश साउद घोषित भए।

दोश्रो खेल – ( स्कोरकार्ड )

आजै सम्पन्न दोश्रो खेलमा  त्रिभुवन आर्मी क्लबले टिकापुर क्रिकेट क्लबलाई १७६ रनले पराजित गर्यो।

टस जितेर ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा २ विकेट मात्रै गुमाएर २२६ रनको बिशाल योगफल तयार गरेको थियो।

Sagar Pun
Sagar Pun

आर्मीको लागि प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा सागर पुनले अविजित १०२ रन बनाए जुन क्रममा उनले ६३ बलमा ८ चौका र ६ छक्का प्रहार गरे। यस्तै राजेश पुलामी मगरले ४६ रन बनाउन २६ बलमा ३ चौका र ३ वटै छक्का प्रहार गरे। बिनोद भण्डारीले ३० तथा अनिल मण्डलले २२ रन बनाए।

२२७ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १५ ओभरमा ५० रनको योगफलमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। आर्मीका बलर सुसन भारि र जितेन्द्र मुखियाले समान ३/३ विकेट हात पारे भने राजेश पुलामीले २ विकेट हात पारे। टिकापुरका प्रकाश रावल र ललित प्याकुरेलले समान १५ रन योगदान दिनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

खेलको प्लेयर अफ द म्याच सागर पुन घोषित भए।

तेश्रो खेल – ( स्कोरकार्ड

आजै सम्पन्न तेश्रो खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरलाई ६ विकेटले पराजित गर्यो ।

टस हारेर ब्याटिंग गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाउन सक्यो। उसको लागि कप्तान बिपिन आचार्यले सर्वाधिक ४३ रन बनाउन ५० बलमा ४ चौका प्रहार गरे। मध्य-पश्चिमका बलर अमर सिंह रौटेला एक्लैले ५ विकेट तथा सुनिल सुनार, दीपेन्द्र रावत र अविनाश बोहराले समान १/१ विकेट हात पारे।

Rajbir SIngh

१०७ रनको लक्ष्य पछ्याउने क्रममा मध्य-पश्चिम क्रिकेट क्लबले १३.४ ओभरमा लक्ष्य भेटायो। उसको लागि ओपनिंग ब्याटिंग गरेका राजबिर सिंहले सर्वाधिक अविजित ६१ रन बनाए जुन क्रममा ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै सिद्धान्त राज शाहीले ३८ रन बनाउन ३० बलमा ७ चौका प्रहार गरे।

काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरका बलर प्रितम थापाले २ तथा श्याम त्रिपाठीले १ विकेट हात पारे।  खेलको प्लेयर अफ द म्याच अमर सिंह रौटेला घोषित भए।

Amar Singh Rautela





थप समाचार

हसन चम्कदा एक खेल अगावै बंगलादेशलाई सिरिज

बंगलादेश र वेस्ट इन्डिजबीच जारि ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा घरेलु टोलि बंगलादेशले ७ विकेटको सहज […]

प्रम कप : बागमतीको लगातार तेश्रो जित, पृथुको उत्कृस्ट लय

प्रदेश नम्बर-२ लाई ६ विकेटले पराजित गर्दै बागमती प्रदेशले काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार तेश्रो जित दर्ता […]

बिग ब्यास : सन्दिपको राम्रो प्रदर्शनका बाबजुद होबार्टको हार

अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत ४७ औं खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध होबार्ट हरिकेन्सलाई पर्थ स्करचर्सले २२ रनले […]

राजस्थान रोयल्सद्वारा रोबिन उथप्पा चेन्नाईलाई ट्रेड

आईपीएल टिम राजस्थान रोयल्सले आफ्नो ब्याट्सम्यान रोबिन उथप्पालाई चेन्नाई सुपर किंग्समा ट्रेड गरेको छ। आईपीएल २०१४ को अरेन्ज क्याप विजेता […]

डेब्युमै गुर्बजले कीर्तिमान बनाउदा अफगानिस्तानद्वारा आयरल्याण्ड पराजित

पहिलो एकदिवसीयमा आयरल्याण्डमाथि १६ रनको जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (युएई) मा जारि ३ खेलको एकदिवसीय शृंखलामा अफगानिस्तानले अग्रता लिएको […]

टि-१० लिगमा सहभागी हुन नेपाली खेलाडीहरु युएई प्रस्थान, कहिले छ खेल

जनवरी २८ तारिख देखि फेब्रुअरी ६ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको अबु धाबीमा आयोजना हुने अबु धाबी टि-१० लिगमा सहभागी हुन […]