सगरमाथा र एक्स्पर्ट क्लब बीच एकता



अस्ट्रेलियाको क्रिकेट समुदायमा चर्चित दुई नेपाली क्लब सगरमाथा क्रिकेट क्लब र एक्स्पर्ट क्रिकेट क्लब एक भएका छन्। दुई क्लबको एकता पछि अब क्लबको नाम ‘एक्स्पर्ट सगरमाथा ब्लुज’ भएको छ।

अस्ट्रेलियाको नेपाली क्रिकेट समुदायमा चर्चित दुई क्लबको एकताले क्लब तथा नेपाली क्रिकेट विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै क्लबले लिएको छ।

अस्ट्रेलियाको भिक्टोरियामा सक्रिय एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज आफ्नो क्लब तथा ठूला क्रिकेट प्रतियोगिताहरुमा प्रायोजकको रुपमा समेत अघि बढ्दै आएको छ। क्रिकेट विकासमा सक्रिय एक्स्पर्टले बिभिन्न स्कुल तथा कलेज स्तरीय क्रिकेट प्रतियोगिताहरुको नेपालमा तथा अस्ट्रेलियामा समेत आयोजना र प्रायोजन गर्दै आएको छ। नेपालमा आयोजना हुने पोखरा प्रिमियर लिगमा एक्स्पर्टको क्लब ‘एक्स्पर्ट धनगढी ब्लुज’ टिम सहभागी हुँदै आएको छ। राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का एक्स्पर्टको ब्राण्ड एम्बासडर हुन्।

अर्कोतर्फ सगरमाथा क्रिकेट क्लब अस्ट्रेलियाको भिक्टोरियाको नेपाली समुदाय क्रिकेटमा चर्चित नाम हो। सगरमाथाले भिक्टोरियाको स्टेट प्रतियोगिताहरु समेत सहभागिता जनाइसकेको छ। क्लबका खेलाडीहरुले ठूला क्लबहरु एसेनडन र वेरीबी क्रिकेट क्लबबाट तथा मेलबर्न रेनेगेड्सको समेत प्रतिनिधित्व गरिसकेका छन्। सगरमाथा क्लब अस्ट्रेलिया भिक्टोरियाको ग्रेड लेभल क्रिकेट जित्ने पहिलो नेपाली सामुदायिक क्लब हो जसले २०१८/१९ को सिजनमा उक्त उपलब्धि हाँसिल गरेको थियो। अस्ट्रेलियाको नेपाली समुदाय बीच हुने प्रतियोगितामा ३ वटा टिम समाबेश गरेर खेल्ने सगरमाथा पहिलो क्लब पनि हो। क्लबले हालसम्म करिब आधा दर्जन क्रिकेट प्रतियोगिताहरु जितीसकेको छ। क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमको सहयोगमा सोलांगटुरसंगको सहकार्यमा १ लाख ८० हजार रुपैयाँ समेत सहयोग प्रदान गरेको थियो।

सगरमाथा क्लबका उपाध्यक्ष तथा प्रवक्ता सुदिप न्यौपानेले एकता बारे बोल्दै दुवै क्लबको उद्देश्य एउटै भएको र सहकार्यले उद्देश्य प्राप्तिमा अझ सकारात्मक भूमिका खेल्ने बताए –

“हाम्रो क्लबको भनाइनै छ कि ‘हामि क्लब भन्दा पनि परिवार हौँ’। हामि उत्साहित र गर्वाका साथ दुई परिवारको एकताको घोषणा गर्दैछौँ।दुवै क्लबको एउटै उद्देश्य र नेपाली क्रिकेटको विकासको लागि एकै भावना रहेको छ। हामि अब एक साथ हाम्रो उद्देश्य प्राप्तिको लागि अघि बढ्ने छौँ।”

सगरमाथा क्लबसंग हाल दुईवटा ठूलो टिम रहेको छ जसमा ५० जना सक्रिय क्रिकेटरहरु खेल्दै आएका छन्। क्लबका अध्यक्ष तथा संस्थापक संजय कंडेल हुन् भने टिमको कप्तान आशिष जिसी रहेका छन्। टिमको प्रशिक्षक असिम सुवेदी रहेका छन् जो अस्ट्रेलियाको लेभल-२ उत्तीर्ण प्रशिक्षक हुन्। टिममा कुशल तुलाधर, सुशन गुरुङ, निकेश खनाल, पारस लामिछाने, धिरज दास जस्ता युवा र अनुभवी खेलाडीहरुको मिश्रण रहेको छ।

एकता बारे बोल्दै एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका मेलबर्न निर्देशक बसन्त पोखरेलले नेपाली क्रिकेटको विकासमा एक्सपर्टले गरिरहेको कार्यमा सगरमाथा क्रिकेट क्लबसँगको मिलनले नयाँ आयाम थप्ने आशा व्यक्त गरे । उनले यो निर्णयपछि क्रिकेट खेलाडीहरुका लागि नयाँ अवसरहरु सिर्जना हुने र खेलप्रेमी दर्शकहरुको लागि अझ सशक्त टिमको उदय हुने पनि बताए । उनले नेपालको प्रिमियर लिगमा खेल्नका लागि अष्ट्रेलियाभरिका चार उत्कृष्ट खेलाडीलाई एक्सपर्टकै प्रायोजनमा खेल्न जाने अवसर पनि दिइने घोषणा गरे । उनले सगरमाथा क्रिकेट क्लबका खेलाडीहरुको प्रशंसा गर्दै आगामी दिनमा क्रिकेटको विकासमा उल्लेखनीय कार्य गर्न सकिने आशा व्यक्त गरेका छन् ।





थप समाचार

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]