स्याम करनको ह्याट्रिक : अपत्यारिलो ढंगले पन्जाबद्वारा दिल्ली पराजित



इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत १३ औं खेलमा किंग्स-११ पन्जाबले अपत्यारिलो ढंगले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै पन्जाबले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली एकसमय सहजै जित हात पार्नसक्ने स्थितिमा थियो।

लक्ष्य पछ्याउने क्रममा १६ ओभरमा १३७/३ को अवस्थामा रहेको दिल्लीलाई जितको लागि २४ बलमा ३० रन आवस्यक थियो। १७ औं ओभरको तेश्रो बलमा रिशभ पन्तले छक्का प्रहार गरे पछि अब जितको लागि २१ बलमा २३ रनको मात्र आवस्यकता थियो।

तर पन्तले प्रहार गरेको छक्का पछिको बलमा मोहम्मद शमिले पन्तलाई बोल्ड गरेपछि खेलले नाटकीय परिवर्तन लियो। २६ बलमा २ छक्का र ३ चौका मदतले ३९ रन बनाएका पन्त आउट भएपछिको बलमा क्रिस मोरिसलाई रभीचन्द्रन आश्विनले रन आउट गरे जसपछि १७ ओभर सकिदा दिल्लीको योगफल १४४/५ पुग्यो।

अझै पनि जित दिल्लीबाट टाढा थिएन किनकि ३ ओभरमा जितको लागि अब २२ रन आवस्यक थियो।

१८ औं ओभरमा बलिंग गर्न आए स्याम करन जसले ओभरको चौथो बलमा कोलिन इन्ग्रामलाई आउट गर्दै पन्जाबलाई खेलमा फर्काए। ३८ रन बनाएका इन्ग्रामले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरिसकेका थिए।

इन्ग्रामको विकेट पछि ब्याकफुटमा गएको दिल्लीलाई अर्को झट्का पनि सोहि ओभरको अन्तिम बलमा लाग्यो। खाता नखोली हर्षल पटेललाई करनले क्याच आउट गराए।

१८ ओभर सकिंदा दिल्ली १४८/७ को अवस्थामा पुग्यो। जितको लागि अब दिल्लीलाई १२ बलमा १९ रन आवस्यक थियो।

१९ औं ओभर बलिंग गर्न मोहम्मद शमी आए जसले ओभरको तेश्रो बलमा हनुमा बिहारीलाई बोल्ड गरे। ओभरको पाँचौ बलमा आभेस खानले चौका प्रहार गर्दै खेलमा दिल्लीलाई फर्काउने प्रयास गरे। १९ ओभरमा सोहि चौका बाहेक अन्य रन दिल्लीले बनाउन सकेन।

अब अन्तिम ओभरमा जित्न दिल्लीलाई १५ रन आवस्यक थियो र साथमा थियो २ विकेट मात्र। बलिंग गर्न आए स्याम करन।

ओभरको पहिलो बलमै करनले रबाडालाई बोल्ड गर्दै विकेट लिए। अब दिल्लीको बाँकी थियो १ मात्र विकेट भने स्याम करन ह्याट्रिक बलमा। अघिल्लो ओभरको अन्तिम बलमा करनले हर्षल पटेलको विकेट लिएका थिए।

१९ औं ओभरको दोश्रो बल जुन ह्याट्रिक बल पनि थियो। ब्याटिंग गर्न आए सन्दिप लामिछाने जसलाई बोल्ड गर्दै करनले सिजनको पहिलो ह्याट्रिक पुरा गरे र पन्जाबलाई अपत्यारिलो जित दिलाए।

अन्तिम १७ बलमा दिल्लीले ८ रन मात्र बनाउदा ७ विकेट गुमाउन पुग्यो र हातमा आईसकेको खेल गुमाउन पुग्यो।

स्याम करनले २.२ ओभर मात्र बलिंग गर्दा ११ रन खर्चेर ४ विकेट हात पारे। यस्तै मोहम्मद शमीले २ विकेट ( ४-०-२७-२ ) तथा कप्तान रभीचन्द्रन आश्विनले पनि २ विकेट ( ४-०-३१-२ ) लिए।

जितसंगै पन्जाब आईपीएल अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ जसले ४ खेलमा ३ जित र १ हार बेहोरेको छ। शिर्षस्थानमा ३ खेलमा ३ वटै जितको साथ चेन्नाई रहेको छ। ४ खेल खेल्दा २ जित र २ हार बेहोरेको दिल्ली पाँचौ स्थानमा रहेको छ।

पन्जाबको ब्याटिंग 

खेलमा टस जितेर दिल्लीले ब्याटिंग गरे पछि पन्जाबले पहिले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रनको योगफल तयार गरेको थियो।

टस हारेर ब्याटिंग गरेको किंग्स-११ पन्जाबले ओपनर लोकेस राहुल ( १५ रन, ११ बलमा २ चौका र १ छक्का ) लाई पहिलो विकेटको रुपमा गुमायो। अर्का ओपनर स्याम करन पनि २० रन ( १० बलमा ३ चौका र १ छक्का ) बनाएर आउट भए। राहुललाई क्रिस मोरिस र करनलाई सन्दिप लामिछानेले एलबिडब्लु गरे।

तेश्रो विकेटको रुपमा मायाँक अग्रवाल ( ६ रन ) लाई धवनले सिधा थ्रोमा रन आउट गरेपछि पन्जाब ७.१ ओभरमा ५८/३ को अवस्थामा पुग्यो।

चौथो विकेटको लागि सरफराज खान र डेभिड मिलरले साझेदारी गर्दै पन्जाबको योगफल १०० रन पार गराए। खतरनाक बन्दै गएको साझेदारीलाई सन्दिपले १४ औं ओभरमा सरफराज खानलाई क्याच आउट गराएर तोडे। खानले २९ बलमा ६ चौका प्रहार गरेका थिए।

सरफराजको विकेट पछि ४३ रन बनाएका डेभिड मिलर १७ औं ओभरमा क्रिस मोरिसको बलमा आउट भए। ३० बलमा मिलरले ४ चौका र २ छक्का प्रहार गरे।

डेभिड मिलरको विकेट पछि पन्जाबको तल्लो क्रमले खास प्रदर्शन गर्न सकेन। मन्दिप सिंहले अविजित २९ रन ( २१ बलमा २ चौका र १ छक्का ) प्रहार गर्दा पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाउन सक्यो।

अन्तिमको ओभरहरुमा क्रिस मोरिस र कागीसो रबाडाले कसिलो बलिंग गर्नुको साथै विकेट पनि लिए। मोरिसले सर्वाधिक ३ विकेट लिन ४ ओभरमा ३० रन खर्चिए।

रबाडा ( ४-०-३२-२ ) र सन्दिपले ( ४-०-२७-२ ) समान २/२ विकेट लिए। दिल्लीले प्रयोग गरेको ६ बलर मध्ये सन्दिप सबैभन्दा किफायती बलर सावित भए।





थप समाचार

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]