लगातार दोश्रो खेलमा सन्दिप बने म्यान अफ द म्याच

Sandeep Lamichhane ( Player of the match )


  • विकेटनेपाल, असोज २० 

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले परजित गर्यो। प्रतियोगिताको दोस्रो खेल खेलेको नेपाली टोलीले दोस्रो जित दर्ता गरेको हो।

लगातार दोश्रो जित हात पार्दा स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने दुवै पटक म्यान अफ द म्याच चुनिएका छन्। यसअघि प्रतियोगितामा आफ्नो पहिलो खेलमा समेत सन्दिपले म्यान्मार बिरुद्ध मात्र २ ओभरमा ४ विकेट हात पारेका थिए।

२ खेलमा सन्दिप ९ विकेट लिंदै सन्दिप प्रतियोगिताको धेरै विकेट लिने सुचीमा शिर्ष स्थानमा छन्। सन्दिप पछि धेरै सिंगापुरका जनक प्रकास र भुटानका संजिभन गुरुङ्गले २ खेलमा ५/५ विकेट हात पारेका छन्। सोमपाल कामि र ललित राजबंशीले २ खेलमा ३/३ विकेट लिएका छन्।

मलेसिया बिरुद्धको सहज जितमा सन्दिप एक्लैले ५ विकेट लिएका थिए। आफ्नो ४ ओभरको स्पेलमा सन्दिपले २० रन खर्चिएर ५ विकेट चट्काए। यस्तै नेपालका लागि सोमपाल कामीले ३ तथा पारस खड्काले १ विकेट हात पारे।

यस्तो थियो खेलमा सन्दिपको प्रदर्शन :

खेलमा आफ्नो कोटाको ४ ओभर बलिंग गर्दा सन्दिपले २० रन खर्चिएर ५ विकेट (४-०-२०-५) हात पारे। प्रतियोगितामा लगातार रुपमा उत्कृस्ट प्रदर्शन गर्ने क्रममा सन्दिपले मलेसिया बिरुद्ध समेत आफ्नो स्पिनको जादु छरे।

Sandeep Lamichhane ( Player of the match )
Sandeep Lamichhane (  FILE Photo )

ओपनर ब्याट्सम्यानद्वय साएद अजिज र शफिक शरिफ सहित सन्दिपले मलेसियाका तेस्रो नम्बरका ब्याट्सम्यान सुहन अलगरन्तमलाई समेत पभेलियनको बाटो देखाएका थिए। आफ्नो पहिलो स्पेलमा २ विकेट लिएका सन्दिपले दोस्रो स्पेलमा आएर थप ३ विकेट चट्काएका थिए।

यस क्रममा सन्दिपले  आफ्नो तेश्रो ओभर बलिङ्ग गर्ने क्रममा लगातार २ विकेट लिए पनि ह्याट्रिक भने लिन सकेनन्।

सन्दिपको उत्कृस्ट बलिङ्ग स्पेल 

मलेसिया बिरुद्ध सन्दिपको बलिङ्ग स्पेल उनको करियरकै उत्कृस्ट बलिङ्ग स्पेल हो। यस अघि सन्दिपले २ पटक ५ विकेटको स्पेल गरे पनि मलेसियासंगको स्पेल सबैभन्दा किफायती हो।

५ विकेट (४-०-२०-५) बिरुद्ध मलेसिया (आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) )
५ विकेट ( १०-२-२७-५ ) बिरुद्ध हंगकंग ( एसिया कप छनौट , २०१८ )
५ विकेट ( १०-५-२०-५ ) बिरुद्ध केन्या ( आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ , २०१८ )
४ विकेट ( ८.२-२-१८-४ ) बिरुद्ध नामिबिया ( आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ , २०१८ )
४ विकेट ( ८-०-२९-४ ) बिरुद्ध पपुवा न्यु गिनी ( आईसीसी बिश्वकप छनौट , २०१८ )





थप समाचार

PSL : लाहोरलाई पराजित गर्दै इश्लामावाद शिर्षमा

लाहोर कलन्दर्सलाई २८ रनले पराजित गर्दै इश्लामावाद युनाइटेड पाकिस्तान सुपर लिग अंकतालिकाकको शिर्ष स्थानमा उक्लेको छ। अबुधबी स्थित शेख जायद […]

न्युजिल्यान्डको २२ वर्षे प्रतीक्षा समाप्त

घरेलु टोलि इंग्ल्यान्डलाई दोश्रो टेस्टमा ८ विकेटले सहजै पराजित गर्दै न्युजिल्यान्डले दुई वटा टेस्टको सिरिज १-० ले आफ्नो पक्षमा पारेको […]

फिल्डिंगको क्रममा टाउको ठोकिंदा डु प्लेसी अस्पताल भर्ना

युएईमा जारि पाकिस्तान सुपर लिगको लगातार दोश्रो दिन ठूलो दुर्घटना भएको छ। शुक्रबार क्वेटा ग्ल्याडीएटर्सका ब्याट्सम्यान आन्द्रे रसेलको टाउकोमा चोट […]

इंग्ल्यान्डलाई झिनो अग्रता

न्युजिल्यान्ड र इंग्ल्यान्ड बीच एजब्यास्टनमा जारी टेस्टको तेश्रोको दिन समाप्तिमा घरेलु टोलि इंग्ल्यान्ड हार नजिक पुगेको छ। पहिलो इनिंग्समा ८५ […]

PSL : सरफराज कप्तानीको क्वेटाको छैठौं हार, मिलरको आक्रामक ब्याटिंग

युएईमा जारी पाकिस्तान सुपर लिग अन्तर्गत १९ औं खेलमा वहाव रियाज कप्तानीको पेशावर जाल्मीले चौथो जित दर्ता गर्ने क्रममा क्वेटा […]

PSL : मिलर, पावेल र अकमल चम्किदा पेशावरको विशाल योगफल

युएईमा जारि पाकिस्तान सुपर लिग अन्तर्गत १९ औं खेलमा पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स प्रतिस्पर्धा गरिरहेका छन्। शेख जायद स्टेडियम […]