अधिकांश ठूला भारतीय मिडियाको सम्भावित-११ मा सन्दिप, मिश्रा बाहिर



आईपीएल टि-२० मा लगातार तेश्रो सिजन दिल्ली क्यापिटल्स टिमको प्रतिनिधित्व गर्न लागेका नेपाली स्पिनर सन्दिप लामिछानेले पहिलो २ सिजन अधिकांश खेलहरुमा बेन्चमा बिताउनु परेको थियो। पहिलो सिजन २०१८ मा ३ खेल तथा दोश्रो सिजन २०१९ मा ६ खेलमा सन्दिपले अन्तिम-११ मा मौका पाएका थिए। २० लाख भारतीय रुपैयाँमा अक्सनमार्फत दिल्लीले लिएपछि यो सिजन टिमसंग सन्दिपको अनुबन्ध अवधि पुरा हुनेछ।

लगातार विश्वभर टि-२० लिगहरुमा पहिलो रोजाइको स्पिनर रहेता पनि आईपीएलमा भने नेपाली स्पिनर अन्तिम-११ मा पर्न मुस्किल हुँदै आएको छ। दिल्ली टिममा यस अघिको सिजन र अहिले पनि स्टार भारतीय स्पिनरहरु उपस्थित हुँदा सन्दिपलाई विदेशी खेलाडीको रुपमा टिममा स्थान बनाउन मुस्किल भएको हो। लिगमा टिमले अन्तिम-११ मा ४ जना विदेशी खेलाडीलाई मात्रै मौका दिन पाउछ।

१३ औं आईपीएलमा दिल्लीले आइतबार राति ७:४५ बजे किंग्स-११ पन्जाब बिरुद्ध पहिलो खेल खेल्दै लिगको सुरुवात गर्दै छ। २ सिजनको अनुभव तथा भर्खरै सिपिएल टि-२० मा उत्कृस्ट लयमा रहेका सन्दिपले यो पटक भने अन्तिम-११ मा पर्न पुरानो संघर्ष नगर्नुपर्ने विश्लेषकहरुले अनुमान गरेका छन्। युएईमा प्रतियोगिता भइरहेको छ जहाँ स्पिनरलाई मद्दत गर्ने पिचहरु हुँदा पनि सन्दिपको सम्भावना बढी मानिएको हो।

भारतीय ठूला मिडियाको सम्भावित दिल्ली-११ मा सन्दिप

सन्दिपले अन्तिम-११ मा मौका पाउनेछन् या छैनन् भन्ने कौतुहलता नेपाली फ्यानहरुमा रहेको छ। रभीचन्द्रन आश्विनको अन्तिम-११ मा पक्का स्थान तथा भारतको लागि खेलीसकेका अक्षर पटेल र अमित मिश्रा पनि टिममा रहंदा सन्दिप पर्ने नपर्नेमा आशंका हुनु स्वाभाविक हो। तर भारतीय मिडियाहरुले भने यो सिजन नेपाली स्पिनरले अन्तिम-११ मा स्थान बनाउने दावी गरेका छन्।

आईपीएलमा सन्दिपले कुल ९ खेल खेल्दा १३ विकेट लिएका छन्

चर्चित क्रिकेट वेबसाइट EspnCricinfo ले सन्दिपलाई अन्तिम-११ मा स्थान दिएको छ। उसले स्पिनरको रुपमा अफस्पिनर रभीचन्द्रन आश्विन पछि, देब्रे हाते स्पिनर अक्षर पटेल र सन्दिप लामिछालाई स्थान दिएको छ। अमित मिश्रालाई बाहिर राख्दै नेपाली स्पिनर खेल्ने अनुमान वेबसाइटले गरेको छ। विदेशी खेलाडीको रुपमा सन्दिप पछि, शिमरन हेटमायर, कागीसो रबाडा तथा एलेक्स केरी/मार्कस स्टोइनिस/किमो पौल मध्ये १ जनाले स्थान बनाउने अनुमान Espncricinfo ले गरेको छ।

चर्चित भारतीय पत्रिका हिन्दुस्तानटाईम्सले पनि सन्दिपलाई सम्भावित दिल्ली-११ मा राखेको छ। उसले सन्दिप र आश्विन २ स्पिनर टिममा राख्दा अक्षर पटेल र अमित मिश्रालाई बाहिर राखेको छ। विदेशी खेलाडीमा एनरिक नोर्किया, कागीसो रबाडा र शिमरन हेटमायरलाई स्थान दिईएको छ।

अर्को क्रिकेट वेबसाइट Cricket.com ले पनि सन्दिपलाई सम्भावित-११ मा राख्दै मिश्रा र पटेललाई बाहिर राखेको छ। उसले हेटमायर, किमो पौल र रबाडालाई विदेशी खेलाडीको रुपमा मौका दिएको छ।

आकाश चोपडाले चुनेको दिल्लीको अन्तिम-११

अर्को वेबसाइट dnaindia ले पनि मिश्रालाई बाहिर राख्दै सन्दिप, अक्षर पटेल र आश्विनलाई राखेको छ। अर्को चर्चित टिभी जीन्युजको वेबसाइटले पनि सन्दिपलाई टिममा स्थान दिएको छ। उसले अमित मिश्रालाई टिममा राख्दा आश्विन र पटेललाई बाहिर राखेको छ।

यस्तै इन्डीएनएक्सप्रेसले पनि नेपाली स्पिनर सहित रभीचन्द्रन आश्विनलाई र अक्षर पटेललाई सम्भावित-११ मा राख्दा मिश्रालाई बाहिर राखेको छ।

चर्चित वेबसाइट Cricbuzz ले भने नेपाली स्पिनरलाई अन्तिम-११ मा राखेको छैन। उसले आश्विन र अक्षर पटेललाई स्पिनरको रुपमा राख्दा रबाडा, मार्कस स्टोइनिस र एनरिक नोर्कियालाई विदेशी खेलाडीको रुपमा राखेको छ।

यस अघि पूर्व भारतीय क्रिकेटर आकाश चोपडा, अजित अगरकर, सुनिल गावस्कर र दिप दाशगुप्ताले पनि दिल्लीको सम्भावित-११ मा सन्दिपलाई मौका दिएका थिए। चोपडाले सन्दिप, आश्विन र पटेललाई अन्तिम-११ मा स्थान दिएका थिए।

लिगको यस अघि २ सिजन खेल्दा सन्दिपले कुल ९ खेल खेल्दा १३ विकेट लिएका छन्।

सन्दिपको तिन वटै कोरोना रिपोर्ट नेगेटिभ 

मंगलबार युएई पुगेका सन्दिपको सबै ३ वटा कोरोना टेस्ट नेगेटिभ आएको छ जसपछि उनि शनिवार टिमसंग अभ्यासमा पुगेका थिए। उनि आज खेल्नको लागि उपलब्ध रहेका छन्। सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले विकेटनेपालसंग कुरा गर्दै उक्त कुरा पुस्टि गरेका छन्।

“सन्दिपको सबै ३ वटा कोरोना टेस्टको रिपोर्ट नेगेटिभ आएको छ। त्यसपछि उनको क्वारेन्टाइन अबधि शनिवार सकिएको हो। उनले शनिवार टिमसंग अभ्यास पनि गरिसकेका छन्। उनको पुगेको दिन मंगलबार राति टेस्ट गरिएको थियो जसपछि हरेक वैकल्पिक दिन टेस्ट भएको थियो।” यस अघि ६ दिन क्वारेन्टाइनमा बस्नु पर्ने बताईएको भएता पनि त्यो भन्दा ३ वटा टेस्टको रिपोर्ट महत्वपूर्ण रहेको शिवाकोटीले जानकारी गराए। दिल्लीले शनिवार राति फेसबुकमा पोस्ट गरेको अभ्यासको भिडियोमा सन्दिपले नेटमा बलिंग गरेको देखिएका थिए।

यो पनि पढ्नुस :-

IPL Match 2 : दिल्ली र पन्जाबको बलियो र कमजोर पक्ष

३ पूर्व भारतीय क्रिकेटरुको रोजाइमा सन्दिप दिल्लीको अन्तिम-११ मा

IPL : दिल्लीको पहिलो खेल आज, सन्दिप खेल्ने सम्भावना कति ?

पहिलो खेल अघि दिल्लीलाई झट्का, इशान्त नखेल्ने सम्भावना





थप समाचार

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]