सन्दीपको अलराउण्ड प्रदर्शनमा काठमाडौं मेयर्स ११ विजयी, बागमतिको लगातार दोस्रो हार

Sandeep Lamichhane


काठमाडौं । सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं मेयर्स ११ ले बागमती प्रदेशलाई पराजित गरेको छ । आइतबार मुलपानि क्रिकेट मैदानमा भएको खेलमा मेयर्स ११ ले बागमतीलाई ९४ रनले पराजित गरेको हो ।

मेयर्स ११ ले दिएको २४५ रनको लक्ष्य पछ्याएको बागमतीले ३४.३ आभेरमा सबै विकेट गुमाउँदै मात्र १५० रन बनाउन सक्यो ।

बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ६० रनको पारी खेले । उनले ७९ बलको सामना गर्दै ८ चौकाको मद्दतमा ६० रन बनाएक हुन् । उनी अनिल खरेलले गरेको ३३ औं ओभरको पहिलो बलमा बोल्ड आउट भए ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र इसान पाण्डेले समान १७–१७ रन जोडे । मल्लले १९ बलमा दुई चौका र १ छक्कासहित १७ रन जोडेका हुन् । पाण्डेले भने ४० बलमा एक चौकासहित १७ रन जोडे ।आदिल खानले १५, पारस खड्काले १० नन्दन यादव ७, दिपेश श्रेष्ठ ३ रनमा पेभिलिय फर्किए ।

बलिङतर्फ कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ९ ओभरमा ४० रन खर्चँदै तीन विकेट लिएका हुन् । त्यस्तै खनिल खरेल र विपिन खत्रीले समान २–२ तथा सिद्धान्त लोहनी र कृष्ण कार्कीले एक–एक विकेट लिए ।

सन्दिपले ब्याटिंगमा २० बलमा ४२ रन बनाए

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडैं मेयर्स ११ ले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४४ रन बनाएको हो । पछिल्ला क्रममा खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि मेयर्स ११ ले मेयर्स कप क्रिकेटमा बागमति प्रदेशलाई २४५ रनको लक्ष्य दिएको थियो ।

काठमाडौंका लागि सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गरे । यस्तै सिद्धान्त लोहनी, सौरभ खनाल र विपिन आचार्यले उत्कृष्ट ब्याटिङ गरे ।

काठमाडौं मेयर्स ११ टिमको कप्तानी गरिरहेका सन्दीपले बागमति प्रदेश विरुद्ध आक्रमक ब्याटिङ गर्दै ४२ रन बनाए जुन क्रममा मात्र २० बलमा ६ छक्का प्रहार गर्दै ४२ रन बनाए .

नवौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले आठौं विकेटका लागि सौरभ खनालसंग ५७ रनको साझेदारी गरे । सौरभले अविजित रहँदै काठमाडौं मेयर ११ का लागि सर्वाधिक ४९ रन बनाए । उनले ५८ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे ।

सौरभ र विपिन खत्रीले नवौं विकेटका लागि ६० रनको साझेदारी गरे । विपिनले ३० बल खेल्दै १ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए । त्यसअघि काठमाडौंले ४३ रनमा सुरुवाती ५ विकेट गुमाएको थियो । छैटौं विकेटका लागि सन्दीप रजाली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

बलिङमा बागमतिका नन्दन यादवले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरी र अरियो पौडेलले २–२ र दिपेश श्रेष्ठले १ विकेट लिए ।

बागमती पहिलो खेलमा नेपाल पुलिस क्लबसंग २ रनले पराजित भएको थियो।

एपीएफको लगातार दोस्रो जित





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]