ग्लोबल टि२०: सन्दिपको टिम टोरोन्टो पराजित, सोमपालको टिम विन्नीपेगको दोश्रो जित

  • विकेटनेपाल, श्रावण १४ – मंगलबार

ग्लोबल टि२० क्यानडा लिग अन्तर्गत गएराती भएको खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्द टिम टोरोन्टो नेश्नल्स सोमपाल कामी आबद्ध विन्नीपेग हवक्ससँग ३ विकेटले पराजित भएको छ। जितसँगै विन्नीपेग हवक्सले तेस्रो खेलमा लगातार दोश्रो जित निकाल्यो भने टोरोन्टो नेश्नल्सले तेस्रो खेलमा दोश्रो हार ब्यहोर्यो।

विन्नीपेगलाई जितको लागि अन्तिम २ ओभरमा मात्र ७ रन आवश्यक थियो भने मात्र ३ विकेट गुमेको थियो। तर अगाडी सोचेजस्तो सहज जित हुन सकेन। खेल रोमान्चकताले भरियो।

टोरोन्टो नेशनलका कप्तान युवराज सिंहले आफैले बलिंग गर्ने निर्णय गरे जुन सफल पनि भयो। उनले १९ औं ओभरमा ड्वायान ब्राबोलाइ ९ रनमा क्याच आउट गराउँदा क्रिस लिन रन आउट भए भने मात्र ३ रन जोडियो। अन्तिम ओभरमा जितको लागि मात्र ४ रन आवश्यक थियो तर खेल अन्तिम बलमा पुग्यो। क्रिस ग्रिनले गरेको अन्तिम ओभरको दोश्रो बलमा विन्नीपेगका कप्तान रायड एम्रिट र पाचौं बलमा हाज्मा तारिक आउट भए, अन्य ४ बलमा १/१ रन मात्र बनेपछि खेलको नतिजा अन्तिम बलमा निस्केको थियो।

ब्रम्पटन मैदानमा भएको खेलमा विन्नीपेगलाई जिताउन प्लेयर अफ द म्याच घोषित क्रिस लिनले ८९ रनको विस्फोटक पारि खेलेपछी टिमले पाएको २१७ रनको लक्ष्य ७ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो। लिनले रन आउट हुनुअघि ४८ बलमा २ चौका र १० छक्का हिर्काएका थिए।

पहिलो विकेटको लागि लिनसँग ४८ रनको साझेदारी गरेका शैमान अनवरले आक्रामक ब्याटिंग गर्दै आउट हुनुअघि ४३ रन (२१ बल, ४ चौका, ४ छक्का) बनाए। दोश्रो विकेटको लागि लिनले सन्नी सोहेलसँग ११७ रनको साझेदारी गरे। ५८ रनको पारि खेलेका शोहेलले २७ बलमा २ चौका र ६ छक्का प्रहार गरे।

बलिंगतर्फ टोरोन्टोका सलमान नाजिर र क्रिस ग्रिनले समान २/२ विकेट तथा युवराज सिंह, जेरेमी गोर्डेनले १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको टोरोन्टो नेशनलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१६ रनको बिशाल योगफल तयार पारेको थियो।

उसका ओपनर चिराग सुरी मात्र ५ रन बनाउंदै आउट भएपनि अर्का ओपनर रोड्रिगो थोमसले ४६ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६५ रन बनाए। उनले दोश्रो विकेटको लागि हेनरी क्लासनसँग ३१ रन, तेस्रो विकेटको लागि युवराज सिंहसँग ७७ रन र चौथो विकेटको लागि कायरन पोलार्डसँग १८ रनको साझेदारी गरे। क्लासनले १५ रन बनाउदा युवराजले २६ बलमा ४५ रनको विस्फोटक पारि खेले।

त्यसपछि पोलार्डले छैठौ विकेटको लागि क्रिस ग्रिनसँग ५१ रनको साझेदारी गरे। पोलार्डले २१ बलमा ३ चौका र ५ छक्का सहित ५२ रन बनाए भने ग्रिनले ११ रन बनाए।

बलिंगतर्फ ड्वायान ब्राबोले ३९ रन खर्चेर ४ विकेट लिए।

ग्लोबल टि-२० : सन्दिप र सोमपाल अन्तिम-११ मा परेनन्

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिताको अन्तिम खेल अन्तर्गत सिंगापुरसंग खेलीसकेपछि सोमपाल कामि र सन्दिप लामिछाने सोमबार बिहान ग्लोबल टि-२० क्यानडा पुगेका छन्।

क्यानडा पुगे पनि टोरोन्टो नेसनल र विन्नीपेग हक्स बीच खेलमा सोमपाल र सन्दिपलाई दुवै टिमले अन्तिम-११ मा स्थान दिएको छैन। सोमपाल विन्नीपेग र सन्दिप टोरोन्टो टिममा छन्। नेपाली समय १०:१५ बजे सुरु भएको खेलमा दुइ नेपाली खेलाडीहरु एक अर्का बिरुद्ध खेल्ने नेपाली फ्यानहरुको आशा पुरा नभएको हो।

भर्खरै प्रतियोगिता खेलेर सोमबार बिहान पुगेका कारण दुइ खेलाडीलाई थकानको कारण पनि अन्तिम-११ मा स्थान नदिईएको हुने सम्भावना रहेको छ। यस अघि सन्दिप खेल्ने सम्भावना प्रवल रहेको मानिएपनि सोमपालले भने सुरुवातमै अन्तिम-११ मा स्थान पाउन मुस्किल मानिएको थियो। सन्दिप लगातार विदेशी लिगहरु खेलीरहे पनि सोमपाल भने पहिलो पटक देश बाहिरको लिगमा खेल्न लागेकोकोले पनि उनको अन्तिम-११ मा पर्ने सम्भावना कम मानिएको हो।

Toronto Nationals (Playing XI): Rodrigo Thomas, Chirag Suri, Yuvraj Singh(c), Kieron Pollard, Heinrich Klaasen(w), Ravinderpal Singh, Chris Green, Mark Montfort, Jeremy Gordon, Salman Nazar, Manpreet Gony

Winnipeg Hawks (Playing XI): Chris Lynn, Jean-Paul Duminy, Rayad Emrit(c), Dwayne Bravo, Shaiman Anwar, Sunny Sohal, Hamza Tariq(w), Varun Sehdev, Kaleem Sana, Mohammad Irfan, Umair Ghani