आईपीएलमा सन्दिपको शानदार पुनरागमन, गेल पनि भए सन्दिपको बलमा फेल

इन्डियन प्रिमियर लिगमा अन्तिम-११ मा पर्न पछिल्लो खेलहरुमा संघर्ष गरेका नेपाली स्पिनर सन्दिपले पन्जाब बिरुद्धको कम्ब्याक खेलमा शानदार बलिंग गरेका छन्।

दिल्लीको घरेलु मैदान फिरोजशाह कोटला मैदानमा जारि दिल्ली क्यापिटल र किंग्स-११ पन्जाब बीचको खेलमा सन्दिपले ३ विकेट लिंदा क्रिस गेल, केएल राहुल र स्याम करनको विकेट लिएका हुन्।

आईपीएलको यो सिजन सन्दिपले अन्तिम पटक बैंगलोरसंग खेलेका थिए। उक्त खेलमा सन्दिपले ४६ रन खर्चेर मोइन अलिको १ विकेट लिएका थिए। त्यस अघि हैदराबादसंग १ विकेट ( ३२/१ ) , पन्जाबसंग २ विकेट ( २७/२ ) , तथा कोलकातासंग १ विकेट ( २९/१ ) लिएका थिए।

सन्दिपको पहिलो ओभर : ११ रन र १ विकेट ( ६ , ० , ४ , विकेट , ० , १ ) 

इनिंगको दोश्रो ओभरमा बलिंग गर्न आएका सन्दिपलाई पहिलो बलमा केएल राहुलले विशाल छक्का प्रहार गरे। त्यसपछि तेश्रो बलमा पनि राहुलले चौका हिर्काए। चौथो बलमा सन्दिपले राहुललाई स्टम्प आउट गर्दै बदला लिए।

दोश्रो ओभर : १६ रन ( ४ , ० , ४ , ० , ४ , ४ ) 

लगत्तै स्पेलमा बलिंग गरेका सन्दिपलाई क्रिस गेलले ओभरको पहिलो, तेश्रो, पाँचौ र छैठौं बलमा गरि ४ चौका प्रहार गरे। २ बल डट गरे पनि सन्दिपले १६ रन खर्चिए।

तेश्रो ओभर : ६ रन र २ विकेट ( ६ , विकेट , ० , ० , ० , विकेट ) 

पहिलो २ ओभरमा २७ रन खर्चेका सन्दिप १३ औं ओभरमा तेश्रो ओभर गर्न आए। पहिलो बलमै क्रिस गेलले छक्का प्रहार गर्दै सन्दिपको स्वागत गरे। सन्दिपलाई अघिल्लो ओभरमा ४ चौका र यस ओभरमा छक्काले स्वागत गरे पछि ओभरको दोश्रो बलमा गेललाई क्याच आउट गराउदै सन्दिपले बदला लिए।

ठुलो सट खेल्ने चक्कारमा खतरनाक बन्दै गएका गेल लंग अनमा क्याच आउट भए। गेलले ६९ रन बनाईसकेका थिए।

गेलको विकेट पछि नयाँ ब्याट्सम्यान स्याम करनलाई लगातार ३ बल सन्दिपले डट गरे। ओभरको अन्तिम बलमा करनलाई सन्दिपले आफ्नै बलमा आफैले क्याच आउट गरे र तेश्रो विकेट लिए। ओभरमा ६ रन खर्चेका सन्दिपले ५ बलमा रन दिएनन् र गेल र करनको विकेट लिए।

चौथो ओभर : ७ रन ( १ , ४ , ० , १ , ० , १ ) 

१५ औ ओभरमा स्पेलको अन्तिम ओभर गरेका सन्दिपको दोश्रो बलमा आश्विनले चौका प्रहार गरे जसपछि कसिलो बलिंग गरे। ओभरको अन्तिम बलमा सन्दिपको बलमा रबाडाले क्याच मिस गर्दा चौथो विकेट लिने मौका गुमाए। ४ ओभरमा ४० रन खर्चेर सन्दिपले ३ विकेट लिए।

आईपीएलमा दोश्रो पटक ३ विकेट 

इन्डियन प्रिमियर लिगमा सन्दिपले दोश्रो पटक ३ विकेट लिएका हुन।

यस अघि गत वर्ष सन्दिपले म्म्बाई इन्डियन्स बिरुद्ध खेलमा ३ विकेट लिएका थिए जुन क्रममा ४ ओभरमा ३६ रन खर्चिएका थिए। अन्तर्रास्ट्रिय लिगमा सन्दिपले ३ विकेट लिएको यो छैठौं पटक हो।

यस अघि उनले पीएसएलमा मुल्तान सुल्तानसंग, बिग ब्यासमा सिड्नी सिक्सर्स र होबार्ट हरिकेनसंग, टि-२० लिगमा पख्तुन्ससंग तथा ग्लोबल टि-२० क्यानडामा वेट इन्डिज बि बिरुद्ध ३ विकेट लिएका थिए। हालसम्म अन्तर्राष्ट्रिय लिगमा सन्दिपले ४ विकेट एक पटक क्वेटा ग्ल्याडीएटर्स बिरुद्ध लिएका छन् ।