गत सिजन सिपिएलमा किन रोएका थिए सन्दिप, वेस्टइन्डिज पुर्व क्रिकेटर ड्यारेन गंगाको खुलासा



करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) को अघिल्लो संस्करण अधुरै छोड्नु पर्दा सन्दिप लामिछाने निराश भएर रोएको वेस्टइन्डिज पुर्व क्रिकेटर ड्यारेन गंगाले खुलासा गरेका छन्।

सिपिएल टि-२० को सोमबार राति प्रशारित ड्राफ्ट समारोहमा सन्दिप जमैका तल्लावाजको लागि छनौट भएपछि सन्दिप बारे बोल्ने क्रममा गंगाले उक्त खुलासा गरेका हुन्। नेपाली स्पिनरलाई जमैकाले ९० हजार डलर ( नेपाली रु. १ करोड ७ लाख ४६ हजार ) खर्चेर टिममा भित्र्याएको हो। 

गत सिजन लिग विजेता टिम जेसन होल्डर कप्तानीको बार्बेडोस ट्राइडेन्टको लागि खेल्ने क्रममा सन्दिपले लिग बिचमै छोडेर नेपाली राष्ट्रिय टिमको लागि खेल्न जानु परेको थियो। उक्त सिजन ६ खेल खेल्दै ८ विकेट लिएका सन्दिप सिंगापुर जानु परेपछि निराश भएका थिए।

“मलाई याद छ अघिल्लो वर्ष आफ्नो देशको लागि खेल्न उनले बार्बेडोस ट्राइडेन्टस छिट्टै छोड्नु परेको थियो। त्यस बेला पुरा सिजन खेल्न नपाउदा उनि निकै निराश भएका थिए र रोएका थिए।” गंगाले बताए।सन्दिपले सिपिएल टि-२० को पहिलो सिजन २०१८ मा सेन्ट किट्सको लागि खेलेका थिए जुन बेला पनि लिग अधुरै छोड्नु परेको थियो र नेपालको लागि एसिया कप छनौट खेल्न मलेसिया जानु परेको थियो। यो सिजन भने नेपालको खेल तालिका नरहेको हुँदा सन्दिपले पुरा सिजन खेल्न पाउनेछन्।

ड्यारेन गंगा र स्यामुयल बद्रिद्वारा सन्दिपको तारिफ

पुर्ववेस्ट इन्डिज क्रिकेटर ड्यारेन गंगा र स्यामुयल बद्रिले सन्दिप लामिछानेको तारिफ गरेका छन्। सन्दिप जमैकाको लागि छनौट भएपछि प्रतिक्रिया दिने क्रममा गंगा र बद्रिले सन्दिपलाई उत्कृस्ट प्रतिभा भएको बताए-

स्यामुयल बद्रिले सन्दिप बारे के भने :-

“निकै राम्रो छनौट हो जमैकाको लागि, उनले यस अघि पनि खेलीसकेका छन्। उनिसंग सीपीएलको अनुभव रहेको छ। निकै उत्साहित युवा स्पिनर हुन्। साम्सी ( देब्रे हाते स्पिनर ) संग उनिहरुको स्पिन आक्रमण राम्रो रहेको छ। प्रतियोगिता एउटै मैदानमा खेलिने हुँदा प्रतियोगिता अघि बढेसंगै स्पिनरको लागि मद्दत गर्ने पिच हुनेछ।

स्यामुयल बद्रि

सन्दिपले जमैकाको लागि निकै महत्वपूर्ण भूमिका खेल्नेछन्। उनि उत्कृस्ट युवा प्रतिभा हुन्। उनले आईपीएल पनि खेलीसकेका छन् दिल्ली क्यापिटलको लागि। उनि सधै सिक्न चाहन्छन्, उनिसंग सिप छ र म उत्साहित छु सिपिएल टि-२० मा उनको प्रदर्शन हेर्न।”

ड्यारेन गङ्गाले सन्दिप बारे के भने :-

“उनि मार्की खेलाडीको रुपमा पनि त्यहाँ छन् त्यो उनको लागि उत्साहजनक कुरा हो । हामीलाई थाहा छ उनि कस्तो स्पिनर हुन्। उनि आक्रामक स्पिनर हुन्। यस अघि विजेता टिमको सदस्य रहेका थिए। जमैकाको लागि ठुलो मूल्य राख्नेछन्। उनि प्रमुख खेलाडी हुन्।

ड्यारेन गंगा

मलाई याद छ अघिल्लो वर्ष उनले बार्बेडोस ट्राइडेन्टस छिट्टै छोड्नु परेको थियो उनि देशको लागि खेल्न। त्यस बेला पुरा सिजन खेल्न नपाउदा उनि निकै निराश भएका थिए र रोएका थिए। त्यो प्यासन एउटा खेलाडीमा हुनु पर्छ जसले गर्दानै एउटा टिमको सफलतामा ठुलो भूमिका खेल्ने हो।”

सिपिएल टि-२० को आठौँ संस्करण १८ अगस्ट देखि १० सेप्टेम्बरमा आयोजना हुनेछ।

सन्दिपले यस अघि सिपिएल टि-२० को दुइ वटा संस्करण सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स तथा बार्बेडोस ट्राइडेन्टबाट खेलेका थिए। सेन्ट किट्सको लागि खेल्दा ५ हजार डलर पाएका सन्दिपले त्यसपछि बार्बेडोसको लागि खेल्दा ७० हजार डलर पाएका थिए।

करेबियन प्रिमियर लिगमा बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाह, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। गत सिजनको उपाधि बार्बेडोस ट्राइडेन्टले गुएनालाई फाइनलमा पराजित गर्दै जितेको थियो।

यो पनि पढ्नुस :- 





थप समाचार

T20WC : ४ बलमा ४ विकेट लिंदै क्याम्फरलेले रचे इतिहाँस, आयरल्याण्डको विजयी सुरुवात

दायाँ हाते फास्ट बलर कर्टिस क्याम्फरले ह्याट्रिक सहित लगातार ४ बलमा ४ विकेट लिंदै इतिहाँस बनाउदा युएई र ओमानमा संयुक्त […]

T20 WC : बंगलादेश स्तब्ध ! स्कटल्याण्डको ऐतिहासिक जित

युएई र ओमानमा संयुक्त रुपमा आयोजित सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत पहिलो दिन आइतबार दोश्रो खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले टेस्ट […]

टि-२० विश्वकप : पीएनजी बिरुद्ध ओमानको शानदार जित

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप २०२१ ओमानमा सुरु भएको छ। ओमान र युएईले संयुक्त रुपमा आयोजना गरेको विश्वकप अन्तर्गत उद्घाटन खेलमा […]

चेन्नाईलाई चौंथो पटक आईपीएल उपाधि

फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग जितेको छ।चेन्नाईले चौंथो […]

IPL FINAL : डु प्लेसीको उत्कृस्ट पारि, चेन्नाईद्वारा कोलकातालाई चुनौतिपूर्ण लक्ष्य

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग ( ईपीएल ) टि-२० को उपाधिको लागि चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्स […]

IPL : फाइनल पुग्न असफल भएपछि दिल्ली कप्तान रिशभ पन्तले भने “म संग व्यक्त गर्ने शब्द छैन”

रोमान्चक खेलमा कोलकातासंग ३ विकेटले पराजित हुँदै १४ औं संस्करणको आईपीएल फाइनलमा पुग्न चुकेपछि दिल्ली क्यापिटल्सका कप्तान रिशभ पन्तले निराशा […]