सन्दिप मेलबर्न स्टार्सको प्लेयिंग-११ मा , टस जितेर मेलबर्न बलिङ्ग गर्दै

  • विकेटनेपाल

बिग ब्यास लिग अन्तर्गत पहिलो खेलमा  सिड्नी थन्डर्ससंगको पहिलो खेलमा टस जितेर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले पहिले बलिङ्ग गर्ने निर्णय गरेको छ।

खेलमा नेपाली गुग्लि ब्वाई सन्दिप लामिछानेलाई पनि स्टार्सले प्लेयिंग-११ मा समाबेस गरेको छ।

Melbourne Stars (Playing XI): Ben Dunk(w), Travis Dean, Nick Larkin, Glenn Maxwell(c), Marcus Stoinis, Dwayne Bravo, Evan Gulbis, Adam Zampa, Sandeep Lamichhane, Jackson Coleman, Michael Beer

Sydney Thunder (Playing XI): Shane Watson(c), Jos Buttler(w), Joe Root, Callum Ferguson, Chris Green, Jason Sangha, Nathan McAndrew, Sam Rainbird, Daniel Sams, Fawad Ahmed, Gurinder Sandhu

खेल लाइभ कसरि हेर्ने ? 

सन्दिपको टिम मेलबर्न स्टार्सले प्रतियोगिताको पहिलो खेल दिउँसो २ बजे ( नेपाली समय ) शेन वाटसन कप्तानीको सिड्नी थन्डर्ससंग खेल्दैछ। खेल क्यानबेरा स्थित मानुका ओभल मैदानमा खेलिनेछ। खेलको प्रत्यक्ष प्रसारण नेपालमा Sony SIX र Sony SIX HD तथा Sonyliv को मोबाईल एप्लिकेसन र वेबसाइटबाट पनि हुनेछ।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Cricket.com.au )

मेलबर्न स्टार्सको प्रदर्शन  

बिग ब्यासमा सफल टिम मध्ये रहे पनि मेलबर्नले लिगको उपाधि भने जित्न सकेको छैन। लिगको ७ वटा संस्करण मध्ये स्टार्स ५ वटा संस्करणको सेमीफाइनल पुगेको छ भने १ पटक उपविजेता बनेको छ। २०१७/१८ को सिजनमा भने स्टार्स अंकतालिकाको पुछारमा रहेको थियो।

सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन्।

आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए। यस्तै युएईमा सम्पन्न टि-२० लिगमा सन्दिपले ६ खेलमा ६ लिएका थिए।

कति कमाउछन् सन्दिप ? 

इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा, क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्थान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-१० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलर पाउने बताईएको छ भने बंगलादेश प्रिमियर लिगमा पाउने मूल्य भने खुलेको छैन।

क्यारेबियन प्रिमियर लिग, अफगानिस्थान प्रिमियर लिग र ग्लोबल टि-२० लिग खेल्दा सन्दिप सबै खेल खेल्न पाएका थिएनन् त्यसैले उनले सम्पूर्ण रकम भने पाउने गर्दैनन्। पाउने मूल्यको सम्बन्धित देशको नियम अनुसार कर समेत काटिने गर्छ भने सन्दिपले लिग खेल्न समन्वय गर्ने आफ्नो एजेन्टलाई समेत रकम बुझाउनु पर्नेहुन्छ।