पीएसएल ड्राफ्टमा सन्दिप प्लाटिनम क्याटेगरिमा

Sandeep Lamichhane


नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन । उनी यसपटक प्लाटिनम  क्याटेगरिमा परेका छन्।

यो ग्रेडमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन । यसका साथै घरेलु क्रिकेटमा बाबर अजाम लगायतका चर्चित अनुहार यो क्याटेगरिमा छन्।

पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिपसहित पाकिस्तान र अन्य देशका गरी कुल ३०० खेलाडीहरु सामेल गरिएको छ भने पीसीबीले जनवरी ९ मा खेलाडीहरुको लिलामी गराउने छ ।

सार्वजनिक गरिएको ड्राफ्टमा प्लाटिनम , डायमन्ड, गोल्ड, सील्भर र इमरजीङ प्लेयर गरी कुल ५ श्रेणी समावेश छन्। क्वेटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशावर जाल्मी र कराँची किङ्स गरि ६ फ्रेन्चाइज टोली छन्।

एक टिमले कुल १ दशमलव १ मिलियन अमेरिकी डलरमा आफ्नो टिम बनाई सक्नु पर्नेछ। प्लेटीनम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार देखि २ लाख १८ हजार डलरसम्म खरिद गर्न सक्नेछन्।

यस्तै डायमन्ड श्रेणी खेलाडीहरुको मुल्य ७३ हजार अमेरिकी डलरदेखि १ लाख ३ हजार अमेरिकी डलरबीच रहने छ ।

सन् २०१८ मा सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । गोल्ड क्याटागोरीमा लाहोरमा सन्दीप अनुबन्ध भएका थिए । सन्दीपले ७ खेलमा ११ विकेट लिएका थिए ।

पिएसएलको ड्राफ्टमा खेलाडीलाई ५ क्याटागोरीमा राख्ने गरिन्छ । प्लाटिनम सर्वाधिक महँगो क्याटागोरी हो ।





थप समाचार

बागमतीको दोश्रो जित, सुदूरपश्चिम विशाल अन्तरले पराजित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती प्रदेशले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई १८० […]

बिग ब्यास : सिड्नी बिरुद्ध सन्दिप विकेटविहिन

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत सिजनको पाँचौ खेल खेल्ने क्रममा सन्दिप विकेटविहिन भएका छन्। होबार्टको प्रतिनिधित्व गरिरहेका सन्दिप सिड्नी […]

गण्डकीको जितमा विशालको ह्याट्रिक, प्रदेश-१ को लगातार दोश्रो हार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा गण्डकी प्रदेशले प्रदेश-१ लाई २ विकेटले पराजित गर्दै […]

पृथु र आदील चम्किदा बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य

काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समुह ‘बि’ अन्तर्गतको खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा […]

बिशालले ह्याट्रिक लिंदा प्रदेश-१ १०२ रनमै सिमित

देब्रे हाते स्पिनर बिशाल पौडेलले ह्याट्रिक लिंदा गण्डकी प्रदेशले प्रदेश-१ लाई १०२ रनमै सिमित गरेको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय […]

प्रम कप : आज दुईवटा खेलहरु हुँदै

काठमाण्डौमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन दुईवटा खेलहरु हुनेछन्। टियु मैदानमा समुह ‘बि’ अन्तर्गत बागमती प्रदेश […]