सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न छनौट

sandeep lamichhane


  • विकेटनेपाल, फाल्गुन १७ 

नेपाली लेग स्पिनर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग ( सीपीएल टि-२० ) मा छानिएका छन्।

इंग्ल्याण्डमा भएको सीपीएलको ड्राफ्टमा सन्दिपलाई सेन्ट किट्स प्याट्रिएट्सले ५ हजार अमेरिकी डलरमा खरिद गरेको हो। सन्दिपलाई ड्राफ्टको १३ औं राउण्डमा खरिद गरेपछि आईपीएल पछि क्यारेबियन प्रिमियर लिग खेल्ने सन्दिप पहिलो नेपाली खेलाडी भएका छन्। इन्डियन प्रिमियर लिग आईपीएल टिम दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो।

सन्दिपको टिम सेन्ट किट्स प्याट्रिएट्समा क्रिस गेल पनि खेल्ने छन् जसलाई ड्राफ्टमा टिमले सर्वाधिक मुल्य १ लाख ६० हजार डलरमा खरिद गरेको हो। यस्तै एभिन लुइस, कार्लोस ब्राथवेट, बेन कटिंग जस्ता खेलाडीहरु सन्दिपको टिममा छन्।

सन् २०१३ देखि आयोजना हुँदै आएको सीपीएल टि-२० को पाँचौ संस्करण अगस्टमा आयोजना हुँदैछ जसमा बिश्वभरका उत्कृस्ट अन्तर्राष्ट्रिय क्रिकेटरहरु खेल्ने गर्छन्। ६ वटा फ़्रेन्चाइज् टिम सहभागी हुने प्रतियोगिताको गत सिजनको बिजेता शाहरुख खानको लगानी रहेको त्रिन्बागो नाइट राइडर्स रहेको थियो।

सन्दिपको टिममा क्रिस गेल

अन्तर्राष्ट्रिय लिगहरु खेल्न एजेन्ट मार्फत खेलाडीको नाम दर्ता हुनेगर्छ र सन्दिप लामिछाने एजेन्टकै मार्फत पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा परेका थिए। आईपीएलमा भने सन्दिपलाई ड्राफ्टमा राख्न नेपाली क्रिकेटकै उच्च तहबाट पहल भएको थियो।

हालै सम्पन्न बिश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृस्ट प्रदर्शन र आईपीएलमा छनौट भएका कारण क्यारेबियन प्रिमियर लिगमा सन्दिपको छनौट हुने सम्भावना ज्यादा मानिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा रिस्ट स्पिनरहरुको बढ्दो माग सन्दिप छनौट हुने कारण हो।





थप समाचार

देव खनाल र अनिल खरेल चम्कदा लुम्बिनीद्वारा गण्डकी सहजै पराजित

अनिल खरेल र देव खनाल चम्कदा जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद […]

राजुको अर्धशतकमा सुदूरपश्चिम विजयी, सेमिफाइनल समिकरण पुरा

ओपनर राजु रिजालले अर्धशतकी पारि खेल्दा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको […]

भारतीय टेस्ट कप्तानबाट कोहलीको राजिनामा

भारतीय क्रिकेटर बिराट कोहलीले भारतको टेस्ट क्रिकेटको कप्तानी तुरन्त लागु हुने गरि छाड्ने घोषणा गरेका छन्। सन् २०१४ मा पहिलो […]

गण्डकीलाई ४० रनले हराउँदै बागमती सेमिफाइनलमा

गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती प्रदेश जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। यस अघि नै नेपाल […]

बिपिन र प्रतिषको आक्रामक पारि, बागमतीको सामन्य योगफल

प्रधामन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत हाल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बागमती प्रदेश र गण्डकी प्रदेश खेलिरहेका छन् । खेलमा […]

U19WC : पहिलो दिन अस्ट्रेलिया र श्रीलंका विजयी

स्टइन्डिजमा सुरु भएको आईसीसी अन्डर-१९ विश्वकप प्रतियोगिताको पहिलो दिन सम्पन्न दुईवटा खेलमा अस्ट्रेलिया र श्रीलंका विजयी भएका छन्। गय राति […]