बिदेशी लिगमा सन्दिपको ४ उत्कृस्ट प्रदर्शन

Sandeep Lamichhane
  • विकेटनेपाल, पुष-१० , मंगलबार 

सन् २०१६ मा हंगकंगमा आयोजित हंगकंग टि-२० ब्लिट्ज टि-२० प्रतियोगिताबाट बिदेशी लिग खेल्न सुरु गरेका सन्दिप लामिछाने अहिले उनकै सपनाको लिग बिग ब्यासमा उडान भरिरहेका छन्। आईपीएलमा यसै बर्ष दिल्ली डेयरडेभिल्सको लागि डेब्यु गरेपछि सानदार प्रदर्शन गरेका नेपाली गुग्लि ब्वाई त्यसपछि बिश्वभर व्यवसायिक लिग खेल्न घुमिरहेका छन्। यस क्रममा नेपाली खेलाडीको रुपमा बिदेशी लिगहरुमा लगातार राम्रो प्रदर्शन गर्दै बिश्वभर क्रिकेट प्रेमीहरुको मन सन्दिप जितीरहेका छन्।

अस्ट्रेलियामा जारि बिग ब्यास लिगमा सन्दिपले मेलबर्न स्टार्सको लागि खेल्ने क्रममा होबार्ट हरिकेन्ससंग ३ विकेट लिंदै पुनः आफुलाई अब्बल सावित गरिरहेका छन्। होबार्ट बिरुद्ध उनले लिएको ३ विकेट बिदेशी लिगमा सन्दिपको अहिलेसम्मको राम्रो बलिङ्ग प्रदर्शन हो। यसै सन्दर्भमा सन्दिपले हालसम्म बिदेशी लिगमा गरेको उत्कृस्ट बलिङ्ग प्रदर्शनहरुलाई प्रस्तुत गरेका छौँ :-

३ विकेट :  बिरुद्ध – मुम्बई इन्डिएन्स ( आईपीएल २०१८ ) 

ईन्डियन प्रिमियर लिग आईपीएलमा गत सिजन दिल्ली डेयर डेभिल्सको लागि डेब्यु गर्ने क्रममा सन्दिपले सबैलाई प्रभावित बनाएका थिए। पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसंग १ विकेट ( ४-०-२५-१ ) लिएपछि दोश्रो खेलमा उनले चेन्नाई सुपर किंग्ससंग पनि १ विकेट ( ४-०-२१-१ ) लिएका थिए।

लिगको अन्तिम खेलमा मुम्बई इन्डिएन्ससंग खेल्दा भने सन्दिपले गजबकै बलिङ्ग गरे र टिमको जितमा महत्वपूर्ण योगदान दिए। फिरोजशाह कोटला मैदानमा पहिले ब्याटिंग गर्दै दिल्लीले दिएको १७५ रन लक्ष्य पछ्याउने क्रममा दिल्लीए मुम्बईलाई १६३ मा रोक्दै खेल ११ रनले जितेको थियो।

सो क्रममा सन्दिपले मुम्बई ओपनर सुर्यकुमार यादबको रुपमा खेलको पहिलो ओभरमै विकेट लिएका थिए। त्यसपछि अझ ठुलो विकेट लिने क्रममा काइरन पोलार्डलाई क्याच आउट गरे। टिमलाई तेश्रो विकेट दिलाउने क्रममा भारतीय राष्ट्रिय क्रिकेटर क्रुनल पान्ड्याको विकेट लिंदै सन्दिपले टिमको जितमा अहम योगदान दिए। उनले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। ३ विकेटनै लिएर ४ ओभरमा १९ रन दिएका अमित मिश्रा खेलको प्लेयर अफ द म्याच घोषित भएका थिए।

३ विकेट : बिरुद्ध – वेस्ट इन्डिज ‘बि’ ( ग्लोबल टि-२० ) 

यसै बर्ष जुलाईमा ग्लोबल टि-२० क्यानडा प्रतियोगितामा मोन्टरीयल टाइगर्सको लागि वेस्ट इन्डिज ‘बि’ टिम बिरुद्ध सन्दिपले दोश्रो पटक ३ विकेटको प्रदर्शन गरेका थिए। लिग अन्तर्गत त्यो पनि सन्दिपको टिमको अन्तिम खेलनै थियो जहाँ सन्दिपले जाँदा जाँदै छाप छोड्ने प्रदर्शन गरे। त्यस खेल अघि नेपाली स्पिनरले ४ खेलमा ५ विकेट लिएका थिए।

खेलमा सन्दिपले वर्तमान बिश्व क्रिकेटका विस्फोटक ब्याट्सम्यान वेस्ट इन्डिज राष्ट्रिय क्रिकेटर निकोलस पुरनको विकेट लिएका थिए। यस्तै उनले ब्राण्डन किङ्ग र शेमर स्प्रिङ्गरको विकेट समेत लिए। त्यस क्रममा उनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिंदै टिमको जितमा अहम योगदान दिए।

Sandeep Lamichhane
Sandeep Lamichhane

खेलमा पहिले ब्याटिंग गर्दै वेस्ट इन्डिजले दिएको १६३ रनको लक्ष्य मोन्टरियलले ४ विकेट गुमाएर भेटेको थियो। त्यस खेलमा पनि सन्दिप प्लेयर अफ द म्याच भने भएनन्। ब्याटिंगमा विस्फोटका ६१ रन ( २५ बल , ९ छक्का र १ चौका ) प्रहार गरेका सुनिल नारायण प्लेयर अफ द म्याच घोषित भएका थिए।

३ विकेट : बिरुद्ध पख्तुन्स ( टि-१० लिग ) 

गत महिना नोभेम्बरमा सम्पन्न लिगको पहिलो खेलमा केरला नाइट्सलाई शहिद अफ्रिदी कप्तानीको पख्तुन्स बिरुद्ध जित दिलाउन सन्दिपले अहम योगदान दिए। यही खेलमानै सन्दिप पहिलो पटक बिदेशी लिगमा प्लेयर अफ द म्याच घोषित भएका थिए।

खेलमा आफ्नो पहिलो ओभरमै सन्दिपले २ विकेट हात पार्दा आन्द्रे फ्लेचर र कोलिन इन्ग्राम जस्ता ठुला खेलाडीको विकेट लिएका थिए। लगत्तै स्पेलमा बलिङ्ग गर्न आउने क्रममा मोहम्मद कलिमको विकेट लिंदै तेश्रो विकेट पुरा गरेका थिए। २ ओभरमा १७ रन दिएर ३ विकेट लिएका सन्दिपको बलिङ्गले पहिलो इनिंगमा पख्तुन्सले १०९ रन मात्रै बनाउन सकेको थियो। ११० रनको लक्ष्य केरलाले २ विकेट गुमाएर पुरा गरेको थियो।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Thenational )

३ विकेट : बिरुद्ध – होबार्ट हरिकेन्स

बिग-ब्यास लिग खेल्ने सपना पुरा गरेका सन्दिपले मेलबर्न स्टार्सको लागि पहिलो खेलमा सिड्नी थन्डर्ससंग २ विकेट लिंदै सानदार सुरुवात गरे। दोश्रो खेलमा सन्दिप अझ चम्किने क्रममा होबर्ट हरिकेन्स बिरुद्ध ३ विकेट लिंदै गजबको बलिङ्ग गरे।

खेलमा सन्दिपले एलेक्स डोलनलाई बोल्ड गर्दै सातौँ ओभरमा पहिलो विकेट दिलाएका थिए। त्यसपछि आफ्नो स्पेलको तेश्रो ओभर बलिङ्ग गर्न १४ औं ओभरमा आएका सन्दिपले खतरनाक बनिरहेका ब्याट्सम्यान म्याथु वेडलाई ५२ रनमा क्याच आउट गराएका थिए। स्पेलको अन्तिम ओभर गर्न १६ औं ओभरमा आएका सन्दिपले त्यसपछि २८ रन बनाएका म्याकडरमटलाई एलबिडब्लु धरापमा पारे।

सन्दिपको ३ विकेटको बाबजुत खेलमा मेलबर्न ६ विकेटले पराजित हुन पुग्यो। पहिले ब्याटिंग गर्दै मेलबर्नले बनाएको १५५ रनको जवाफमा होबर्टले ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

Sandeep Lamichhane
Sandeep Lamichhane

बिदेशी लिगमा सन्दिपको हालसम्म प्रदर्शन :- २३ खेलमा ३५ विकेट 

हंगकंग टि-२० ब्लिट्ज :- १ खेलमा २ विकेट , ईन्डियन प्रिमियर लिग :- ३ खेलमा ५ विकेट  ,
ग्लोबल टि-२० क्यानडा :- ५ खेलमा ८ विकेट , क्यारेबियन प्रिमियर लिग :- ५ खेलमा ७ विकेट ,
अफगानिस्थान प्रिमियर लिग :- १ खेलमा २ विकेट  टि-१० लिग युएई :- ६ खेलमा ६ विकेट ,
बिग ब्यास लिग :- २ खेलमा ५ विकेट ( लिग जारि )