लगातार दोश्रो खेलमा सन्दिप विकेटविहिन, यस्तो रह्यो प्रदर्शन

Sandeep Lamichhane


  • विकेटनेपाल, पुष २८ – शनिवार 

बंगलादेश प्रिमियर लिग अन्तर्गत लगातार दोश्रो खेलमा पनि सन्दिप लामिछाने विकेट विहिन बनेका छन्। शेरे बाङ्ग्ला स्टेडियममा जारि सन्दिपको टिम सिलहेट सिक्सर्स र ढाका डाइनामाइट्स बीचको खेलमा सन्दिपले ४ ओभरमा ३३ रन खर्चदा विकेट भने लिन सकेनन्।

जारि खेलमा टस जितेर ब्याटिंग गर्दै ढाकाले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाएको छ।  उसको लागि रोनी तालुकदारले सर्वाधिक ५८ रन बनाए। सुनिल नारायणले २५ , शाकिब अल हसनले २३ तथा नईम शेखले अविजित २५ रन बनाए। सिलहेटको लागि तस्किन एहमदले सर्वाधिक ३ विकेट लिए।

यस्तो रह्यो सन्दिपको प्रदर्शन 

सन्दिपको पहिलो ओभर – १२ रन ( १ २ ६ १ १-लेगबाई १ ) 

आठौँ ओभरम पहिलो ओभर बलिङ्ग गर्न आउने क्रममा सन्दिपको तेश्रो बलमा रोनी तालुकदारले बिशाल छक्का प्रहार गरे। अन्य बलमा भने सन्दिपले कसिलो बलिङ्ग गरे र बाउन्ड्री दिएनन्।

सन्दिपको दोश्रो ओभर – ८ रन ( १ १ ० २ ४ ० ) 

राम्रो बलिङ्ग गरेका सन्दिपको पाँचौ बलमा शाकिब अल हसनले स्विप गर्दै चौका प्रहार गरे। अन्य बलमा सन्दिपले ब्याट्सम्यानलाई खुल्न दिएनन्।

Sandeep Lamichhane

सन्दिपको तेश्रो ओभर – ६ रन ( ० ४ १ ० ० १ ) 

१४ औं ओभरमा बलिङ्ग गर्न आएका सन्दिपको दोश्रो बलमा आन्द्रे रसेलको ब्याटको बाहिरी किनारा लाग्दा चौका गएको थियो। त्यसपछि चौथो बलमा पोलार्ड स्टम्प आउट हुनबाट थोरैले बचेका थिए। ओभरमा सन्दिपले ३ डट बल गरे।

सन्दिपको चौथो ओभर – ८ रन ( १ ० ० ६ ० १ ) 

३ ओभरसम्म विकेट विहिन रहेका सन्दिपले चौथो ओभरमा पनि विकेट लिन सकेनन्। ओभरको चौथो बलमा नईम शेखले सन्दिपको ओभर पिच बललाई  लंग-अनमा छक्का प्रहार गरे। ३ बल डट गरेका सन्दिपले २ वटा १/१ रन दिए।

अघिल्लो खेलमा पनि विकेटविहिन रहेका सन्दिप लगातार दोश्रो खेलमा विकेट विहिन भए भने बिगत भन्दा महँगो पनि सावित भए। ४ ओभरमा सन्दीपले कुल ३३ रन खर्चिए। बंगलादेश प्रिमियर लिगको पहिलो खेलमा सन्दिपले कोमिल्लासंग २ विकेट लिएका थिए भने किफायती बलिङ्ग पनि गरेका थिए जसपछि चितागोङ्गसंग दोश्रो खेलमा २१ रन खर्चेर विकेट लिन सकेका थिएनन्।

 

 





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग-५ को खेल तालिका सार्वजनिक

धनगढीः फागुन १५ गतेदेखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को खेल तालिका सार्वजनिक गरिएको […]

रोहितको अर्धशतकले भारत अग्रतातर्फ

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत तेश्रो टेस्टको पहिलो दिनको समाप्तिमा भारत पहिलो इनिंग्समा अग्रतातर्फ अघि बढेको छ। विश्वकै ठुलो अहमदावाद स्थित […]

सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत्र ५ गते देखि

मेयर कप सप्तरी प्रिमियर लिगको ( एसपीएल ) तेश्रो संस्करण चैत्र ५ गते देखि सप्तरीको राजविराजमा सुरु हुने भएको छ। […]

आईपीएल इतिहासकै महँगो मोरिस ‘द हन्ड्रेड’ मा बिकेनन्

६ दिन अघि मात्रै इन्डियन प्रिमियर लिग ( आईपीएल ) अक्सनमा इतिहासकै महँगो मूल्यमा बिक्रि भएका क्रिस मोरिसले १६.२५ करोड […]

गौतम बुद्ध रङ्गशालालाई सगरमाथा इन्जिनीयरिङ कलेजको आर्थिक सहयोग

काठमाडौँ, १२ फागुन ललितपुर, सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले ‘धुर्मुस –सुन्तली फाउण्डेसन’लाई रु २ […]

अक्षर पटेलले ६ विकेट लिंदा इंग्ल्यान्ड ११२ मै सिमित

अस्ट्रेलियाको भारत भ्रमण अन्तर्गत तेश्रो डे-नाइट टेस्टमा टस जितेर ब्याटिंग रोजेको भ्रमण टोलि ११२ रनमै समेटिन पुगेको छ। नव निर्मित […]