CLICK HERE FOR PLAYER REGISTRATION
सन्दिप इतिहासकै महँगो सावित हुँदा केरला पराजित – WicketNepal

सन्दिप इतिहासकै महँगो सावित हुँदा केरला पराजित

  • विकेटनेपाल, मङ्सिर १३ 

नेपाली गुगली ब्वाई सन्दिप लामिछानेले प्रतियोगिताकै कमजोर बलिङ्ग प्रदर्शन गर्दा उनको टिम केरला नाइट्स नर्थर्न वारियर्ससंग ८ विकेटले पराजित हुन पुगेको छ।

टि-१० लिग अन्तर्गत दोश्रो चरणको दोश्रो खेलमा टस हारेर ब्याटिंग गर्दै केरला नाइट्सले १०१ रन बनाए पछि १०२ रनको लक्ष्य वारियर्सले ७.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा नर्थर्न वारियर्सको लागि निकोलस पुरनले आक्रामक इनिंग खेल्दै मात्र १८ बलमा ५ छक्का र २ चौका मद्दतले अविजित ४३ रन बनाए। यस्तै आन्द्रे रसेलले अविजित २९ रन बनाउन १० बलमा ४ छक्का प्रहार गरे।  निकै महँगो सावित हुने क्रममा नाइट्स बलर सन्दिप लामिछानेले २ ओभरमा ४७ रन खर्चिएका थिए। यस्तै सोहेल तन्भिरले २ ओभरमा २५ रन दिए। वायन पार्नेल र  बेन्नी होवेलले १/१ विकेट लिए पनि खेल जित्न पर्याप्त थिएन।

यस अघि पहिले  ब्याटिंग गरेको केरलाले निर्धारित १० ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको थियो। इनिंगमा स्टरलिङ्ग ६० रन बनाएर आउट भए जुन क्रममा उनले मात्र २८ बलमा ५ छक्का र ३ चौका प्रहार गरे। उनले मात्र २२ बलमा अर्धशतक पुरा गरेका थिए। त्यसपछि कप्तान ओएन मोर्गन १७ ( १३ बल , २ चौका ) बनाएर अविजित रहे।

हार पछि सन्दिपको टिम अंकतालिकाको सातौँ स्थानमा रहेको छ जसपछि प्रतियोगिताको प्लेअफ चरण पुग्ने सम्भावना कमजोर भएर गएको छ। ८ टिम मध्ये ४ टिम प्ले अफ चरण पुग्ने हुँदा ५ खेलमा मात्र १ जित हात पारेको नाइट्सले झिनो आशा कायम राख्न आगामी खेल जित्ने पर्ने हुन्छ भने अन्य टिमको नतिजा पनि कुर्नुपर्ने हुन्छ। लिग चरणको अन्तिम खेल नाइट्सले भोलि बेन्गाल टाइगर्स बिरुद्ध खेल्नेछ।

सन्दिपको हालसम्मकै महँगो स्पेल    

२ ओभर बलिङ्ग गर्दा सन्दिपलाई निकोलस पुरन र आन्द्रे रसेलले कुल ७ छक्का हिर्काए र उनले कुल ४७ रन खर्चिए।

कसिलो बलिङ्ग गर्नको लागि चिनिने सन्दिपले २३.५ प्रतिओभर रन दिए जुन उनले हालसम्म नेपाल राष्ट्रिय टिम, नेपाली घरेलु क्रिकेट, यु-१९ टिम र अन्य बिदेशी लिगमा बलिङ्ग गर्दा दिएको सबैभन्दा धेरै प्रतिओभर रन हो। प्रतियोगितामा कुल ६ विकेट लिएर राम्रो बलिङ्ग गरिरहेका सन्दिपको लागि खेल बिर्सनलायक रह्यो।

टि-१० क्रिकेटमा सन्दिपले यस अघि ४ ओभरको स्पेलमा सबैभन्दा बढी ५७ रन खर्चेर १ विकेट लिएका थिए जुन हिसाब गर्दा प्रति ओभर १४.२५ रन हुने गर्छ। ग्लोबल टि-२० क्यानडा प्रतियोगितामा यसै बर्ष जुनमा मोन्टरियल टाइगर्सको लागि खेल्दा वेस्ट इन्डिज ‘बि’ ले सन्दिप बिरुद्ध उक्त रन बनाएको थियो। त्यस पछि सन्दिपले यसै बर्ष अगस्टमा क्यारेबियन टि-२० लिगमा सेन्ट किट्सको लागि खेल्ने क्रममा बार्बाडोस बिरुद्ध ४ ओभरमा ४३ रन दिएर विकेट विहिन बनेका थिए।

सन्दिपको बलमा पुरन र रसेलले गरे छक्का ! बर्षा 

दोश्रो इनिंगको चौथो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपलाई निकोलस पुरनले पहिलो र दोश्रो बलमा छक्का प्रहार गर्दै स्वागत गरे। तेश्रो बलमा पुरनले २ रन लिए भने चौथो बलमा पुनः छक्का प्रहार गरे।

पाँचौ बलमा पुनः सन्दिपलाई आक्रामक सट प्रहार गरेका पुरनले टाईमिङ मिलाउन सकेनन् र हावामा निकै माथि उठेको बल सन्दिप लामिछाने स्वयम्ले क्याच प्रयास गरे पनि उनि क्याच गर्न सफल हुन सकेनन् र विकेट निकाल्ने मौका गुमाउन पुगे। पाँचौ र छैठौं बलमा १-१ रन आउदा सन्दिपले पहिलो ओभरमा २२ रन खर्चेर विकेट विहिन रहन पुगे।

पहिलो ओभर  ( ६ , ६ , २, ६ , १ , १ ) – छक्का ( पुरन ) , छक्का ( पुरन ) , २ रन ( पुरन ) , छक्का ( पुरन ) , १ रन ( पुरन ) , १ रुन ( पावेल )

दोश्रो ओभरको पहिलो ३ बलमा आन्द्रे रसेलले लगातार ३ छक्का प्रहार गरे। चौथो बलमा रसेलले १ रन लिएपछि पाँचौ बलमा पुरनले रिभर्स स्विच हिटमा छक्का प्रहार गरे। छैठौं बलमा डट बल गरेका सन्दिपले दोश्रो ओभरमा २५ रन खर्चिए।

दोश्रो ओभर ( ६ ,  ) – छक्का ( रसेल ) , छक्का ( रसेल ) ,  छक्का ( रसेल ) , १ रन ( रसेल ) , छक्का ( पुरन ) , डट बल ( पुरन )

प्रतियोगितामा यस अघि सन्दिपको प्रदर्शन

पहिलो खेल –  बिरुद्ध पख्तुन्स ( २-०-१७-३ ) : प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३ विकेट लिंदै सन्दिपले शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित अहम योगदान दिएका थिए। उक्त खेलमा नेपाली लेग स्पिनरले आन्द्रे फ्लेचर, कोलिन इन्ग्राम, मोहम्मद कलिमको विकेट लिएका थिए। २ ओभर बलिङ्ग गर्ने क्रममा उनले मात्र १७ रन खर्चेर ३ विकेट लिंदै निकै तारिफ पाएका थिए।

पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन

दोश्रो खेल – बिरुद्ध सिन्धिज ( २-०-१४-१ ) : दोश्रो खेलमा सन्दिपको टिम पराजित भए पनि आफ्नो पहिलो खेलको लयलाई दोहोर्याएका उनले न्युजिल्याण्ड राष्ट्रीय क्रिकेटर समेत रहेका एन्टन डेभसिचको विकेट लिएका थिए । आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका डेभसिचलाई उनले क्याच आउट गराएका थिए।

पहिलो ओभर – १ रन , १ रन, छक्का , १ रन , डट बल, १ रन
दोश्रो ओभर – १ रन, १ रन , विकेट ! , डट बल, १ रन, १ रन

तेश्रो खेल – बिरुद्ध राज्पुत्स ( २-०-२३-२ ) : लगातार राम्रो प्रदर्शन गरिरहेका सन्दिपले आफ्नो तेस्रो खेलमा समेत २ विकेट हात पारे। बर्षाका कारण पछि गएर रद्ध भएको खेलमा सन्दिपले आफ्नो २ ओभरमा उत्कृस्ट लयमा रहेका मोहम्मद सेहजाद र कार्लोस ब्रेथवेटको विकेट हात पारेका थिए।

पहिलो ओभर – १ रन, डट बल, डट बल, १ रन, विकेट ! , चौका
दोस्रो ओभर – छक्का, छक्का, १ रन, विकेट, डट बल, चौका

चौथो खेल – बिरुद्ध पन्जाबी लेजेन्ड्स ( २-०-२८-० ) 

प्रतियोगिताको पहिलो ३ खेलमा ६ विकेट लिएका नेपाली गुगली ब्वाई पहिली पटक विकेट विहिन बने।खेलको दोश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपको पहिलो ओभरमै उमर अकमलले ३ चौका र १ छक्का प्रहार गर्दै कुल १८ रन प्रहार गरेका थिए। त्यसपछि सुधारिएको बलिङ्ग गर्दै सन्दिपले दोश्रो ओभरमा १० रन खर्चिए र २ ओभरमा २८ रन खर्चिए।

पहिलो ओभर ( ६ , ४ , ० , ० , ४ , ४ ) – छक्का ( उमर अकमल ) , चौका ( उमर अकमल ) , डट बल, डट बल, चौका ( उमर अकमल ) , चौका ( उमर अकमल )

दोश्रो ओभर ( ४ , १ , ० १ , ४ , ० ) – चौका ( मुर ) , १ रन ( मुर ) , डट बल ( साल्ट ) , १ रन ( साल्ट ) , चौका ( मुर ) , डट बल ( मुर )

टि-१० लिगका लागि अगस्टमा सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई प्रतियोगिताको डिफेन्डिंग च्यापियन केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ।