सन्जम रेग्मी र संसाद शेखले ९ विकेट लिँदा प्रदेश २ विजयी



  • विकेटनेपाल, जेठ १५ – मंगलबार

काठमाण्डौमा जारि प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन मुलपानीमा भएको खेलमा प्रदेश नम्बर २ ले प्रदेश नम्बर ४ लाई ६७ रनले पराजित गरेको छ । (स्कोरकार्ड)

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश नम्बर २ ले खराब ब्याटिंगका बाबजुत अतिरिक्त ४१ रन पाउँदै ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १५८ रनमात्र बनाउन सकेको थियो । उसका लागि बिशाल सुश्लिंगले सर्बाधिक २६ रन बनाएका थिए ।

बलिंगतर्फ प्रदेश नम्बर ४ का लागि बिपिन खत्री र हरि चौहानले समान ३/३ विकेट लिन क्रमशः १७ र २४ रन खर्चिए भने अमित गुरुङ, गोविन्द प्रधान र राजु गुरुङले समान १/१ विकेट लिए ।

Sanjam Regmi
(फोटो: फाइल)

जवाफमा लक्ष्य पछ्याएको प्रदेश नम्बर ४ ले २८.५ ओभरमा ९१ रन बनाउँदै सबै विकेट गुमायो । कुनै समय ७७ रनमा ४ विकेट गुमाएर जितको लागि अग्रसर रहेको प्रदेश ४ को ब्याटिंगलाई धरासायी बनाउन नेपालका भेट्रान तथा पुर्व सशस्त्र प्रहरी बल (एपीएफ) का क्रिकेटर सन्जम रेग्मीले त्यसपछि लगातार २ वटा डबल-विकेट-मेडन-ओभर गरेका थिए । प्रदेश ४ का लागि अनिल गुरुङले ३६ रन सुमा घिमिरेले ३२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

प्रदेश नम्बर २ को जितमा सन्जम रेग्मीले ५ विकेट लिनेक्रममा १० ओभरमा ३ मेडन सहित १६ रन र संसाद शेखले ४ विकेट लिनेक्रममा ७.५ ओभरमा ३ मेडन सहित २० रन खर्चिए । १ विकेट मेहबुब आलमको नाममा रह्यो ।





थप समाचार

कप्तान मल्लको अर्धशतक, नेपालद्वारा अमेरिकालाई सामान्य लक्ष्य

आईसीसी विश्वकप लिग -२ अन्तर्गत ओमान, नेपाल र अमेरिका बीच त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आफ्नो तेश्रो खेलमा अमेरिकासंग प्रतिस्पर्धा गरिरहेको […]

अमेरिका बिरुद्ध गुल्सन झाको डेब्यु, टस हारेर नेपालले ब्याटिंग गर्दै

ओमान भ्रमण अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो तेश्रो खेलमा नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछन्। खेलमा अमेरिकाले टस जितेर फिल्डिंग […]

ओडीआई वरियतामा नेपाललाई पछि पार्दै ओमानको फड्को, जिम्बाब्वेलाई समेत पछि पार्यो

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले ओमानलाई उछिनेको ३ दिन पनि नबित्दै ओमानले पुनः नेपाललाई पछि पार्दै फड्को मारेको छ। अन्तर्राष्ट्रिय […]

ICCWCL2 : नेपालको तेश्रो खेल आज अमेरिकासंग ( सम्पूर्ण जानकारी )

नेपालको ओमान भ्रमण अन्तर्गत आईसीसी विश्व कप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो तेश्रो खेलमा नेपालले दोश्रो पटक आज […]

प्रतिस्पर्धात्मक खेलमा ओमानद्वारा अमेरिका पराजित

प्रतिस्पर्धात्मक खेलमा अमेरिकालाई ४ विकेटले पराजित गर्दै ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा ओमानले लगातार दोश्रो जित दर्ता गरेको छ। अल […]

ICCWCL2 : नेपालको तेश्रो खेल अमेरिकासंग, यस्ता छन् नेपालको बलियो र कमजोर पक्ष

ओमानमा जारि आईसीसी विश्व कप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले अमेरिकासंग प्रतिस्पर्धा गर्दैछ। अल अमिरात मैदानमा […]