सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत्र ५ गते देखि



मेयर कप सप्तरी प्रिमियर लिगको ( एसपीएल ) तेश्रो संस्करण चैत्र ५ गते देखि सप्तरीको राजविराजमा सुरु हुने भएको छ। राजविराज नगरपालिकाको सहयोगमा आयोजना हुने प्रतियोगिताको आयोजना सप्तरी क्रिकेट संघले गर्दै आएको छ।

प्रतियोगितामा ५ वटा फ़्रेन्चाइज् टिमहरु सहभागी हुनेछन् जसमा डिफेन्डिङ च्याम्पियन डाक्नेश्वरी ड्रागन, रुपनी राइडर्स, तिलाठी कोइलाडी, बोदेबर्साइन थन्डर्स र बजाज खडक वारियर्स रहेका छन्। अघिल्लो संस्करण डाक्नेश्वरी ड्रागनले रुपनी राइडर्सलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

प्रतियोगिताको मिति घोषणा गरेपछि विकेटनेपालसंग बोल्दै सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले यो पटक प्रतियोगिता बिगतको संस्करण भन्दा स्तरीय हुने बताए।

“बिगतको दुईवटा संस्करण भन्दा यो पटक प्रतियोगिता स्तरीय र भव्य हुनेछ। प्रत्येक वर्ष आयोजनाको स्तर बढाउदै लागेका छौँ।”

सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ

यो पटक लिगमा राष्ट्रिय खेलाडीहरुको संख्या बढ्ने बताउदै श्रेष्ठले एउटा टिमले अन्तिम-११ मा ५ जना जिल्ला बाहिरका खेलाडीहरु समाबेश गर्न पाउने पनि जानकारी गराए।

“यो पटक एउटा टिमले अन्तिम-११ मा ५ जना सप्तरी जिल्ला बाहिरका खेलाडीहरु खेलाउन पाउनेछन्। बिगतको भन्दा प्रतियोगितामा यो पटक स्तरीय राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहनेछ।”

लिगको अघिल्लो संस्करण स्थानीय खेलाडी मेहबुब आलम सहित राष्ट्रिय क्रिकेटरहरु सुनिल धमला, मन्जित श्रेष्ठ, राजेश पुलामी, नन्दन यादव, प्रेम तामांग, हसिम अन्सारी, पुष्प थापा, अविनाश कर्ण, हरिशंकर शाह जस्ता राष्ट्रिय खेलाडीहरु लिगमा बिभिन्न टिममा आवद्ध रहेका थिए।

श्रेष्ठका अनुसार प्रतियोगिताको खेलहरु पहिलो पटक राज रंगशालामा खेलिनेछ जहाँ दर्शकहरुले खेल हेर्न टिकट काट्नुपर्ने छ। यस अघि प्रतियोगिता पबि स्कुलमा आयोजना हुँदै आएको थियो।

प्रतियोगिताको विजेताले यस अघि भन्दा १ लाख रुपैयाँ बढी ३ लाख रुपैयाँ पाउने छन्। यस्तै अन्य पुरस्कार रकममा पनि वृद्धि गरिनेछ।

प्रतियोगिताको लागि खेलाडीहरुको चयन अक्सनमार्फत गरिनेछ जसको मिति केहि दिनमै सार्वजनिक हुनेछ।

सप्तरी प्रिमियर लिगको पुरुष संस्करण पछि महिलाहरुको पनि लिग लगत्तै आयोजना हुने बताईएको छ।





थप समाचार

हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले […]

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा […]

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

जिम्बाबेलाई ११ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले पहिलो टि-ट्वान्टीमा ११ रनको जित दर्ता गरेको छ। जितसंगै तिन वटा टि-ट्वान्टीको […]

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ। यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड […]

कुपरले उत्कृस्ट ब्याटिंग गर्दा वर्षाप्रभावित खेलमा नेदरल्याण्डले बनायो १०७ रन

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा बुधबार नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु […]

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच जारि त्रिदेशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट ब्याटिंग गरिरहेका कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) […]