ओमानमा जारी आईसीसी विश्व कप लिग-२ अन्तर्गतको आयोजक ओमान, स्कटल्याण्ड र पपुवा न्यु गिनी सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेश्रो खेलमा स्कटल्याण्डले ओमानलाई पराजित गरेको छ। जारि सिरिजमा स्कटल्याण्डको यो दोश्रो जित हो। उसले पहिलो खेलमा पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा ओमानले पपुवा न्यु गिनीलाई ११० रनले पराजित गरेको थियो।
अल अमिरात मैदानमा सम्पन्न खेलमा स्कटल्याण्डले दिएको २७४ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पुरै ५० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा २५५ रन मात्र बनाउन सक्यो। ओमानको लागि जतिन्दर सिंहले सर्वाधिक ६४ रन तथा सन्दिप गौडले अविजित ५४ रन बनाए भने अकिब इल्यासले ३३ , नसिम खुसिले २७ तथा कलेमुल्लाहले २० रन योगदान दिए।
ओपनर कस्यप प्रजापति खाता नखोली आउट भएपछि दोश्रो विकेटको लागि जतिन्दर र इल्यासले १०१ रनको साझेदारी गरेता पनि त्यसपछि ओमानले लगातार विकेट गुमाउन पुगेको थियो। फलस्वरुप १०२/१ को अवस्थाबाट उसले १५५ रनमा ७ विकेट गुमाउन पुग्यो। त्यसपछि सन्दिप गौडले नसिम खुसिसंग ५४ तथा कालेमुल्ल्लाहसंग ३४ रनको साझेदारी गरेता पनि जितको लागि पर्याप्त रहेन।
स्कटल्याण्डको बलिंगमा क्रिस सोलले सर्वाधिक ३ विकेट ( ९-१-७९-३ ) तथा मार्क वाट, सफ्यान सरिफ, हम्जा ताहिर, माइकल लिस्क र कलुम म्याकलोएडले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट क्षेतीमा २७३ रन बनाएको थियो। उसको लागि रिची बेरिंगटनले सर्वाधिक ९७ रन बनाए जुन क्रममा ८७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। यस्तै कप्तान कायल कोट्जरले ६०, डाईलन बजले ३२ तथा म्याथु क्रस र जर्ज मुनसेले समान २५ रन बनाए। बेरिंगटनले चौथों विकेटको लागि मुनसेसंग ५६ रनको तथा बजसंग ९८ रनको साझेदारी गरे। शतक बनाउन ३ रनले चुक्ने क्रममा उनि अतिम ओभरको पाँचौ बलमा रन आउट हुन पुगेका थिए।
ओमानको बलिंगमा कप्तान जिशान मक्सुद, कलेमुल्लाह , आयान खान र खवर अलिले समान १ विकेट लिए।
जितपछि आईसीसी विश्वकप लिग-२ अंकतालिकामा १३ अंक सहित तेश्रो स्थानमा रहेको स्कटल्याण्डको १० खेलमा ६ जित, ३ हार तथा १ खेल नतिजाविहिन रहेको थियो। हार पछि पनि १६ खेलमा १२ जित र ४ हार बेहोरेको ओमान २४ अंक सहित शिर्ष स्थानमा रहेको छ। १६ खेलमा १४ अंक सहित अमेरिका दोश्रो तथा ८ खेलमा ८ जित बेहोरेको नेपाल चौंथो स्थानमा छ।