शाहब आलमको ५ विकेट मदतले खुकुरी सेमीफाइनलमा

shahab alam


  • विकेटनेपाल, भैरहवा, १९ फागुन ।

लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा सेमिफाइनलमा प्रवेश गरेको छ। भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’ को समूह (डि) को खेलमा खुकुरीले बुम एमसिसी क्रिकेट क्लब भैरहवालाई ९ विकेटले पराजित गरी सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

एक सय ४ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको खुकुरीले निर्धारित ५० ओभरको खेलमा १७ ओभरमा १ विकेटको क्षतिमा १ सय ४ रन बनाउँदै लक्ष्य भेट्टायो । उसको जितमा प्रज्वल थापाले नटआउट ३३, अन्तिम थापाले नटआउट २७ र मिर्नाल गुरुङले २४ रन बनाए । बलिङमा बुम एमसिसीका रमेश कुर्मीले १ विकेट लिए।

शाहब आलम

यसअघि स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको बुम एमसिसीले निर्धारित खेलमा ३३ ओभर ४ बल खेल्दै १ सय ३ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि संदीप केसीले २३, अमर मिश्राले १६ र अनिल जैसवारले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा टिमले हार व्यहोर्यो । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा खेलका म्यान अफ द म्याच समेत रहेका खुकुरीका साहब आलमले ५ विकेट लिए। यस्तै राहुल चौहानले ३ विकेट लिए।

आइतबार समूह (ए) मा रहेका ज्ञानोदय क्रिकेट क्लब करहिया र शंकरनगर क्रिकेट क्लब शंकरनगरबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए।

प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।





थप समाचार

कुशल र आसिफले कीर्तिमानी साझेदारी गर्दा नेपालको शानदार जित

नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। टियु […]

नेदरल्याण्डद्वारा नेपाललाई मध्यम लक्ष्य

नेपाल, नेदरल्याण्ड र मलेसिया बीच त्रिकोणात्मक टि-ट्वान्टी सिरिज सुरु भएको छ। सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्याण्ड र नेपाल प्रतिस्पर्धा गर्दैछन्। टियु […]

ट्राइ सिरिज : नेपालले पहिले फिल्डिंग रोज्यो, आसिफ र शाहबले डेब्यु गर्दै

नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिज अन्तर्गत उद्घाटन खेलमा शनिवार नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेल टियु अन्तर्राष्ट्रिय […]

ट्राई सिरिज : नेपाल र नेदरल्याण्ड आज खेल्दै , कस्तो होला नेपालको अन्तिम-११

नेपाली भूमिमा पहिलो पटक त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको आयोजना शनिवार देखि सुरु हुँदैछ। नेपालले घरेलु भूमिमा नेदरल्याण्ड र मलेसियासंग टि-ट्वान्टी […]

IPL : चेन्नाईद्वारा पन्जाब ६ विकेटले पराजित

पन्जाब किंग्सलाई ६  विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्सले आईपीएल १४ मा पहिलो जित दर्ता गएको छ। पछिल्लो खेलमा चेन्नाई […]

दक्षिण अफ्रीका ३ विकेटले पराजित, पाकिस्तानले जित्यो सिरिज

दक्षिण अफ्रीकालाई रोमान्चक प्रतिस्पर्धामा ३ विकेटले पराजित गर्दै पाकिस्तानले घरेलु टोलि दक्षिण अफ्रीका बिरुद्धको चार वटा टि-२० को सिरिज ३-१ […]