शाहिन अफ्रिदीले ४ बलमा लिए ४ विकेट ( भिडियो सहित )



पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले इंग्ल्यान्डको भाइटालिटि टि-२० ब्लास्ट प्रतियोगितामा आइतबार अपत्यारिलो बलिंग प्रदर्शन गरेका छन्। हेम्पशायरको प्रतिनिधित्व गर्ने क्रममा उनले ६ विकेट लिएका हुन् जुन क्रममा ४ बलमा लगातार ४ विकेट लिंदै चकित पार्ने बलिंग गरेका हुन्।

खेलमा पहिले ब्याटिंग गर्दै हेम्पशायरले दिएको १४२ रनको लक्ष्य पछ्याएको मिडलसेक्स जिततर्फ अघि बढीरहेको अवस्थामा अफ्रिदीले लगातार ४ विकेट लिंदै टिमलाई २० रनको जित दिलाएका थिए।

१७ ओभरमा ११९/६ को अवस्थामा मिडल सेक्सलाई जितको लागि १८ बलमा २३ रन आवस्यक थियो र साथमा ६ विकेट। १८ औं ओभरको तेश्रो बलमा ४८ रन बनाएका जोन सिम्प्सनलाई बोल्ड गरेका अफ्रिदी त्यतिमै रोकिएनन्। चौथो बलमा स्टेभेन फिनलाई, पाँचौ बलमा थिलान वालालावितालाई बोल्ड गर्दै ह्याट्रिक पुरा गरेका उनले छैठौं बलमा टिम मुर्ताघलाई बोल्ड गर्दै मिडलसेक्सको इनिंग समाप्त गरेका थिए। ओभरमा सबै ४ विकेट उनले बोल्ड गर्दै प्राप्त गरे। त्यस अघि प्राप्त गरेको २ विकेट पनि उनले बोल्डनै गरेका थिए।  १२१ रनमा मिडलसेक्स अलआउट हुन पुग्यो।

अफ्रिदी टि-२० क्रिकेटमा ४ बलमा ४ विकेट लिने इतिहासकै सातौँ खेलाडी बनेका छन्। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ बलमा ४ विकेट सन् २०१९ मा राशिद खानले आयरल्याण्ड बिरुद्ध तथा सोहि बर्ष लासिथ मालिंगाले न्युजिल्यान्ड बिरुद्ध लिएका थिए।

भिडियो हेर्नुस :-

यो पनि पढ्नुस :-

कप्तान मल्लको ट्वीटले अमेरिकी एम्बेसी क्लिन बोल्ड

IPL Match 3 : बैंगलोर र हैदरावाद खेल्दै, यस्ता छन् दुवै टिमको बलियो र कमजोर पक्ष

“अम्पायरलाई ‘म्यान अफ द म्याच दिनुपर्थ्यो” अम्पायरको ठूलो गल्तिलाई सेहवागको व्यंग्य





थप समाचार

भारतले फलो-अन जोगाउन सकेन, दोश्रो इनिंग्समा राम्रो सुरुवात

भारतीय महिला टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एकमात्र टेस्टको तेश्रो दिनको खेल समाप्त हुँदा घरेलु टोलि बलियो स्थितिमा रहेको छ। इंग्ल्यान्डले […]

टेस्ट च्याम्पियनसिपको पहिलो दिन टस नभई रद्द, जान्नुस भोलिको मौसम कस्तो हुनेछ

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत पहिलो दिन निराशाजनक अन्त्य भएको छ। इङ्ग्ल्याडको साउथह्याम्पटनमा टेस्टको सुरुवाती दिन […]

कीर्तिमानी ओ ब्रायनद्वारा ओडीआई क्रिकेटबाट सन्यास

आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। क्रिकेट आयरल्याण्डले शुक्रबार ( जुन १८ ) […]

नामिबिया र स्कटल्याण्ड बिरुद्ध सिरिजको लागि प्रारम्भिक नेपाली टिमको घोषणा

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा आयोजना हुने नेपाल, नामिबिया र स्कटल्याण्ड बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि २० सदस्यीय […]

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल अघि थाहा पाउनुस १० महत्वपूर्ण जानकारी

इंग्ल्यान्डको साउथह्याम्प्टनमा आज आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलिंदैछ। टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक भारत र न्युजिल्यान्ड उपाधिको लागि प्रतिस्पर्धा […]

मन्धना र वर्माको कीर्तिमानी साझेदारी पछि इंग्ल्यान्डको उत्कृस्ट पुनरागमन

भारतीय महिला क्रिकेट टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एक मात्र टेस्ट अन्तर्गत दोश्रो दिनको खेल समाप्त भएको छ। इंग्ल्यान्डले पहिलो इनिंग्समा […]