शक्ति गौचनद्वारा सन्यास घोषणा
Birat Jung Rayamajhi, २०७५ श्रावण २, बुधबार १३:२०
- विकेटनेपाल, श्रावण २ – बुधबार
नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
उनले युरोप भ्रमणमा जान लागेको नेपाली टिमको बिदाई समारोहमा यो नै अन्तिम अन्तर्राष्ट्रिय भ्रमण हुने बताए। त्यस्तै आफु नेपालका घरेलु दर्शकमाझ बिदाई खेल खेल्न इछ्युक रहेको पनि उल्लेख गरे। नेपालमा घरेलु दर्शक माझ नेदरल्याण्ड भ्रमणपछी खेलिने खेल नै उनको अन्तिम खेल हुने बताए।
शक्ति गौचन नेपालले हिजो मात्रै सार्बजनिक गरेको युरोप भ्रमणमा जाने १५ सदस्यीय टिममा परेका छन्। नेपालले युरोप भ्रमण अन्तर्गत जुलाई २९ तारिखमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्डसँग टि२० त्रिकोणात्मक सिरिज खेल्नेछ भने अगस्ट १ र ३ तारिखमा बहुप्रतिक्षित र ऐतिहासिक दुई खेलको एकदिवसीय सिरिज खेल्ने छ।
थप समाचार
घरेलु क्रिकेट ( पुरुष )
एपीएफद्वारा प्रदेश-१ लाई मध्यम लक्ष्य
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘ए’ अन्तर्गतको दोश्रो खेलमा शनिवार नेपाल एपीएफ क्लब र प्रदेश नम्बर-१ प्रतिस्पर्धा गरिरहेका […]
Editor's Choice
बिनोदको शतकमा आर्मीद्वारा गण्डकीलाई कठिन लक्ष्य
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता काठमाडौँमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत समुह […]
Editor's Choice
प्रधानमन्त्री कप आज देखि ( सम्पूर्ण जानकारी )
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता आज देखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिता माघ […]