शिव शक्तिको सहज जित : रुपन्देही सुपर लिग



  • विकेटनेपाल- भैरहवा, २२ माघ ।

रुपन्देहीको भैरहवामा जारी मुख्य रुपन्देही सुपर लिग ए डिभिजनको समूह ‘डी’ को शनिबार भएको खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले बुद्ध क्रिकेट क्लब भैरहवालाई १ सय ९७ रनले पराजित गरेको छ । जितसँगै शिव शक्तिले २ अंक पाएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको शिवशक्तिले निर्धारित ४० ओभरको खेलमा ८ विकेटको क्षतिमा २ सय ४४ रन बनाएको थियो । लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बुद्धले १७.३ ओभरमा अलआउट हुँदै मात्र ४७ रन बनायो ।

शिवशक्तिका लागि हरिचन्द लोहनीले ८५, सुमन अधिकारीले ३३, निकेश जुगजालीले ३१, कृष्ण सेनले २१ र दीपचन शर्माले अविजित २६ रनको योगदान दिए। बलिंगमा बुद्धका लागि शुवाङ्कर तिवारी, सुमित जिसी, प्रविण अन्सारीले समान २/२ विकेट लिए ।

बुद्धका लागि शुवाङ्कर तिवारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । शिवशक्तिका बलर कृष्ण कार्कीले ४ विकेट तथा सुमन अधिकारीले ३ विकेट हात परे l खेलको म्यान अफ द म्याच शिवशक्तिका सुमन अधिकारी घोषित भए l

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सह-प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार समूह ‘ए’मा रहेका शंकरनगर क्रिकेट क्लब शंकरनगर र देवदह क्रिकेट क्लब देवदहबीच प्रतिस्पर्धा हुनेछ । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

कृतिकालाई कप्तानी

देब्रे हाते स्पिनर कृतिका मरासिनीलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले अन्डर-१९ महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानी सुम्पेको छ। […]

ईपीएल नरोक्न आयोजक र फ़्रेन्चाइजको अपिल

एभरेस्ट प्रिमियर लिग (इपिएल) का फ़्रेन्चाइजहरुले आफ्नो अस्तित्वनै समाप्त हुने गरी इपिएललाई मान्यता नदिएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) का […]

डीएसएल: धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी

धनगढी ८ जेठ – कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा धनगढी […]

लिग-२ मा सक्दो धेरै खेल जित्छौं – सन्दिप

काठमाडौं, जेठ ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ मा नेपालले सकभर धेरै खेल […]

डेब्युमा हिरान्मयी चम्किंदा नेपालको पहिलो जित

डेब्युमा १५ वर्षीय लेग स्पिनर हिरान्मयी रोयले उत्कृस्ट बलिंग गर्दा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले युगान्डा बिरुद्ध पाँच खेलको घरेलु […]

इन्डियन व्हीलचेयर प्रिमियर लिगमा चार नेपाली खेलाडी

भारतको दिल्लीमा आगामी महिना जुन २१ देखि २५ तारिखसम्म आयोजना हुने इन्डियन व्हीलचेयर प्रिमियर लिगको तेश्रो संस्करणमा चार जना नेपाली […]