शोयब मलिक टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिलो एशियाली ब्याट्सम्यान



भेट्रान पाकिस्तान अलराउण्डर शोयब मलिक टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने एशिया र पाकिस्तानको पहिलो क्रिकेटर बनेका छन्। मलिक यो कोसेढुङ्गा पार गर्ने विश्वकै तेश्रो क्रिकेटर पनि बनेका छन्। पाकिस्तानमा जारि नेसनल टि-२० कप प्रतियोगितामा मलिकले शनिवार खेबर पख्तुनख्वाबाट खेल्दै इतिहास ऐतिहासिक कीर्तिमान बनाएका हुन्।

मलिकले बलुचिस्तान बिरुद्ध ४४ बलमा ७४ रन बनाउदै यो उपलब्धि हाँसिल गरेका थिए। मलिकको कीर्तिमानको बाबजुद खेलमा मलिकको टिम भने ६ विकेटले पराजित भयो।

२००५ मा टि-२० क्रिकेटमा डेब्यु गरेका मलिकले ३९५ टि-२० खेल्ने क्रममा कुल १० हजार २७ रन बनाएका छन् जुन क्रममा १२५.७१ को स्ट्राइक रेट र ३७.४१ को औशतले रन बनाएका हुन्। यस क्रममा उनले ६२ अर्धशतक प्रहार गरेका छन्। उनले अझै शतक भने प्रहार गर्न सकेका छैनन्। बलिंगतर्फ पनि मलिकले ७.०३ को उत्कृस्ट इकोनोमिले १४८ विकेट लिएका छन्।

३८ वर्षीय दायाँ हाते ब्याट्सम्यान मलिकले पाकिस्तानको लागि ११६ टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा २,३३५ रन बनाएका छन्। बाँकी रन उनले पाकिस्तानको घरेलु प्रतियोगिता तथा विदेशी टि-२० लिगहरुमा बनाएका हुन्।

विश्व क्रिकेटको कुरा गर्ने हो भने मलिक भन्दा अघि क्रिस गेल र काइरन पोलार्डले मात्र टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्न सकेका छन्। गेल टि-२० मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् जसले १३ हजार २ सय ९६ रन बनाएका छन्। दोश्रो धेरै रन बनाएका पोलार्डले १० हजार ३ सय ७० रन बनाएका छन्।

ऐतिहासिक कोसेढुङ्गा पार गरेपछि मलिकले ट्वीटरमार्फत प्रतिक्रिया दिएका छन् –

“म पाकिस्तानी जनताहरुलाई बधाई दिन चाहन्छु कि म टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिले एसियाली ब्याट्सम्यान बन्न सफल भएको छु। म यो कोसेढुङ्गालाई मेरो परिवार प्रति समर्पित गर्न चाहन्छु। उनीहरुले मेरो लागि सधै प्रार्थना गर्नुभएको छ। मेरो बाबा हुनु भएको भए वहाँ धेरै खुसि हुनुहुन्थ्यो , तर जीवन यस्तै हो। म जहाँ पनि जान्छु म खेल अघि आमासंग कुरा गरेर आशीर्वाद लिने गर्छु। म मेरो साथी खेलाडीहरु, ग्राउण्ड स्टाफ, समर्थकहरुलाई विशेष धन्यवाद दिन चाहन्छु।” मलिकले लेखेका छन्।

टि-२० क्रिकेटमा धेरै रन बनाउने ५ ब्याट्सम्यान 

क्रिस गेल – १३,२९६ रन ( ४०४ खेलको ३९६ इनिंग )

काइरन पोलार्ड – १०,३७० रन ( ५१८ खेलको ४६२ इनिंग )

शोयब मालिक – १०,०२७ रन ( ३९५ खेलको ३६८ इनिंग )

ब्रेण्डन म्याकलम – ९,९२२ रन ( ३७० खेलको ३६४ इनिंग )

डेभिड वार्नर – ९,५०३ रन ( २८८ खेलको २८७ इनिंग )

टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण

IPL : अरेन्ज क्याप रेसमा राहुलले बढाए अग्रता, अंकतालिकाको अवस्था के छ

“जहाजमा धेरै प्वाल छन् , एउटा थुन्दा अर्को ठाउँबाट पानि चुहिरहेको छ।” – धोनी

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य



थप समाचार

प्रतिस्पर्धात्मक तेश्रो वानडेमा भारतद्वारा अस्ट्रेलिया पराजित

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तेश्रो एकदिवसीयमा भारतले १३ रनको जित दर्ता गरेको छ। यस अघि २ खेलमा पराजित हुँदै सिरिज […]

मलानले रचे इतिहास, टि-२० वरियतामा इतिहासकै उच्च अंक हाँसिल

दक्षिण अफ्रीका बिरुद्ध ३-० ले सिरिज जित दर्ता गर्ने क्रममा कुल १७३ रन बनाएका इंग्ल्यान्ड ब्याट्सम्यान दविड मलानले अन्तर्राष्ट्रिय क्रिकेट […]

पान्ड्या र जडेजाले कीर्तिमानी साझेदारी गर्दा भारतद्वारा अस्ट्रेलियालाई ३०३ रनको लक्ष्य

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत एकदिवसीय सिरिजको तेश्रो तथा अन्तिम एकदिवसीय मेनुका ओभल, क्यानबेर्रामा जारि रहेको छ। सिरिज यस अघिनै अस्ट्रेलियाले […]

क्यानद्वारा पूर्वकप्तान कर्माचार्य छनोट समितिको संयोजक नियुक्त

नेपाल क्रिकेट संघ ( क्यान ) को कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्यलाई संयोजक चयन गर्दै […]

कोहलीले तोडे तेन्दुलकरको कीर्तिमान

अष्ट्रेलिया र भारतबीच ३ खेलको एकदिवसीय अन्तराष्ट्रिय शृंखला अन्तर्गत क्यानवेरा स्थित मानुका ओवल क्रिकेट स्टेडियममा तेस्रो तथा अन्तिम खेल जारि […]

एलपीएल : परेराको अर्को आक्रामक इनिंग, जाफ्नाको विजय यात्रा कायमै

लंका प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न २ वटा खेलमा दाम्बुला भाइकिंग र जाफ्ना स्टालियन्स विजयी भएका छन्। महिन्दा राजापाक्षे स्टेडियममा […]