राजस्थानलाई ४६ रनले पराजित गर्दै दिल्ली लिगको शिर्ष स्थानमा उक्लेको छ। शारजाह मैदानमा विशाल योगफल बन्ने अनुमान बिपरित दिल्लीले टस हारेर ब्याटिंग गर्दै १८४ रन बनाउन सकेको थियो। सानो तथा ब्याटिंग उपयोगी मैदानमा उक्त योगफल रक्षा गर्न मुस्किल हुने अनुमान बिपरित दिल्लीले १३८ रनमै राजस्थानलाई सिमित गर्दै अर्को शानदार जित दर्ता गर्यो।
जितपछि दिल्ली कप्तान श्रेयस ऐयरले शारजाहको विकेट खेलमा अपेक्षाकृत ब्याट्सम्यान सहयोगी नभएको र केहि सुस्त रहेको बताए –
“त्यो योगफल हामीले चाहेको भन्दा कम योगफल थियो तर बल रोकिएर आईरहेको हुँदा बलरहरुले आफ्नो योजना राम्रोसंग निभाउन सके। हामि पनि पहिले बलिंग गर्न चाहन्थ्यौ , शितको कारणले पनि। तर धन्य हाम्रो पक्षमा त्यो निर्णय रह्यो।”
ऐयरको अनुसार जितमा टिमको हरेक पक्षको हात रहेको छ –
“म मेरो कप्तानीको मजा लिईरहेको छु किनकि खेलाडीहरुले मलाई निकै सहज बनाइरहेका छन्। अझ विशेषगरि बलरहरु। हाम्रो सपोर्ट स्टाफले टिम मिटिंगहरु निकै राम्रोसंग व्यवस्थापन गर्नुहुन्छ। मलाई लाग्छ हाम्रो टिमको मिश्रण निकै निकै राम्रो छ र त्यसको लागि हामीले कठिन मेहनत गरेका छौँ।”
“खेलाडीहरुले लिग सुरु हुनु अघि आफ्नो बलियो र कमजोर पक्ष बताएका थिए। हामि जसरि अघि बढीरहेका छौँ त्यसमा म खुसि छु र आशा गर्छु कि यहि लय कायम हुनेछ। हामि कुनै पनि कुरालाई हल्कामा लिंदैनौ र योजना बनाएर कार्यान्वयन गर्नेछौँ।” ऐयरले बताए।
जितमा प्लेयर अफ द म्याच चुनिएका अफ स्पिनर रभीचन्द्रन आश्विनले टिमको बलिंग आक्रमणको तारिफ गरे –
“एउटा महत्वपूर्ण कुरा के हो भने हाम्रो टिमका प्राय तपाईलाई दिएको बलरहरु खेलको जुनसुकै समयमा बलिंग गर्न सक्छन्। तपाईले पाएको जिम्मेवारी स्वीकार गरेर बहादुर भएर सामना गर्नुपर्ने कुरा हो। हाम्रो पछाडीको स्टाफहरुलाई श्रेय जान्छ।”

पावरप्लेमा बलिंग गर्न आएका आश्विनले पहिलो ओभरमा जोस बटलरको विकेट लिएका थिए। पावरप्लेको २ ओभरमा उनले मात्र ६ रन खर्चेर १ विकेट लिएका थिए। त्यसपछि सातौँ र १२ औं ओभर बलिंग गर्ने क्रममा उनले यसस्वी जैसवालको विकेट पनि लिंदै ४ ओभरमा मात्र २२ रन खर्चेका थिए।
“पावरप्लेमा बलिंग गर्दा मलाई मजा लाग्यो। मैले पावरप्लेमा २ पटक क्यारम बल पनि प्रयोग गरे। खेलमा तपाई अघि बढेको बेला कति धेरै प्रयोग गर्ने भन्ने कुरा हो। जोस बटलरको विकेट लिंदा उत्कृस्ट क्याच लिईयो। तर पावरप्लेपछि बल भिजेको थियो र पसिनाले पनि सहयोग गरेन”
ढाडको चोट पछि आश्विनले डाइभ गर्न मानसिक रुपमा तयार नभएको बताए – “मेरो शरीरमा मेरो दिमाग हावी भएको छ। म असहज रुपमा हामफालेर आफ्नो तौल त्यसमा राख्न चाहन्न।
लगातार तेश्रो हार पछि अंकतालिकाको सातौँ स्थानमा रहेको राजस्थानका कप्तान कप्तान स्टिभ स्मिथले आफ्नो टिमले खराब क्रिकेट खेलेको बताए –
“हामि ४० ओभर राम्रो खेलीरहेको छैनौ र दवाव झेल्न सकीरहेका छैनौ त्यसरी जित्न सक्दैनौ। बलरहरुले राम्रो काम गरे र मलाई लाग्दैन विकेट पहिले जस्तो राम्रो थियो। आज थोरै रोकिएर आएको थियो र हामीले १०-१५ रन अतिरिक्त दियौं।”
“हामि सकरात्मक हुनुपर्छ। अहिले हामीले चाहेको भन्दा टाढा कुराहरु जाँदैछ। म पनि राम्रो ब्याटिंग गरिरहेको छैन। मैले राम्रो महसुस गरिरहेको थिए ब्याटिंगमा तर चाहदा चाहदै पनि त्यहाँ बस्न सकिन।”
स्मिथले इंगलिस अलराउण्डर बेन स्टोक्स आगामी खेलमा खेल्ने निश्चित नभएको बताए – “स्टोक्सले अभ्यास धेरै गरेका छैनन्। उनि क्वारेन्टाइनबाट भोलि बाहिर आउनेछन्। हेरौं उनले १ दिन पछि खेल्न सक्नेछन् या छैनन्।”
लिग अन्तर्गत दिल्लीले आगामी खेल आइतबार मुम्बई इन्डीएन्ससंग खेल्नेछ। राजस्थानले पनि आइतबार सनराइजर्स हैदरावादसंग खेल्ने तालिका रहेको छ।
लगातार तेश्रो जितपछि मुम्बईलाई पछि पार्दै दिल्ली शिर्षमा
नेपाली क्रिकेट टिमलाई कस्तो प्रशिक्षक आवस्यक छ ?
पन्जाब-हैदरावाद खेलमा बने ८ रेकर्ड
सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने
“पन्जाबले म्याक्सवेलको बिकल्प सोच्नुपर्छ” पिटरसन