श्रीलंका भ्रमणमा भारतको कप्तानी शिखर धवनले गर्ने



भारतीय क्रिकेट टिमले आगामी महिना जुलाईमा गर्ने श्रीलंका भ्रमणमा भारतीय टिमको कप्तानी शिखर धवनले गर्ने भएका छन्। धवनलाई उपकप्तानको रुपमा भुवनेश्वर कुमारले सघाउनेछन्।

भ्रमणमा भारत र श्रीलंका बीच तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय र तिन वटै टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

भारतीय क्रिकेट टिम जुन १८ तारिखमा सुरु हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपको न्युजिल्यान्ड बिरुद्ध फाइनल खेल्न यति बेला इंग्ल्यान्डमा रहेको छ। उक्त खेल पछि भारत र इंग्ल्यान्ड बीच अगस्ट ४ तारिख देखि पांचवटा टेस्टको सिरिज खेलिनेछ। त्यसैले श्रीलंका बिरुद्ध जुलाई १३ देखि सुरु हुने सिमित ओभर सिरिजमा भारतीय क्रिकेट बोर्डले फरक टोलि पठाउनेछ।

श्रीलंका भ्रमणको लागि भारतीय क्रिकेट बोर्डले २० सदस्यीय टोलिको घोषणा गरेको छ। आईपीएलमा बिराट कोहली कप्तानको टिम बैंगलोरको लागि खेल्दै राम्रो प्रभाव छोडेका देभदत्त पडीक्कललाई टिममा समाबेश गरिएको छ। यस्तै आईपीएलमा चेन्नाईका ओपनर रुतुराज गायकवाड पनि टिममा छन्।

यस्तै पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृस्ट प्रदर्शन गरिरहेका पृथ्वी शले पनि टिममा पुनरागमन गरेका छन्।

यो वर्ष इंग्ल्यान्ड बिरुद्ध भारतले घरेलु भुमिमा खेलेको सिमित् ओभर सिरिजमा टिममा रहेका राहुल चाहर, इशान किशन र सूर्यकुमार यादवले निरन्तरता पाएका छन्। यस्तै नितिश राना र मनिष पाण्डे पनि टिममा छन्। आईपीएलमा राम्रो प्रभाव छाडेका देब्रे हाते पेसर चेतन सकरियालाई पनि मौका दिईएको छ।

घोषित टिम : Shikhar Dhawan (Captain), Prithvi Shaw, Devdutt Padikkal, Ruturaj Gaikwad, Suryakumar Yadav, Manish Pandey, Hardik Pandya, Nitish Rana, Ishan Kishan (Wicket-keeper), Sanju Samson (Wicket-keeper), Yuzvendra Chahal, Rahul Chahar, K Gowtham, Krunal Pandya, Kuldeep Yadav, Varun Chakravarthy, Bhuvneshwar Kumar (Vice-captain), Deepak Chahar, Navdeep Saini, Chetan Sakariya





थप समाचार

EPL : आजको दुवै खेल टस समेत नभई स्थगित, स्थगित खेल नयाँ मितिमा हुन सक्ने

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) अन्तर्गत तेश्रो दिन सोमबारको दुई वटै खेल टस समेत हुन नपाई स्थगित […]

अफ्रिदी खेल्ने अन्तिम खेल मैदान भिजेको कारण रद्ध

चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल टि-२०) अन्तर्गत सोमबारको पहिलो खेल मैदान भिजेको कारण रद्ध हुन पुगेको छ | हिजो […]

EPL मा आज पनि दुई खेल हुँदै

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) टि-ट्वान्टी अन्तर्गत सोमबार तेश्रो दिन पनि दुई वटा खेलहरु हुनेछन्। दिनको पहिलो […]

हर्षलको ह्याट्रिक, बैंगलोर बिरुद्ध मुम्बईको इतिहासकै कम योगफल

हर्षल पटेलले ह्याट्रिक विकेट लिंदा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सलाई ५४ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो खेलमा हारको शिलशिला […]

EPL : अम्पायरको निर्णयको बिरोध गर्दा विलियम्सलाई कारवाही

काठमाडौँमा जारी चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) को आइतबार सम्पन्न पोखरा राइनोज र भैरहवा ग्ल्याडीएटर्स बीचको खेलमा […]

ईपीएलमा करनको कप्तानी अनुभव “गार्हो नै हुने रैछ “

एभरेस्ट प्रिमीयर लिग अन्तर्गत दोश्रो दिन सम्पन्न लिगको दोश्रो खेलमा चितवन टाइगर्ससंग पराजित भएपछि बिराटनगर वारियर्सका कप्तान करन केसीले आज […]