Kathmandu Cricket Training Center vs Royal Rising Cricket Club
Live Score +
Home - अन्तर्राष्ट्रिय क्रिकेट - कोहलीको शतकमा भारतको क्लिन स्विप, धोनीको बिश्व किर्तिमान

अन्तर्राष्ट्रिय क्रिकेट

कोहलीको शतकमा भारतको क्लिन स्विप, धोनीको बिश्व किर्तिमान

Rajan Shah
Editor
  • विकेटनेपाल ,भदौ १८ – आइतबार 

कप्तान विराट कोहलीले ३० औं एकदिवसीय शतक प्रहार गरेपछि श्रीलंका बिरुद्ध पाचौं एकदिवसीय ६ विकेटले जितेसँगै भारतले सिरिज क्लिन स्विप गरेको छ l

टस जितेर पहिले ब्याटिंग गरेको घरेलु टोलीका लागि पुर्वकप्तान एन्जेलो म्याथ्युज र लाहिरु थिरिमानेले अर्धसतकीय पारि खेलेपनि जित दिलाउन सकेनन् l म्याथ्युजले ९८ बल सामना गर्दै  ५५ रन तथा थिरिमानेले १०२ बल सामना गर्दै ६७ रन बनाए पनि अरु ब्याट्सम्यानहरु चल्न नसक्दा श्रीलंका २३८ रनमा समेटियो l भारतका लागि भुवनेश्वर कुमारले करियरकै उत्कृस्ट बलिंग गर्दै ४२ रन खर्चेर ५ विकेट लिए l

जवाफी ब्याटिंगमा उत्रेको भारतले सुरुका दुईवटा विकेट छिट्टै गुमाए पनि कप्तान विराट कोहलीसँग मिलेर मनिष पाण्डेले ९९ रनको साझेधारी गरेका थिए l त्यसपछि कोहलीले केधार जाधावसँग मिलेर शतकीय साझेधारी गरेपछि भारतले सहज जित हात पारेको हो l मनिष पाण्डेले ५३ बलमा ३६ रन बनाउदा केधार जधावले ७३ बलमा ६३ रन बनाए l

कप्तान कोहलीले ११६ बलको सामना गर्दै ९ चौकाको मद्दतमा अविजित ११० रन बनाए l

४२ रन खर्चेर ५  विकेट लिएका भुवनेश्वर कुमार म्यान अफ द म्याच चुनिए भने सिरिजमा ११.२६ को औसत र ३.९० को ईकोनोमी मा १५ विकेट लिएका जस्प्रित बुम्राह म्यान अफ द सिरिज चुनिए l

कोहलीले तोडे अर्को रेकर्ड

३० औं शतक बनाएसँगै विराट कोहली सबै भन्दा धेरै एकदिवसीय शतक बनाउने खेलाडीको सुचिमा अस्ट्रेलियाका पुर्वकप्तान रिक्की पोंटिंग संगै दोश्रो स्थानमा उक्लिएका छन् l उनि भन्दा अगाडी भारतकै सचिन तेन्दुलकर छन् जसले ४९ शतक बनाएका छन् l

साथै कोहली २०१७ मा १००० एकदिवसीय रन पुरा गर्ने एक्लो खेलाडी बनेका छन् l उनले कुल १८ इनिंगमा ९० भन्दा धेरैको एभरेज र १०३ भन्दा माथिको स्ट्राइक रेटमा १०१७ रन बनाएका छन् l दोश्रो स्थानमा दक्षिण अफ्रिकी टेस्ट कप्तान फाफ डु प्लेसिस रहेका छन् जसले ८१४ रन बनाएका छन् l

उनि लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो २१९ इनिंगमा १०,००० रन बनाउने खेलाडी पनि बनेका छन् l दोश्रो स्थानमा २२५ इनिंग सहित साउथ अफ्रिकी पुर्वकप्तान तथा विराट कोहलीका आइपिएल साथि एबी डी भिल्लियर्स रहेका छन् l

धोनीको शतक

चौथो एक दिवसीयमा ३०० औं खेल खेलका महेन्द्र सिंह धोनीले आज भएको ३०१ औं खेलमा अखिला धनन्जयलाइ युज्वेन्द्र चाहलको बलमा स्टम्पिंग गरेसंगै यो फर्म्याटमा १०० स्टम्पिंग पुरा गर्ने एक्लो खेलाडी बनेका छन् l दोश्रो स्थानमा श्रीलंकाका कुमारा साङ्गाकारा रहेका छन्  जसको नाममा ९९ स्टम्पिंग रहेको छ |

(तस्बिर : आइसीसी )