सोमपाल र सन्दिप आजै ग्लोबल टि-२० लिग खेल्न जाने, नेपाली टिम भोलि फर्किने

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार नेपाल फर्कने भएको छ। टिम व्यवस्थापक रमन शिवाकोटीका अनुसार टिम सोमबार राति १०:३० बजे मलेसियन एअरलाइन्सको बिमानबाट नेपाल अवतरण गर्नेछ।

जुलाई २२ सिंगापुरमा आयोजित प्रतियोगितामा नेपालले तेश्रो स्थान हाँसिल गर्यो र युएईमा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप छनौटमा छनौट हुन असफल रह्यो। प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसंग जिते नेपाललाई सिंगापुरले ८२ रनले पराजित गर्यो। एउटा मात्र टिम अघिल्लो चरण छनौट हुने हुँदा अंकतालिकामा शिर्ष स्थानमा रहँदै सिंगापुर विश्वकप छनौट खेल्न छनौट भयो। प्रतियोगितामा नेपालले कतार र सिंगापुरसंग हार बेहोर्दा मलेसिया र सिंगापुरसंग पराजित हुन पुग्यो।

 सोमपाल र सन्दिप सिंगापुरबाटै क्यानडा प्रस्थान गर्ने 

क्यानडामा अहिले जारि ग्लोबल टि-२० लिग खेल्नको लागि सन्दिप लामिछाने र सोमपाल कामि सिंगापुरबाट आजै राति ८:४५ बजे क्यानडाको टोरोन्टो प्रस्थान गर्ने छन्। उनीहरु भोलि बिहान ८:२५ बजे बिहान टोरोन्टो पुग्नेछन्। दुवै खेलाडी भोलिनै टिममा संलग्न हुनेछन्।

शुक्रबारबाट सुरु भएको ग्लोबल टि-२० लिगको दोश्रो संस्करणमा सोमपाल विन्नीपेग हक्समा तथा सन्दिप टोरोन्टो नेसनल्स टिममा रहेका छन्। सोमपाललाई ३ हजार डलरमा तथा सन्दिपलाई ६० हजार डलरमा ड्राफ्टमा लिईएको थियो। विन्नीपेग हक्सको कप्तान वेस्ट इन्डिज क्रिकेटर रायद इमरितले तथा टोरोन्टो नेसनल्सको भारतीय क्रिकेटर युभराज सिंहले गरिरहेका छन्।

सोमपाल र सन्दिपको टिमको खेल 

सोमपालको टिम विन्नीपेग हक्सले पहिलो खेलमा मोन्टरियल टाइगर्ससंग हार बेहोरीसकेको छ र दोश्रो खेल आज भान्कुभर नाइट्ससंग आज राति १०:१५ बजे खेल्दैछ। यस्तै सन्दिपको टिम टोरोन्टो नेसनल्सले २ खेलमा १ जित र १ हार बेहोरेको छ। टोरोन्टोले तेश्रो खेल जुलाई २९ तारिक सोमबार राती १०:१५ बजे सोमपालको टिम विन्नीपेग हक्ससंग खेल्दैछ।

दुवै खेलाडी भोलि क्यानडा पुग्ने हुँदा भोलि रातिको खेलमा खेल्नको लागि तयार हुनेछन्। सन्दिपले भोलिनै खेल्ने सम्भावना उच्च रहेको छ भने सोमपालले अन्तिम-११ मा मौका पाउनेछन् या छैनन् हेर्न रोचक हुनेछ। सोमपाल पहिलो पटक ठुलो लिग खेल्न छनौट भएका हुन्।

सन्दिपको टिममा युभराज सिंह लगायत ब्रेण्डन म्याकलम, काइरन पोलार्ड, मिचेल म्याक्लेनघन जस्ता खेलाडीहरु रहेका छन्। सोमपालको टिममा जेपी डुमिनि, ड्वेन ब्राभो, ड्वेन स्मिथ, उमर अकमल, क्रिस लिन जस्ता खेलाडीहरु रहेका छन्।

Toronto Nationals Squad Yuvraj Singh (c), Brendon McCullum, Kieron Pollard, Manpreet Gony, Calum MacLeod, Mitchell McClenaghan, Jeremy Gordon, Salman Nazar, Chirag Suri, Chris Green, Heinrich Klaasen (wk), Sandeep Lamichhane, Ghulam Shabber (wk), Ravinderpal Singh, Rodrigo Thomas, Mark Montfort

Winnipeg Hawks Squad Jean-Paul Duminy, Dwayne Bravo, Dwayne Smith, Rayad Emrit (c), Sunny Sohal, Umar Akmal, Hamza Tariq (wk), Chris Lynn, Najibullah Zadran, Paul van Meekeren, Shaiman Anwar, Sompal Kami, Rameez Shahzad, Umair Ghani, Romesh Eranga, Varun Sehdev, Kaleem Sana

टोरोन्टो नेसनलको बाँकी खेलहरु :- 

जुलाई २९ – बिरुद्ध विन्नीपेग हक्स ( राति १०:१५ बजे )
अगस्ट ३ – बिरुद्ध ब्राम्पटन वुल्भ्स ( राति १०:१५ बजे )
अगस्ट ४ – बिरुद्ध मोन्टरियल टाइगर्स ( राति २:१५ बजे )

विन्नीपेग हक्सको बाँकी खेलहरु :- 

जुलाई २८ – बिरुद्ध भानकुभर नाइट्स ( राति १०:१५ बजे )
जुलाई २९ – बिरुद्ध टोरोन्टो नेसनल्स ( राति १०:१५ बजे )
अगस्ट १ – बिरुद्ध ब्राम्पटन वुल्भ्स ( राति १०:१५ बजे )
अगस्ट ३ – बिरुद्ध एडमोन्टोन रोयल्स ( राति २:१५ बजे )