टि-१० लिग : दोश्रो खेलमा सोमपालको महँगो ओभर, बोपराले हिर्काए लगातार ३ चौका



युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत नेपाली खेलाडी सोमपाल कामि आबद्ध टिम मराठा अरबियन्स दोश्रो खेलमा दिल्ली बुल्ससंग पराजित भएको छ।

शेख जायद स्टेडीयम, अबुधाबीमा सम्पन्न खेलमा मराठाले दिएको ८८ रनको लक्ष्य दिल्लीले मात्र १ विकेट गुमाएर ५ ओभरमै भेटायो। दिल्लीको लागि ओपनर इभिन लुइसले १६ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै अविजित ५५ रन बनाए। यस्तै रभी बोपाराले १२ बलमा ५ चौका मद्दतले २८ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ८७ रन बनाएको थियो। उसको लागि कप्तान मोसद्देक हुसेनले सर्वाधिक ३५ रन तथा जाभेद अहमदीले २४ रन बनाए। दिल्लीका बलर अमद बट, फिडेल एडवार्ड्स र अलि खानले १/१ विकेट लिए।

सोमपालको महँगो ओभर 

इनिंग्सको दोश्रो ओभरमा बलिंग गर्न आएका सोमपाल निकै महँगो सावित भए। ओभरको पहिलो ३ बलमा इंग्ल्यान्ड राष्ट्रिय क्रिकेटर रहीसकेका रभी बोपाराले लगातार चौका प्रहार गरे। चौथो बलमा सोमपालले रन दिएनन्। तर पाँचौ बलमा बोपाराले पुनः चौका हिर्काएर चौका संख्या ४ पुर्याए। अन्तिम बलमा सोमपालले १ रन दिए। ओभरमा सोमपालले १७ रन खर्चिए।

अघिल्लो खेलमा सोमपालले नर्थर्न  वारियर्स बिरुद्ध २ ओभर बलिंग गर्ने क्रममा सोमपालले २८ रन खर्चिएका थिए।

मराठाले लिगमा आगामी खेल शनिबार राति ५:४५ बजे बंगला टाइगर्स बिरुद्ध खेल्नेछ।





थप समाचार

एलपीएलको अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प धनगढी

धनगढीमा आयोजना हुन गइरहेको विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६)को अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प प्रा.लि.धनगढी रहने […]

शाहिन अफ्रिदी आईसीसी वर्ष पुरुष क्रिकेटर २०२१ घोषित, कसले जिते के अवार्ड

पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी सर गारफिल्ड सोबर्स आईसीसीको वर्ष पुरुष क्रिकेटर घोषित भएका छन्। अफ्रिदीले वर्ष २०२१ मा […]

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]