स्पोर्ट्स अवार्डमा क्रिकेटको वर्चस्व, पारस उत्कृस्ट पुरुष बर्ष खेलाडी



  • विकेटनेपाल, जेठ ३ – बिहिबार

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पारस खड्का पुरुष तर्फ बर्षकै उत्कृस्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मन्चको आयोजनामा काठमाण्डौमा आज सम्पन्न अवार्ड समारोहमा पारस बर्ष उत्कृस्ट खेलाडी घोषित भएका हुन् ।

उत्कृस्ट बर्ष खेलाडी तर्फको मनोनयनमा रहेका युवा लेग स्पिनर सन्दिप लामिछाने, ब्याडमिन्टनका दिपेश धामी, जुडोका झन् बहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्कीलाइ पछि पार्दै पारसले अवार्ड हात पारेका हुन् । महिला तर्फको उत्कृस्ट खेलाडीभने ब्याडमिन्टनकि शोभा गौचन घोषित भइन् ।

पारसको नेतृत्वमा नेपाली टोलिले लगातार एक माथि अर्को सफलता हात पारिरहेको छ । यस बर्ष नामिबियामा सम्पन्न आइसिस विश्व क्रिकेट लिग डिभिजन -२ मा नेपाली टोलि उपविजेता बन्दा पारस खड्काले फाइनलमा युएई बिरुद्ध शतक समेत बनाएका थिए । जिम्बाबेमा सम्पन्न एक दिवसीय विश्वकप क्वालिफायारमा हंगकंग र पपुवा न्यू गिनिलाई पराजित गर्दै नेपाले पहिलो पटक एक दिवसीय मान्यता प्राप्त गर्दा समेत पारसले ठुलो भूमिका खेलेका थिए ।

सन्दिप बने उत्कृस्ट युवा खेलाडी :

१७ बर्षीय स्टार लेग स्पिनर सन्दिप लामिछाने बर्षको उत्कृस्ट युवा खेलाडी बनेका छन् । केहि दिन अघि मात्र इण्डियन प्रिमियर लिगमा डेब्यु गरेका सन्दिप वेस्ट इन्डिज बिरुद्द लर्ड्स मैदानमा हुने टि-२० खेलका लागि आइसीसी विश्व – ११ मा समेत परेका छन् । क्यारेबियन प्रिमियर लिग र आइपिएल क्रिकेटमा सहभागिता जनाउने पहिलो नेपाली क्रिकेटर बनिसकेका सन्दिप, केहि महिनाअघि सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा प्रतियोगिताकै उत्कृस्ट खेलाडी समेत घोषित भएका थिए । सन्दीपले यस विधा तर्फ क्रिकेटकै दिपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ र बक्सिङकि पुनम रावललाई पछी पारेका हुन् ।

यतिबेला भारतमा चलिरहेको इण्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सको टोलिमा रहेका सन्दिपभने अवार्ड समारोहमा अनुपस्थित थिए । सन्दीपको टोलिले शुक्रवार चेन्नाई सुपरकिंग्स बिरुद्द खेल्दै छ ।

 

जगत टमाट उत्कृस्ट प्रशिक्षक , करन केसीलाई स्पेसल अवार्ड :

बर्ष उत्कृस्ट प्रशिक्षकको अवार्डभने नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक जगत टमाटाले हात पारेका छन् । टमाटाले यस विधाको मनोनयनमा परेका क्रिकेटकै बिनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापा मगरलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

टमाटाको प्रशिक्षणमा नेपाली क्रिकेट टोलिले एक दिवसीय मान्यता प्राप्त गर्न सफल भएको थियो । यस्तै एक दिवसीय विश्वकप क्वालिफायर अघि सम्पन्न डिभिजन – २ को उपविजेता बन्दा समेत नेपाली टोलिका प्रशिक्षक टमाटा नै थिए ।

यस्तै क्रिकेटर करन केसीभने स्पेसल अवार्डबाट सम्मानित भएका छन् । आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत क्यानडा बिरुद्दको अतिनै महत्वपूर्ण खेलमा असामान्य प्रदर्शन गर्दै करनले नेपाललाई खेल जिताएका थिए । जितको लागि ५१ रन आवस्यक भएको बेला करन केसीले अविजित ४२ रनको इनिंग खेलेकाथिए जुन क्रममा मात्र ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस जितकै फलस्वरूप नेपालले विश्वकप छनौट खेल्ने मौका प्राप्त गरेको थियो ।





थप समाचार

हसन चम्कदा एक खेल अगावै बंगलादेशलाई सिरिज

बंगलादेश र वेस्ट इन्डिजबीच जारि ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा घरेलु टोलि बंगलादेशले ७ विकेटको सहज […]

प्रम कप : बागमतीको लगातार तेश्रो जित, पृथुको उत्कृस्ट लय

प्रदेश नम्बर-२ लाई ६ विकेटले पराजित गर्दै बागमती प्रदेशले काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार तेश्रो जित दर्ता […]

बिग ब्यास : सन्दिपको राम्रो प्रदर्शनका बाबजुद होबार्टको हार

अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत ४७ औं खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध होबार्ट हरिकेन्सलाई पर्थ स्करचर्सले २२ रनले […]

राजस्थान रोयल्सद्वारा रोबिन उथप्पा चेन्नाईलाई ट्रेड

आईपीएल टिम राजस्थान रोयल्सले आफ्नो ब्याट्सम्यान रोबिन उथप्पालाई चेन्नाई सुपर किंग्समा ट्रेड गरेको छ। आईपीएल २०१४ को अरेन्ज क्याप विजेता […]

डेब्युमै गुर्बजले कीर्तिमान बनाउदा अफगानिस्तानद्वारा आयरल्याण्ड पराजित

पहिलो एकदिवसीयमा आयरल्याण्डमाथि १६ रनको जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (युएई) मा जारि ३ खेलको एकदिवसीय शृंखलामा अफगानिस्तानले अग्रता लिएको […]

टि-१० लिगमा सहभागी हुन नेपाली खेलाडीहरु युएई प्रस्थान, कहिले छ खेल

जनवरी २८ तारिख देखि फेब्रुअरी ६ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको अबु धाबीमा आयोजना हुने अबु धाबी टि-१० लिगमा सहभागी हुन […]