IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा



पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले आईपीएल १४ मा पहिलो जित दर्ता गरेको छ। चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा पन्जाबले दिएको १२१ रनको लक्ष्य हैदरावादले १ विकेट गुमाएर १८.४ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा हैदरावादका ओपनर डेभिड वार्नर र जोनी बेयरस्टोले ७३ रनको ओपनिंग साझेदारी गरे। वार्नर ३७ रन बनाएर आउट भएपछि बेयरस्टो र विलियमसनले टिमलाई जितसम्म पुर्याए।

बेयरस्टोले अविजित ६३ रन बनाए जुन क्रममा ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। विलीयमसनले अविजित १६ रन बनाए।

पन्जाबको लागि एक मात्र विकेट फाबीयन एलेनले लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पन्जाबले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२० रन बनाएको थियो।

पन्जाबको लागि मायाँक अग्रवाल र शाहरुख खानले सर्वाधिक २२ रन, क्रिस गेलले १५ रन, मोईसेस हेनरिक्सले १४ रन तथा दिपक हुडाले १३ रन योगदान दिए। कप्तान केएल राहुल ४ रन बनाएर आउट भए भने निकोलस पुरनले खाता खोल्न सकेनन्।

हैदरावादको बलिंगमा खलिल एहमदले सर्वाधिक ३ विकेट ( ४-०-२१-३ ) तथा अभिसहेक शर्माले २ विकेट ( ४-०-२४-२ ) लिए। भुवनेश्वर कुमार, सिद्धार्थ कौल र राशिद खानले समान १ विकेट लिए।

लिगमा चौथो खेल खेल्दा हैदरावादको यो पहिलो जित हो भने समान खेल खेल्दा पन्जाबको तेश्रो हार हो। हार पछि पन्जाब अंकतालिकाको पुछारमा पुगेको छ भने हैदरावाद पाँचौ स्थानमा उक्लेको छ। समान २ अंक रहेता पनि कोलकाता, राजस्थान र पन्जाब नेट रन रेटमा पछि रहँदै छैठौं, सातौँ र आठौँ स्थानमा रहेका छन्।

लिग अन्तर्गत आजको दोश्रो खेलमा कोलकाता र चेन्नाई प्रतिस्पर्धा गर्दैछन्।

यो पनि पढ्नुस 

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल





थप समाचार

कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा, कसरि गर्ने भोट

नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद […]

आईपीएल अनिश्चितकालको लागि स्थगित

बढ्दो कोभीड-१९ केसहरुका कारण भारतमा जारि इन्डीएन प्रिमीयर लिग ( आईपीएल ) को १४ औं संस्करण अनिश्चित समयको लागि स्थगित […]

आईपीएलमा कोरोना प्रभाव, कोलकाता र बैंगलोरको खेल आज नहुने

भारतमा जारी १४ औं सिजनको इन्डीयन प्रिमियर लिगको सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स बीचको खेल सर्ने […]

“बन्द कोठा भित्र पक्कै केहि हुँदैछ” वार्नरलाई हटाइएको विषयमा स्टेनको कडा टिप्पणी

सनराइजर्स हैदरावादको अन्तिम-११ बाट डेभिड वार्नरलाई हटाउने निर्णय धेरै फ्यान र एक्स्पर्टहरुलाई समेत चित्त बुझेको छैन। वार्नरबारे धेरैले विभन्न थरि […]

विलियमसनले बताए ११ ओभरमै राशिदको स्पेल सक्नुको कारण

आइतबार कप्तानी परिवर्तन गर्ने सनराइजर्स हैदरावादको निर्णयले टिमको भाग्य परिवर्तन गर्न सकेन। वार्नरको स्थानमा केन विलियमसन कप्तानीको हैदरावाद राजस्थान रोयल्ससंग […]

IPL : पन्जाबलाई हराउदै दिल्ली शिर्षमा, धवनको उत्कृस्ट ब्याटिंग

पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सम्पन्न लिगको […]