Home - अन्तर्राष्ट्रिय क्रिकेट - आईपीएल - रोमान्चक खेलमा मुम्बईमाथि हैदराबादको अन्तिम बलमा जित

आईपीएल

रोमान्चक खेलमा मुम्बईमाथि हैदराबादको अन्तिम बलमा जित

Wicketnepal Staff
Editor
  •  
  •  
  •  
  •  
  •  
  •  

  • विकेटनेपाल, चैत्र ३० – शुक्रबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई अन्तिम बलमा १ विकेटले पराजित गर्दै प्रतियोगिताको लगातार दोश्रो जित दर्ता गरेको छ । मुम्बई  को भने यो लगातार दोश्रो हार हो, उसले दुबै खेल १ विकेटले गुमाएको छ ।

मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको हैदराबादले उत्कृस्ट सुरुवात गरेको थियो । उसका लागि रिद्धिमान शाहले  २२ रन तथा आक्रामक खेलेका शिखर धवनले ४५ रन (२८ बल, ८ चौका) बनाउंदै पहिलो विकेटको लागि ६२ रनको साझेदारी गरेका थिए । तर त्यसपछि मुम्बईका २० बर्षीय लेग स्पिनर मयंक मर्काण्डे  ले मात्र २३ रन खर्चेर ४ विकेट, मुस्ताफिजुर रहमानले २४ रन खर्चेर ३ विकेट तथा जस्प्रित बुम्राहले २ विकेट लिएपछि हैदराबादको मध्यक्रम ध्वस्त भयो ।

धवन र शाहले ६२ रनको साझेदारी गरेका थिए

कुनै समय १३७/९ को अवस्थामा रहेको हैदराबादलाई जितको लागि अन्तिम ओभरमा ११ रनको आबश्यकता थियो तर बलिंग गर्न आएका बेन कटिंगलाई दिपक हुडाले पहिलो बलमा नै छक्का प्रहार गरे भने अन्तिम बलमा बिल्ली स्टेनलेकले चौका प्रहार गर्दै खेल जिताए । हुडाले अविजित ३२ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि ओपनर ईभान   लुइसले २९ रन (१७ बल, ३ चौका, २ छक्का), किरन पोलार्ड र सूर्यकुमार यादवले समान २८ रन बनाएका थिए ।

इभान लुइसको विकेट लिएपछि खुसि मनाउंदै सिद्धार्थ कौल

किफायती बलिंग गरेका हैदराबादका राशिद खानले १ विकेट लिन ४ ओभरमा मात्र १३ रन खर्चे भने सन्दिप शर्मा, बिल्ली स्टेनलेक र सिद्धार्थ कौलले उत्कृस्ट बलिंग गर्दै समान २/२ विकेट लिएर आफ्ना महत्त्वपूर्ण उपकप्तान भुवनेश्वर कुमारको अनुपस्थिति महशुस हुन दिएनन् । यस्तै साकिब अल हसनले पनि एक विकेट लिए । राशिद खान म्यान अफ द म्याच घोषित भए ।


  •  
  •  
  •  
  •  
  •  
  •