हैदरावादको विजय यात्रामा दिल्ली बन्न सक्ला तगारो ? दुवै टिमको सम्भावित-११



आईपीएल २०२० अन्तर्गत दोश्रो क्वालीफायरमा फाइनलमा मुम्बईसंगको भेट पक्का गर्नको लागि आइतबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्। शेख जायद स्टेडियम, अबुधाबीमा ७:४५ बजे राति खेल सुरु हुनेछ।

हैदरावादले इलिमीनेटरमा शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरको यात्रा समाप्त गर्दै क्वालीफायरमा दिल्लीसंगको भेट पक्का गरेको थियो। दिल्लीले पहिलो क्वालीफायरमा मुम्बईसंग पराजित भएपछि फाइनल पुग्ने दोश्रो मौका पाएको हो। दिल्ली हालसम्म आईपीएलको फाइनल प्रवेश गर्न सकेको छैन भने हैदरावादले यस अघि २ पटक फाइनल खेलीसकेको छ। आज हैदरावादलाई पराजित गर्न सके दिल्लीले पहिलो पटक फाइनल यात्रा गर्नेछ।

दिल्लीको चिन्ता 

हैदरावादलाई दिल्लीले यो सिजन पराजित गर्न सकेको छैन। लिगको सुरुवाती ९ खेल मध्ये ७ खेलमा जित दर्ता गरेको दिल्लीले त्यसपछि लगातार ४ खेलमा हार बेहोरेको थियो। बैंगलोरलाई अन्तिम लिग म्याचमा पराजित गर्दै प्लेअफ छनौट भएको दिल्लीले क्वालीफायरमा मुम्बईसंग पुनः कमजोर प्रदर्शन गर्यो।

सुरुवातमा सन्तुलित देखिएपछि अन्तिम समयमा दिल्ली टिमले सहि अन्तिम-११ चयन गर्न सकेको छैन। खराब लयमा रहेका ड्यानियल स्याम्स ३ खेलमा विकेटविहिन रहेका छन् जसलाई टिमले निरन्तरता नदिने सम्भावना छ। स्याम्स नखेल्दा टिममा आक्रामक ब्याटिंग गर्न सक्ने शिमरन हेटमायरको आगमन हुनसक्छ। हेटमायर आउदा फर्ममा नरहेका पृथ्वी शलाई हटाउन सक्छ भने पेसर हर्षल पटेल आउन सक्छन्। अथवा पृथ्वीलाईनै विश्वास गरेर रहानेलाई बाहिर राखिनेछ त्यो हेर्न रोचक हुनेछ।

स्याम्सलाई बाहिर राख्दा दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई पहिलो पटक मौका देला भन्ने आशा पनि गरिएको छ। तर सिजनमा ३ जना स्पिनर लिएर दिल्लीले अहिलेसम्म खेलेको छैन। महत्वपूर्ण खेलमा दिल्लीले ३ स्पिनर लिएर खेलेर रणनीति परिवर्तन गर्छ या गर्दैन हेर्न लायक हुनेछ। अबुधाबीको पिच सुस्त हुँदा सन्दिपले त्यसको फाइदा उठाउन सक्नेछन्।

प्रमुख खेलाडीहरुको प्रदर्शन खस्किदा दिल्ली चिन्तित छ

प्रमुख खेलाडीहरुको कमजोर प्रदर्शन दिल्लीको चिन्ताको करण बनेको छ। लिगमा उत्कृस्ट प्रदर्शन गरेका कागीसो रबाडा पछिल्लो ४ मध्ये ३ खेलमा विकेटविहिन रहेका छन्। २ शतक बनाएका शिखर धवनले पछिल्लो ५ खेलमा मात्र १ अर्धशतक मद्दतले ६० रन बनाएका छन् जसमध्ये ३ खेलमा उनले खाता खोल्न सकेका थिएनन्। पृथ्वी श, रिशभ पन्त, श्रेयस ऐयरको ब्याट शान्त छ। भेट्रान स्पिनर रभीचन्द्रन आश्विन, पेसर एनरिक नोर्किया, अलराउण्डर मार्कस स्टोइनिसको लयले टिम आशावादी छ।

हैदरावादको शानदार लय 

हैदरावाद पहिलो ९ खेलमा मात्र ३ जित बेहोर्दै अंकतालिकामा सातौँ स्थानमा थियो। तर त्यसपछि दिल्ली बिरुद्ध सहित लगातार ४ खेलमा जित दर्ता गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हैदरावादले इलिमीनेटरमा बैंगलोरलाई हराउन ठुलो संघर्ष गर्नु परेन। सहि समयमा लय पाएको वार्नर कप्तानीको टिमले त्यस्तो अन्तिम-११ पाएको छ जसले आफ्नो जिम्मेवारी बुझेका छन् र निभाएका पनि छन्। टिमको बलरहरुले उत्कृस्ट प्रदर्शन गर्दै अन्तिम-६ खेलमा १५० भन्दा बढी रन खर्चेका छैनन्। राशिद खान, जेसन होल्डर, टि नटराजन, सन्दिप शर्मा जस्ता बलरहरु शानदार लयमा रहेका छन्। इलिमीनेटरमा विलियमसनको इनिंगले टिममा आत्मविश्वास बढेको छ भने वार्नर पनि राम्रो लयमा छन्।

प्रदर्शन उत्कृस्ट रहेता पनि टिमको ब्याटिंग क्रम भने मजबुत देखिदैन। जेसंन होल्डरले राम्रो प्रदर्शन गरेता पनि मध्यक्रममा धेरै भरपर्दा ब्याट्सम्यानहरु छैनन्। रिद्दिमान शाह नखेल्दा ब्याटिंग अझ कमजोर देखिएको छ जसको झल्को बैंगलोरसंगको खेलमा पनि देखिएको थियो। टिममा छैठौं बलरको कमि पनि देखिन्छ। कुनै एक बलरले नराम्रो प्रदर्शन गरेमा त्यसलाई भरपाई गर्नसकेन बलरको कमि देखिन्छ। हैदरावादको यो कमजोरीमा दिल्लीले प्रहार गर्न सक्छ या सक्दैन हेर्न लायक हुनेछ।

हैदरावाद शानदार लयमा छ जसले पछिल्लो ४ खेलमा लगातार जित दर्ता गरेको छ

इन्जुरी अपडेट : घाइते भएका कारण इलिमीनेटर खेल्न नसकेका हैदरावादका विकेटकिपर ब्याट्सम्यान रिद्दिमान साहा खेल्ने नखेल्ने निश्चित छैन। अलराउण्डर विजय शंकर पनि ह्याम्सट्रिन्ग इन्जुरीका कारण उपलब्ध हुनेछैनन्।

पछिल्लो भेट : हैदरावादले दुवै भेटमा दिल्लीलाई सहजै पराजित गरेको थियो। अबुधाबीको पहिलो भेटमा वार्नर, बेयरस्टो र विलियमसनको इनिंग मद्दतले हैदरावादले १६२/४ को योगफल तयार गरेको थियो। राशिद खानले १४ रन खर्चेर ३ विकेट लिंदा दिल्लीले १५ रनको हार बेहोरेको थियो।

दोश्रो भेटमा हैदरावादले जित्ने पर्ने खेलमा दिल्लीलाई ८८ रनले पराजित गरेको थियो। रिद्दीमान साहा ( ८७ ) र डेभिड वार्नर ( ६६ ) ले उत्कृस्ट ब्याटिंग गर्दा टिमले २१९/२ को विशाल योगफल तयार गरेक थियो। जवाफमा दिल्लीले १३१ रन मात्र बनाउन सकेको थियो। राशिद खानले मात्र ७ रन खर्चेर ३ विकेट लिएका थिए।

सम्भावित ११ 

दिल्ली क्यापिटल्स : शिखर धवन, अजिंक्य रहाने, श्रेयस ऐयर ( कप्तान ) , शिमरन हेटमायर, रिशभ पन्त ( विकेटकिपर ) , मार्कस स्टोइनिस, हर्षल पटेल, अक्षर पटेल, कागीसो रबाडा, रभीचन्द्रन आश्विन, एनरिक नोर्किया

सनराइजर्स हैदरावाद : डेभिड वार्नर ( कप्तान ) , श्रिभत्स गोस्वामी ( विकेटकिपर ) , मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, जेसन होल्डर , अब्दुल समद, राशिद खान, शाहबाज नदीम, सन्दिप शर्मा, टि नटराजन

रोचक तथ्य 

– दिल्ली हालसम्म आईपीएलको फाइनल पुग्न सकेको छैन। हैदरावाद २०१६ र २०१८ मा फाइनल पुगेको थियो जसमध्ये २०१६ मा बैंगलोरलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो।

– अबु धाबी मैदानमा दोश्रो ब्याटिंग गर्ने टिमले ९ मध्ये ८ खेल जितेको छ

– अन्तिम ८ इनिंगमा पृथ्वी शले मात्र ४९ रन बनाएका छन् जुन क्रममा ३ पटक शून्यमा आउट भएका छन्। सिजनमा १३ खेलमा उनले ८ पटक दोहोरो अंकमा रन बनाउन सकेका छैनन्

– यो सिजन १०० बल भन्दा बढी बल खेल्ने ब्याट्सम्यानमा ग्लेन म्याक्सवेल ( १०१.८८ ) पछि अजिंके रहाने ( १०७.७६ ) र रिशभ पन्त ( १०९.६१ ) को सबैभन्दा कम स्ट्राइक रेट रहेको छ

– डेभिड वार्नरले अन्तिम ६ आईपीएल सिजनमा ५०० भन्दा बढी रन बनाएका छन्। सबै सिजनमा उनले ४० भन्दा बढी औशत र १३५ भन्दा बढीको स्ट्राइक रेटले रन बनाएका छन्

– दिल्लीले ७ प्लेअफ/नकआउट मध्ये ६ खेलमा हार बेहोरेको छ। दिल्लीको एक मात्र जित गत वर्ष हैदरावाद बिरुद्ध इलिमीनेटरमा रहेको थियो जतिबेला दिल्ली २ विकेटले विजयी भएको थियो

( श्रोत – क्रिक्इन्फो )

कप्तान आजमको उत्कृष्ट पारीमा पाकिस्तानको सहज जित

क्यान बैठक : सम्झौता अवधि घटाउदै सच्याइयो खेलाडी वर्गीकरण, के-के भए अन्य निर्णयहरु

गम्भिरद्वारा कोहलीको कडा आलोचना ‘८ वर्ष ट्रफी बिना लामो समय हो’

“केन हाम्रो ब्यांकर हुन्” वार्नर



थप समाचार

प्रतिस्पर्धात्मक तेश्रो वानडेमा भारतद्वारा अस्ट्रेलिया पराजित

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तेश्रो एकदिवसीयमा भारतले १३ रनको जित दर्ता गरेको छ। यस अघि २ खेलमा पराजित हुँदै सिरिज […]

मलानले रचे इतिहास, टि-२० वरियतामा इतिहासकै उच्च अंक हाँसिल

दक्षिण अफ्रीका बिरुद्ध ३-० ले सिरिज जित दर्ता गर्ने क्रममा कुल १७३ रन बनाएका इंग्ल्यान्ड ब्याट्सम्यान दविड मलानले अन्तर्राष्ट्रिय क्रिकेट […]

पान्ड्या र जडेजाले कीर्तिमानी साझेदारी गर्दा भारतद्वारा अस्ट्रेलियालाई ३०३ रनको लक्ष्य

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत एकदिवसीय सिरिजको तेश्रो तथा अन्तिम एकदिवसीय मेनुका ओभल, क्यानबेर्रामा जारि रहेको छ। सिरिज यस अघिनै अस्ट्रेलियाले […]

क्यानद्वारा पूर्वकप्तान कर्माचार्य छनोट समितिको संयोजक नियुक्त

नेपाल क्रिकेट संघ ( क्यान ) को कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्यलाई संयोजक चयन गर्दै […]

कोहलीले तोडे तेन्दुलकरको कीर्तिमान

अष्ट्रेलिया र भारतबीच ३ खेलको एकदिवसीय अन्तराष्ट्रिय शृंखला अन्तर्गत क्यानवेरा स्थित मानुका ओवल क्रिकेट स्टेडियममा तेस्रो तथा अन्तिम खेल जारि […]

एलपीएल : परेराको अर्को आक्रामक इनिंग, जाफ्नाको विजय यात्रा कायमै

लंका प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न २ वटा खेलमा दाम्बुला भाइकिंग र जाफ्ना स्टालियन्स विजयी भएका छन्। महिन्दा राजापाक्षे स्टेडियममा […]