IPl : कोलकाताको अनुशासित बलिंग, हैदरावादले बनायो १४२



युएईमा जारि १३ औं आईपीएल अन्तर्गत आठौँ खेलमा दिनेश कार्तिक कप्तानीको कोलकाता नाइट राइडर्स र डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गरिरहेका छन्। दुवै टिमको यो दोश्रो खेल हो।

शेख जायद स्टेडीयम अबुधाबीमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाएको छ।

सुस्त सुरुवात गरेको हैदरावादका ओपनर जोनी बेयरस्टो १० बलमा ५ रन बनाएर चौथो ओभरमा प्याट कमिन्सबाट बोल्ड भए। त्यसपछि ३० बलमा ३६ रन ( २ चौका र १ छक्का ) बनाएर कप्तान वार्नर १० औं ओभरमा वरुण चक्रवर्तीबाट ‘कट एण्ड बोल्ड’ आउट भए।

मनिष पाण्डेले अर्धशतक बनाए

५९/२ को अवस्थाबाट तेश्रो विकेटको लागि मनिष पाण्डे र रिद्दिमान शाहले ६२ रनको साझेदारी गरे। १८ औं ओभरमा आन्द्रे रसेलले मनिष पाण्डेलाई ‘कट एण्ड बोल्ड’ आउट गरे। पाण्डेले ३९ बलमा ३ चौका र २ छक्का मद्दतले ५१ रन बनाए। अन्तिम ओभरमा रिद्दिमान शाह रन आउट भए जसले ३० बलमा ३१ रन ( १ चौका र १ छक्का ) बनाए। अन्तिममा मोहम्माब नाबीले ८ बलमा २ चौका मद्दतले अविजित ११ रन बनाए।

पावरप्लेको ६ ओभरमा हैदरावादले ४० रन तथा अन्तिम ५ ओभरमा ४३ रन मात्र बनाउन सक्यो। हैदरावादले ७ जना बलरहरु प्रयोग गरेको थियो।

कोलकाताको बलिंगमा प्याट कमिन्स ( ४-०-१९-१) , वरुण चक्रवर्ती ( ४-०-२५-१ ) र आन्द्रे रसेलले ( २-०-१६-१ ) समान १ विकेट लिए। सुनिल नारायण ( ४-०-३१-० ) , शिभम माभी ( २-०-१५-० ) , कुलदिप यादव ( २-०-१५-० ) र कमलेश नगरकोटी ( २-०-१७-० ) विकेटविहिन रहे।

खेलमा हैदरावादले घाइते भएर प्रतियोगिताबाट बाहिरिएका शन मार्शको सट्टा अफगानि अलराउण्डर मोहम्मद नाबीलाई मौका दिएको छ। यस्तै विजय शंकरको सट्टा रिद्दिमान शाहलाई मौका दिईएको छ।कोलकाताले कमलेश नगरकोटी र रिद्दिमान शाहलाई डेब्युको मौका दिएको छ भने सन्दिप शर्मा र विजय शंकरलाई बाहिर राखेको छ।

लिग अन्तर्गत पछिल्लो खेलमा हैदरावाद बैंगलोरसंग १० रनले तथा कोलकाता मुम्बईसंग ४९ रनले पराजित भएको थियो।

क्यान ‘डीआरएस’ प्लिज

चेन्नाईको संघर्षको पछाडी रैनाको अभाव, प्रशिक्षक फ्लेमिंगले स्वीकारे

जितपछि दिल्ली कप्तानले यी खेलाडीहरुलाई दिए श्रेय, धोनीले भने-“खराब खेल रह्यो”

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?





थप समाचार

आयरल्याण्डविरुद्धको एकदिवसीय शृंखलामा अफगानिस्तानको ‘क्लिन स्विप’

अफगानिस्तान र आयरल्याण्डबीच जारि ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत मंगलबार सम्पन्न अन्तिम तथा तेस्रो खेलमा ३६ रनको सहज जित दर्ता […]

६ राष्ट्रिय क्रिकेटरलाई ‘क्रिकेट बजार’ द्वारा खेल सामग्री प्रयोजन

क्रिकेट सामग्री उत्पादन गर्ने ‘क्रिकेट बजार’ ले बिभिन्न ६ जना राष्ट्रिय क्रिकेटरहरुलाई खेल सामग्री प्रयोजन गरेको छ। राष्ट्रिय क्रिकेटरहरु मेहबुब […]

राष्ट्रिय क्रिकेट टिमले कतारमा मैत्रीपूर्ण टि-२० प्रतियोगिता खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले फेब्रुवरी ९ देखि १२ तारिख सम्म ( माघ २७ देखि ३० गते ) कतारमा मैत्रीपूर्ण टि-२० […]

बिग ब्यास : मेलबर्न बिरुद्ध सन्दिप विकेटविहिन

बिग ब्यास लिग अन्तर्गत सिजनको सातौँ खेलमा मेलबर्न रेनेगेड्स बिरुद्ध होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने विकेटविहिन […]

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]