भारतको आगामी अस्ट्रेलिया टुरको लागि घोषित गरेको टेस्ट, वानडे र टि२० टिममा रोहित शर्मालाई नराखिएकोमा अधिकाँशले आश्चर्यजनक प्रतिक्रिया दिएका छन्। सिमित ओभर टिमका उपकप्तान तथा टेस्ट ओपनर रोहितलाई तिन वटै टिममा राखिएको छैन। रोहितको स्थानमा सिमित ओभर टिमको उपकप्तानी रोहितको स्थानमा केएल राहुललाई दिईएको छ। फिट नभएका कारण जारि आईपीएल अन्तर्गत रोहित अन्तिम-२ खेल खेल्न सकेका छैनन्। त्यसैलाई भारतीय क्रिकेट बोर्डले आधार मान्दै “रोहित शर्मा र इशान्त शर्माको बोर्डको मेडिकल टिमले सुधारको निगरानी गर्ने छ” भन्दै बिज्ञप्ति जारि गरेको छ।
परिस्थितिलाई अझ विवादित बनाउने काम मुम्बई इन्डीएन्सले मंगलबार जारि गरेको भिडियोले गर्यो। टिमले २ वटा ट्वीट पोस्ट गर्दै रोहित शर्माले नेटमा ब्याटिंग गरेको भिडियो र फोटो सार्वजनिक गरेको छ। भिडियो टिम घोषणा गरेको केहि समय पछि जारि गरिएको थियो जहाँ रोहित शर्मा पूर्णत फिट देखिएका छन्।
4️⃣5️⃣ seconds of RO 4️⃣5️⃣ in full flow!🔥#OneFamily #MumbaiIndians #MI #Dream11IPL @ImRo45 pic.twitter.com/65ajVQcEKc
— Mumbai Indians (@mipaltan) October 26, 2020
Just what we love to see! Hitman in action at today’s training 😍#OneFamily #MumbaiIndians #MI #Dream11IPL @ImRo45 pic.twitter.com/FBYIyhtcOW
— Mumbai Indians (@mipaltan) October 26, 2020
भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा भेट्रान कमेन्टेटर सुनिल गावस्करले रोहितलाई टिममा समाबेश नगर्नु पछाडीको कारण खुलाउन माग गरेका छन्। गावस्करले पन्जाब र कोलकाता बीचको खेल पछि स्टार स्पोर्ट्ससंगको कुराकानीको क्रममा यस्तो माग गरेका हुन्।
“हामि टेस्ट म्याचको कुरा गरिरहेका छौँ जुन डेढ महिना पछि रहेको छ।”
“जब उनि मुम्बईको लागि नेटमा अभ्यास गरिरहेका छन् भने इमान्दारिताका साथ भन्छु, मलाई थाहा छैन यो कस्तो खालको घाइते हो ? मलाई लाग्छ, पारदर्शीता चाहिन्छ, वास्तविकता के हो बताउनु पर्छ जसले गर्दा सबैले उनको समस्या थाहा पाउनेछन्।” उनले थपे।
गावस्करले किंग्स-११ पन्जाबका ओपनर मायाँक अग्रवाल जसले अन्तिम २ खेल खेलेका थिएनन् उनलाई सबै तिन फर्म्याटको टिममा राखिएको कुरालाई प्रसंगमा जोडे –
“सबैभन्दा धेरै, भारतीय क्रिकेट फ्यानहरुले थाहा पाउने हक छ। हो फ़्रेन्चाइजहरुको कुरा बेग्लै छ जो बिपक्षीहरुलाई मानसिक फाइदा दिन चाहदैनन्। तर हामि भारतीय क्रिकेटको कुरा गरिरहेका छौँ। मायाँक अग्रवालको उदाहरण हेर्नुस। एउटा भारतीय समर्थकको लागि त्यो जान्ने अधिकार छ कि २ महत्वपूर्ण खेलाडीहरुलाई के भएको हो।”
रोहितले २०१९ मा टेस्ट क्रिकेटमा उत्कृस्ट कमब्याक गर्ने क्रममा दक्षिण अफ्रीका र बंगलादेश बिरुद्ध घरेलु टेस्ट सिरिजमा राम्रो प्रदर्शन गरेका थिए। उनि न्युजिल्यान्डबिरुद्धको सिरिजमा भने घाइते भएका कारण टिममा समाबेश थिएनन्। उक्त सिरिजमा भारत २-० ले पराजित भएको थियो। भारतको अस्ट्रेलिया भ्रमण निकै उच्चस्तरीय हुने गर्छ जहाँ फ्यानहरु आफ्नो प्रिय ब्याट्सम्यान रोहित शर्मालाई देख्न चाहन्छन्।
भारतीय क्रिकट बोर्डले सोबर अस्ट्रेलिया भ्रमणको लागि टेस्ट, वानडे र टि-२० फर्म्याटको लागि २८ सदस्यीय टिमको घोषणा गरेको हो। भ्रमण अन्तर्गत ४ टेस्ट, ३ टि-२० र ३ वानडेको सिरिज खेलिनेछ। सिरिज जैव सुरक्षित वातावरणमा खेलिनेछ जसको खेलतालिका घोषणा गरिएको छैन।
टेस्ट टिम : बिराट कोहली ( कप्तान ) , मायाँक अग्रवाल, पृथ्वी श, केएल राहुल, चेतेश्वर पुजारा, अजिंक्ये रहाने ( उपकप्तान ) , हनुमा विहारी, शुबमन गिल, रिद्दिमान शाह ( विकेटकिपर ) , रिशभ पन्त ( विकेटकिपर ) , जस्प्रित बुम्राह, मोहम्मद शामी, उमेश यादव, नभदिप सैनी, कुलदिप यादव, रभिन्द्र जडेजा, रभीचन्द्रन आश्विन, मोहम्मद सिराज
टि-२० टिम : बिराट कोहली ( कप्तान ) , शिखर धवन, मायाँक अग्रवाल, केएल राहुल ( उपकप्तान/विकेटकिपर ) , श्रेयस ऐयर, मनिष पाण्डे, हार्दिक पान्ड्या, सन्जु स्यामसन ( विकेटकिपर ) , रभिन्द्र जडेजा, वासिंगटन सुन्दर, युज्भेन्द्र चहल, जस्प्रित बुम्राह, मोहम्मद शामी, नभदिप सैनी, दिपक चाहर, वरुण चक्रवर्ती
वानडे टिम : बिराट कोहली ( कप्तान ) , शिखर धवन, शुबमन गिल, केएल राहुल ( उपकप्तान/विकेटकिपर ) , श्रेयस ऐयर, मनिष पाण्डे, हार्दिक पान्ड्या, मायाँक अग्रवाल, रभिन्द्र जडेजा, युजभेन्द्र चहल, कुलदिप यादव, जस्प्रित बुम्राह, मोहम्मद शामी, नभदिप सैनी, शार्दुल ठाकुर
लगातार पाँचौ जित पछि पन्जाब चौथो स्थानमा उक्लियो, कोलकाता सहजै पराजित
अस्ट्रेलिया टुरको लागि भारतीय टिमको घोषणा, रोहित छैनन्, राहुलको टेस्ट टिममा पुनरागमन
स्टोक्सको झुकेको माझी औंला पछाडी लुकेको पिताको शाहसको कथा