कोलकातालाई राहत : आईपीएलको बलिंग याक्सन कमिटिबाट नारायणले पाए सफाइ



गत साता शनिवार पन्जाब बिरुद्ध बलिंग गर्ने क्रममा कोलकाता नाइट राइडर्सका स्पिनर सुनिल नारायणको बलिंग याक्सन शंकास्पद रहेको अम्पायरले रिपोर्ट गरेका थिए। आफ्नो प्रमुख विदेशी खेलाडीलाई रिपोर्ट पर्दा कोलकातालाई ठूलो संकट परेको थियो। त्यसपछि आफ्नो याक्सनमा सुधार गर्न नारायणलाई कोलकाताले २ खेल खेलाएन।

तर आइतबार नारायणको मेहनतले काम गर्यो जसलाई आईपीएलको शंकास्पद बलिंग याक्सन युनिटले चेतावनीको सूचीबाट हटाएको छ। अब उनले आईपीएलमा बलिंग गर्न कुनै समस्या हुनेछैन।

“कोलकाताले नारायणको अधिकारिक रुपमा हामीलाई उनको याक्सनको सबै कोणबाट फुटेजहरु पठाएको थियो। कमिटिले उनको सबैखाले बलको फुटेजहरुलाई जांच गरेपछि हामि यो निष्कर्षमा पुगेका छौँ कि उनको आफ्नो कुहिनो नियम भित्र रहेर खुम्च्याएका छन्। कमिटिले यो पनि जानकारी गराएको छ कि नारायणले कमिटिलाई उपलब्ध गराएको याक्सनमानै आगामी खेलहरुमा बलिंग गर्नुपर्नेछ। नारायणलाई आईपीएलको शंकास्पद याक्सन चेतावनी सूचीबाट हटाइएको छ।” बिसीसीआईले विज्ञप्ति जारि गर्दै बताएको छ।

नारायणले एउटा मात्र चेतावनी पाएपछि कोलकाताले जोखिम नमोल्दै याक्सन सुधार गरेर मात्र नारायणलाई खेलाउने बिचार गरेको थियो। २ वटा चेतावनी पाएको भए मात्र बलरलाई बलिंग गर्न प्रतिबन्ध गर्ने गरिन्छ।

बलिंग गर्न पाएता पनि कोलकाताले नारायणलाई हैदरावाद बिरुद्ध खेलमा अन्तिम-११ मा मौका भने दिएन।

नारायणलाई पन्जाब बिरुद्ध खेलमा याक्सन शंकास्पद पाइएपछि रिपोर्ट गरिएको थियो

“नारायणलाई फिर्ता गर्न हतार गर्नेछैनौ , अझै थोरै समय दिन्छौ” हैदरावाद बिरुद्ध टसको क्रममा कोलकाता कप्तान ओएन मोर्गनले बताए। नारायण नखेल्दा कोलकाताले अफ स्पिनर क्रिस ग्रिनलाई राखेको थियो। तर हैदरावाद बिरुद्ध ग्रिनलाई बाहिर राखेर टिमले न्युजिल्यान्ड फास्ट बलर लकी फर्गुसनलाई खेलाएको छ। यस्तै लेग स्पिनर कुलदिप यादबलाई पनि मौका दिईएको छ।

नारायणले जारि लिगमा ६ खेल खेल्ने क्रममा ५ विकेट लिएका छन्। ब्याटिंगमा भने कमजोर प्रदर्शन गरेका नारायणले ५ इनिंगमा मात्र ४० रन बनाउन सकेका थिए।

नारायणको बलिंग याक्सन विवाद नयाँ हैन। ६ वर्ष अघि २०१४ मा आयोजित च्याम्पियन्स लिग प्रतियोगितामा २ पटक उनको याक्सन अबैध पाइएको थियो जसपछि उनले याक्सन सुधार्ने क्रममा २०१५ को विश्वकपनै गुमाउनु परेको थियो। यस्तै २०१५ को आईपीएलमा पनि उनको बलिंग शंकास्पद भएको भन्दै रिपोर्ट दर्ता गरिएको थियो जसपछि सोहि वर्ष नोभेम्बरमा बलिंगबाट प्रतिबन्ध लगाइएको थियो। आईसीसीले २०१६ अप्रिलमा उनको याक्सन सुधार पछि पुनः प्रतिबन्ध खुला गरेको थियो। त्यसै कारण उनले २०१६ को टि-२० विश्वकप खेल्न पाएका थिएनन्। त्यसपहि २०१८ मार्चमा पुनः पाकिस्तान सुपर लिगमा उनको याक्सनबारे अम्पायरले रिपोर्ट गरेका थिए।

कोलकता बिरुद्ध हैदरावादले पहिले बलिंग गर्ने, दुवै टिममा २ वटा परिवर्तन

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क

IPL : खेल चल्दै गर्दा ड्रेसिंग रुममा फिन्चले भेपिंग गरेको देखिएपछि

अन्तिम ओभर जडेजालाई बलिंग गर्न किन दिईयो ? धोनीले बताए कारण





थप समाचार

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]

प्रम कप : एपीएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न (ग्रुप ‘ए’) १५ औं खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा […]

प्रम कप : लुम्बिनीको दोश्रो जित, सुदूरपश्चिम बाहिरियो

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ। जितपछि लुम्बिनी समुह […]