सनसनीपूर्ण रन चेज, विवादित सर्ट-रनको निर्णय त्यसपछि सुपर ओभर। आईपीएल २०२० को दोश्रो खेलमा सबै कुरा घट्यो। तर सुपर ओभरमा मायाँक अग्रवाललाई ब्याटिंग गर्न नपठाउने निर्णय भने खेल पछि चर्चाको विषय बनेको छ।
मायाँकले एक्लो प्रयासमा किंग्स-११ पन्जाबलाई खेल बराबरीको स्थितिमा पुर्याएका थिए। ढिलो सुरुवातका बाबजुद ६० बलमा ८९ रन बनाएका उनले ५५/५ को स्थितिबाट टिमलाई १५७/८ को अवस्थासम्म पुर्याए।
तर, खेल सुपर ओभरमा पुग्दा अनिल कुम्बले प्रशिक्षक रहेको पन्जाब टिम व्यवस्थापनले सुपर ओभरमा कप्तान केएल राहुल र निकोलस पुरनलाई कागीसो रबाडा बिरुद्ध इनिंग सुरुवात गर्न पठाए। उनीहरुले मात्र २ रन बनाउन सके जुन क्रममा राहुल र पुरनले विकेट गुमाए। ग्लेन म्याक्सवेल तेश्रो ब्याट्सम्यानको रुपमा अविजित रहे।
खेलको क्रममा कमेन्टेटरहरुले अग्रवाललाई सुपर ओभरमा नपठाउने निर्णय प्रति आश्चर्य प्रकट गरेका छन्।
कमेन्टेटर साइमन डलले मायाँक थाकेको हुनाले उक्त निर्णय लिईएको हुनसक्ने अनुमान गरे जसले ओपनिंग ब्याटिंग गर्दै पुरा ओभर खेलेका थिए- “मायाँक थाकेको हुनसक्ने बाहेक अरु कारणले म यो निर्णय स्वीकार गर्न सक्दिन।”
अर्का कमेन्टेटर केभिन पिटरसनले भने स्पस्ट रुपमा निर्णय प्रति असन्तुष्टि प्रकट गरे – “गजबको क्रिकेटरबाट गजबको बलिंग ( रबाडा ) , तर मायाँक अग्रवाललाई नपथाउने निणर्य चै गजबको थिएन। इनिंग पछि प्रशस्त ब्रेक थियो जसपछि उनि ब्याटिंग गर्न आउन सक्थे। म निश्चित छैन कि यो निर्णय सहि थियो।”
खेलपछि कप्तान केएल राहुलले मायाँकको तारिफ गरे – ““अग्रवाल आज अपत्यारिलो थिए जसरि उनले खेललाई त्यति नजिक पुर्याए। उनि टेस्टमा राम्रो गरिरहेका छन् र आज उनको इनिंगले टिममा धेरै आत्मविश्वास पलाएको छ”
संयोगले, राहुलसंग सुपर ओभरमा ओपनिंग गर्न गएका निकोलस पुरनले २०१४ को सिपिएल टि-२० मा सुनिल नारायणको ओभर मेडन खेलेका थिए। त्यसपछि धेरै समय बिते पनि पुरनलाई विश्वास गर्नु, जो खेलमा आश्विनबाट खाता नखोली आउट भएका थिए र त्यो पनि, खेलमा उत्कृस्ट ब्याटिंग गरेका मायाँक अग्रवाललाई बाहिर राखेर, उक्त निर्णयले निकै प्रश्नहरु खडा गरेको छ।
खेल पछि पत्रकार सम्मेलनमा मायाँकले आफुलाई किन सुपर ओभरमा नपठाइएको बारे स्पस्ट बताएनन्। उनि खेल पछि निराश देखिएका थिए।
“पिचमा समय लिएर ब्याटिंग गर्न जरुरि थियो र ब्याटिंग गर्न मुस्किल थियो। डेथ ओभरमा हामीले खेललाई त्यहाँसम्म पुर्याउन निकै उत्कृस्ट ब्याटिंग गर्यौं। त्यसपछि… मलाई थाहा छैन।”
पन्जाब टिमको निर्णय प्रति ट्वीटरमा समेत प्रश्नहरु उठेका छन् –
This is why Mayank was not in the super over https://t.co/CAdvxPpdKi
— Michael Scott (@srivatsasriniv4) September 20, 2020
The Super Over shoud not have even happened. That run was definitely not one short. Having said that, Mayank Agarwal should have walked in with KL Rahul in the Super Over and not Pooran #DCvKXIP
— Hemang Badani (@hemangkbadani) September 20, 2020
Big mistake not resending Mayank Agarwal for the super over. Pooran possibly the only one to get a pair in T20. #DCvKXIP
— Nitin Deshpande (@nitingdeshpande) September 20, 2020
He might have been “cooked?” 🤷🏼 https://t.co/DWnVu9onVz
— Dean Jones AM (@ProfDeano) September 20, 2020
यो पनि पढ्नुस :-
३ खेलाडीलाई दिए दिल्ली कप्तान ऐयरले जितको श्रेय
IPL : सनसनीपूर्ण खेल सुपर ओभरमा जित्दै दिल्लीको विजयी सुरुवात
IPL : पहिलो खेलमा सन्दिपले मौका नपाउनुको ३ कारण
मोहम्मद शामीको IPL करियरकै उत्कृस्ट बलिंग