सुपर-एट क्रिकेट प्रतियोगिताको उपाधी पाँचपोखरी क्रिकेट क्लबलाई



  • विकेटनेपाल – २ मङ्सिर, आइतवार

सिन्धुपाल्चोकमा यहि कार्तिक २९ गतेदेखि सुरु भएको जिल्ला-स्तरीय जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर-एट क्रिकेट प्रतियोगिताको उपाधी आयोजक पाँचपोखरी क्रिकेट क्लबले जितेको छ। आइतवार सम्पन्न फाइनल खेलमा पाँचपोखरीले बाह्रबिसे क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो।

फाइनल खेलमा टस जित्दै पहिले ब्याटिंग रोजेको बाह्रबिसेले ५ ओभरमा सबै विकेट गुमाउँदै ३६ रन बनाएको थियो। उसका लागि राकेस श्रेष्ठले ६ बलमा उच्च १४ रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्।

बाह्रबिसेलाई सस्तैमा समेट्न पाँचपोखरीका बिजय धितालले २ ओभरमा १ मेडन सहित मात्र १० रन दिंदै महत्त्वपूर्ण ३ विकेट लिएका थिए। त्यस्तै राजु धिताल, अजय देउजा र महेस धितालले समान १/१ विकेट लिएका थिए ।

जितका लागि ३७ रनको लक्ष्य पछ्यायको पाँचपोखरीका लागि राजु धितालको ४ बलमा १३ रन, राजन धितालले ८ रन र महेस देउजाको ६ रनको सहयोगमा मात्र २.१ ओभरमा २ विकेट गुमाउदै ३९ रन बनाएपछी सहज ५ विकेटको जित हात पारेको थियो ।

पाँचपोखरी क्रिकेट क्लबका बिजय धिताल म्यान अफ द म्याच घोषित भए। बिजेता पाँचपोखरी क्रिकेट क्लबले नगद रु ५० हजार, ट्रफी, मेडल सहित प्रमाणपत्र प्राप्त गर्यो।

त्यस्तै उप-बिजेता बनेको बाह्रबिसे क्रिकेट क्लबले नगद रु ३० हजार र ट्रफीमा चित्त बुझाउनु पर्यो।

प्रतियोगिताको उत्कृस्ट ब्याट्सम्यान भोटाङ छ्वलिङ क्रिकेट क्लबका रमेस तामाङ (१४२ रन), बेस्ट बलर पाँचपोखरी क्रिकेट क्लबका अजय धिताल (१० विकेट) र प्रतियोगिताको उत्कृस्ट खेलाडी पाँचपोखरी क्रिकेट क्लबका बिजय धिताल (९२ रन, ९ विकेट) भए।

यस्तै प्रतियोगिताका इमर्जिङ प्लयेर थाङपालधाप क्रिकेट क्लबका सार्थक धिताल भए ।

प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेका रमेस तामाङ, अजय धिताल र बिजय धितालले वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी र सार्थक धितालले नेक्सस क्रिकेट एकेडेमीमा समान १ बर्ष निशुल्क प्रशिक्षण सुबिधा प्राप्त गर्नेछन्।





थप समाचार

कोभिड-१९ बिरुद्ध लड्न सन्दिपले सुरु गरे आर्थिक अभियान

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछानेले कोभीड-१९ महामारी बिरुद्ध सहयोग अभियान सुरु गरेका छन्। सामाजिक संजाल मार्फत अभियानको घोषणा गर्दै […]

वेस्टइन्डिज भ्रमणको लागि अस्ट्रेलियन टिम घोषित, लाबुशेन बाहिर

वेस्टइन्डिज भ्रमणको लागि क्रिकेट अस्ट्रेलियाले २३ सदस्यीय टिमको सोमबार घोषणा गरेको छ। भ्रमणमा अस्ट्रेलियाले वेस्टइन्डिज बिरुद्ध पाँचवटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय र […]

न्युजिल्यान्ड बिरुद्ध टेस्ट सिरिजबाट बाहिरिए आर्चर

इंग्ल्यान्ड फास्ट बलर जोफ्रा आर्चर न्युजिल्यान्ड बिरुद्ध जुन २ बाट सुरु हुने दुई टेस्टको सिरिजबाट बाहिर भएका छन्। कुइनोको चोट […]

“१०-१२ वर्ष एन्जाइटिले सतायो, कैयौं रात नसुती बिताएको छु” सचिन तेन्दुलकर

भारतीय क्रिकेट लेजेण्ड सचिन तेन्दुलकरले आफ्नो २४ वर्षीय क्रिकेट करियरको ठूलो हिस्सा एन्जाइटिसंग ( भय, त्रास, अत्यासको अवस्था ) जुझेको […]

“वर्तमान युगमा उनि नम्बर-१ ब्याट्सम्यान हुन्, उनि अद्भुत प्रदर्शन गरिरहेका छन्।” युसुफले बताए कोहली र आजममा को नम्बर-१

वर्तमान विश्व क्रिकेटका दुई ठूला ब्याट्सम्यान भारतका बिराट कोहली र पाकिस्तानका बाबर आजम बीच को महान् भन्ने बहस क्रिकेट फ्यानहरु […]

टि-ट्वान्टी विश्वकपमा २० वटा टिम, इन्टर कन्टिनेन्टल कप फरक नाममा

क्रिकेट खेललाई विश्वव्यापीकारण गर्ने प्रयास स्वरूप अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) टि-ट्वान्टी विश्वकपमा टिम संख्या बढाएर २० वटा पुर्याउने […]