टि-१० लिग : पोलार्ड कप्तानीको डेक्कनद्वारा कुशल मल्ल आवद्ध टिम अबु धाबी पराजित



युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत छैठौं खेलमा काइरन पोलार्ड कप्तानीको डेक्कन ग्ल्याडीएटर्सले पहिलो जित दर्ता गर्ने क्रममा नेपाली खेलाडी कुशल मल्ल आवद्ध टिम अबु धाबीलाई ६ विकेटले पराजित गरेको छ। पहिलो खेलमा डेक्कन पुने डेभिल्ससंग पराजित भएको थियो।

शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा टिम अबु धाबीले दिएको ९६ रनको लक्ष्य डेक्कनले ३ विकेट गुमाएर ९.४ ओभरमा भेटायो।

डेक्कनको लागि ओपनर क्यामरन डेलपोर्टले सर्वाधिक ४० रन बनाए जुन क्रममा २४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। कप्तान पोलार्डले २४ तथा मोहम्मद शहजादले २१ रन बनाए। टिम अबुधाबीका बलर जेमी ओभरटनले ३ तथा रोहन मुस्तफाले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको टिम अबु धाबीले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो। अबुधाबीको लागि कप्तान लुक राइटले सर्वाधिक २५ रन तथा जोए क्लार्कले २१ रन बनाए। क्रिस गेलले ४ र पल स्टरलिंगले समान ४ रन बनाउन सके। डेक्कनको बलिंगमा जहुर खानले ३ विकेट लिए भने इम्तियाज एहमदले २ विकेट तथा इमरान ताहिर र सुनिल नारायणले १/१ विकेट लिए।

खेलमा टिम अबु धाबीले नेपाली ब्याट्सम्यान कुशल मल्ललाई अन्तिम-११ मा मौका दिएन।

अबुधाबीले आगामी खेल शनिवार कलन्दर्स बिरुद्ध खेल्नेछ। खेल नेपाली समय ८ बजे सुरु हुनेछ। शनिवारनै सोमपाल कामि आवद्ध मराठाले बंगला टाइगर्ससंग ५:४५ बजे बेलुका खेल्नेछ।





थप समाचार

एलपीएलको अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प धनगढी

धनगढीमा आयोजना हुन गइरहेको विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६)को अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प प्रा.लि.धनगढी रहने […]

शाहिन अफ्रिदी आईसीसी वर्ष पुरुष क्रिकेटर २०२१ घोषित, कसले जिते के अवार्ड

पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी सर गारफिल्ड सोबर्स आईसीसीको वर्ष पुरुष क्रिकेटर घोषित भएका छन्। अफ्रिदीले वर्ष २०२१ मा […]

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]