टि-१० लिग : टस हारेर मराठा ब्याटिंग गर्दै, सोमपाल अन्तिम-११ मा



युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत सुपर लिग चरणको दोश्रो दिनको पहिलो खेलमा कलन्दर्स र मराठा अरबियन्स प्रतिस्पर्धा गर्दैछन्।

शेख जायद स्टेडीयम अबुधाबीमा नेपाली समय बेलुका ५:४५ बजे सुरु हुने खेलमा कलन्दर्सले टस जितेर मराठालाई ब्याटिंगको निम्तो दिएको छ। खेलमा मराठाले लगातार चौथो खेलमा पनि नपाली फास्ट बलर सोमपाल कामिलाई अन्तिम-११ मा मौका दिएको छ।

मराठा अरबियन्सको अन्तिम ११ : अब्दुल शाकुर, इशान मलहोत्रा, लौरी इभान्स, मोहम्मद हफिज, शोयब मलिक, जाभेद अहमदी, मोसद्देक हुसेन ( कप्तान ) , केभीन कोतथिगोडा, मुक्तर अलि, यामिन अहमदजाई, सोमपाल कमि

कलन्दर्सको अन्तिम ११ : टम बान्टन, शर्जिल खान, सोहेल अख्तर ( कप्तान ) , असिफ अलि, बेन डंक, शाहिद अफ्रिदी अज्मतुल्लाह ओमर्जाई, क्रिस जोर्डन, सोहेल तन्भिर, दन्यल एहमद, सुल्तान एहमद

लिग अन्तर्गत समूह चरणमा मराठाले ३ खेल खेल्दा १ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो। कलन्दर्स समुह चरणमा तिन वटै खेलमा विजयी भएको थियो।

लिगमा यस अघि तिन वटै खेलमा अन्तिम-११ मा मौका पाएका सोमपाल कामिले पहिलो खेलमा नर्दर्न वारियर्स बिरुद्ध २ ओभरमा २८ रन खर्चेर विकेटविहिन रहेका थिए। यस्तै दोश्रो खेलमा दिल्ली बुल्स बिरुद्ध पनि विकेटविहिन रहेका सोमपालले १ ओभरमा १७ रन खर्चेका थिए। तेश्रो खेलमा बांग्ला टाइगर्स बिरुद्ध १ ओभरमा उनले १२ रन खर्चेर विकेटविहिन रहेका थिए।

लिग अन्तर्गत आजनै अर्का नेपाली खेलाडी करन केसी आवद्ध टिम पुने डेभिल्सले दिल्ली बुल्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय ८ बजे राति सुरु हुनेछ।





थप समाचार

T20WC : अन्तः डीककले मागे माफी- “कसैको अपमान गर्ने उद्देश्य थिएन”

टि-२० विश्वकप अन्तर्गत वेस्टइन्डिज बिरुद्धको खेलमा ‘ब्ल्याक लाइभ म्याटर’ अभियान अन्तर्गत घुंडा टेक्न अस्विकार गर्दै वेस्टइन्डिज बिरुद्धको खेल नखेलेका दक्षिण […]

पाकिस्तानसंग मिल्नेलाई खेलाउन नदिएपछि आईसीसी प्रति न्युजिल्यान्ड प्रशिक्षकको आक्रोश

“निराश” अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले घाइते खेलाडी लकी फर्गुसनको स्थानमा एडम मिल्नेलाई मान्यता नदिएपछि न्युजिल्यान्डका मुख्य प्रशिक्षक […]

T20WC : अस्ट्रेलिया बिरुद्ध कायम रहला श्रीलंकाको जित यात्रा, दुवै टिमको सम्भावित-११

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरण अन्तर्गत समुह ‘१’ को खेलमा अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। खेल दुबई अन्तर्राष्ट्रिय […]

T20WC : ट्रंपलम्यानको घातक बलिंग, नामिबियाद्वारा स्कटल्याण्ड पराजित

स्कटल्याण्डलाई ४ विकटले पराजित गर्दै युएईमा जारि टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणमा नामिबियाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा अफगानिस्तानसंग पराजित […]

पाकिस्तानसंग हारपछि पनि सेहवागको विश्वास “भारतले टि-२० विश्वकप जित्नेछ”

युएईमा जारी टि-ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमै पाकिस्तानसंग १० विकेटको विशाल अन्तरले पराजित भएको भारतलाई प्रतियोगिता सुरु हुनु अघि विश्वकप […]

विश्वकप एसियाली छनोट खेल्ने महिला राष्ट्रिय टिमको घोषणा, कविता पहिलो पटक राष्ट्रिय टिममा

युएईमा आगामी महिना नोभेम्बर २० देखि २६ तारिखमा आयोजना हुने २०२१ आईसीसी महिला टि-ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताको लागि १४ […]