टि-१० लिग : क्याच छुट्दा सोमपाल विकेटविहिन, यस्तो रह्यो प्रदर्शन



युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा चौथो संस्करणको ‘अबुधाबी टि-१० लिग’ सुरु  भएको छ। लिगको पहिलो खेलमा नेपाली फास्ट बलिंग अलराउण्डर सोमपाल कामि आबद्ध टिम मराठा अरबियन्स र नर्थर्न वारियर्स प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा टस जितेर फिल्डिंग रोजेको मराठाले सोमपाल कामिलाई डेब्यु गराएको छ। टिमका कप्तान शोयब मलिकको क्वारेन्टाइन अवधि पुरा नभएकोले उनको स्थानमा मराठाको कप्तानी बंगलादेशी क्रिकेटर मोसद्देक हुसेनले गरिरहेका छन्।

पहिले ब्याटिंग गरेको नर्थर्न वारियर्सले निर्धारित १० ओभरमा १२७ रन बनाउदै मराठालाई १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ। वारियर्सको ब्याटिंगमा लेन्डल सिमोन्सले सर्वाधिक अविजित ५४ रन बनाए जुन क्रममा १ बलमा ७ चौका र १ छक्का हिर्काए। ओपनर ब्रेण्डन किंगले १३ बलमा २९ रन तथा निकोलस पुरनले ९ बलमा १९ रन बनाए। मराठाको लागि एउटा मात्र विकेट मुख्तर अलिले लिए। अर्को विकेट रन आउटको रुपमा प्राप्त भएको थियो।

यस्तो रह्यो सोमपालको बलिंग प्रदर्शन 

पहिलो ओभर : ८ रन ( ० , २ , ६ , ० , ० , ० )

ओपनिंग बलिंग गर्न आएका सोमपालले ओभरको सुरुवात राम्रो गरे। पहिलो बलमा रन नखर्चेका सोमपालले दोश्रो बलमा विकेटको अवसर सिर्जना गरेका थिए। ब्रेण्डन किंगले पुल गर्न खोज्दा ब्याटको टप एज लागेको थियो तर फिल्डरले मिड-विकेटमा क्याच छुटाउन पुग्दा सोमपाल पहिलो विकेट लिन असफल रहे। तेश्रो बलमा किंगले सोमपालले गरेको सर्टबलमा लंगनमा छक्का हिर्काए। त्यसपछि सोमपालले ओभरमा उत्कृस्ट पुनरागमन गरे र लगातार ३ बलमा ब्रेण्डनले कुनै पनि रन बनाउन सकेनन्।

क्याच छुट्दा सोमपालको निराशा

दोश्रो ओभर : २० रन ( ४ , ३ , ४ , १ , १ , वाइड , छक्का )

पहिलो ओभर पछि सोमपाललाई अन्तिम ओभरमा बलिंगमा ल्याइएयो। ओभरको पहिलो बलमा सिमोन्सले सोमपालको सर्ट बललाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरे। दोश्रो बलमा सोमपालले गति परिवर्तन गर्दै गरेको फुल टसबलमा भित्रि किनारा लाग्दा सिमोन्सले ३ रन लिए। तेश्रो बलमा रोभम्यान पावेले चौका हिर्काए। काउ कर्नरमा फिल्डरले गल्ति गर्दा चौका प्रहार भयो। चौथो बलमा सोमपालको योरकरमा रोभम्यान पावेलले १ रन लिए। पाँचौ बलमा सोमपालले पुनः १ रन मात्र खर्चिए। अन्तिम बलमा सोमपालले वाइड बल गरे जसपछिको बलमा उनलाई पावेलले डिप मिडविकेटमा छक्का प्रहार गरे। बाउन्ड्रीमा फिल्डरको थोरै माथि बाट छक्का प्रहार भयो।

सोमपालले २ ओभर बलिंग गर्दा २८ रन खर्चेर विकेटविहिन रहे।

खेलमा सोमपालले आठौँ ओभरमा निकोलस पुरनको विकेट मुख्तर अलिले लिने क्रम मिड-विकेटमा राम्रो क्याच समेत लिए। बिपरित दिशामा घाम भएता पनि सोमपालले क्याच लिन गल्ति गरेनन्।

लिग अन्तर्गत आज हुने दोश्रो खेलमा अर्का नेपाली क्रिकेटर करन केसी आवद्ध रहेको पुने डेभिल्सले काइरन पोलार्ड कप्तानीको डेक्कन ग्ल्याडीएटर्ससंग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपाली समय राति ८ बजे सुरु हुनेछ।

प्रतियोगिता खेल्न सोमपाल कामि सहित अन्य २ नेपाली खेलाडीहरु करन केसी र कुशल मल्ल पनि छनोट भएका छन्। करन पुने पुने डेभिल्स टिममा आबद्ध छन् भने कुशल टिम अबुधाबीमा आबद्ध गरेका छन्। तिन जना क्रिकेटर पहिलो पटक टि-१० लिग खेल्न छनोट भएका हुन्। सोमपाल बाहेक करन र कुशल पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन्। सोमपालले यस अघि ग्लोबल टि-२० लिग क्यानडा खेलेका थिए। यस्तै राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कुशल मल्ल आबद्ध टिम अबु धाबीको मेन्टरको रुपमा आबद्ध रहेका छन्।





थप समाचार

BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्। नेपाली राष्ट्रिय क्रिकेट […]

नजिकबाट चिन्नुस को हुन् राष्ट्रिय टिमका नयाँ सदस्य लोकेश बम

युवा ब्याट्सम्यान बिबेक यादव र लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख […]

टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा […]

प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ । […]

शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। बुधबार […]

BBL : सन्दिप सिजनकै महँगो सावित, म्याक्सवेल र मेलबर्नको नयाँ कीर्तिमान

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आफ्नो चौधौं खेलमा महँगो सावित […]