युएई र आयरल्याण्ड टि-२० विश्वकप खेल्न छनोट, नेपाल र ओमानको सम्भावना समाप्त



युएई र आयरल्याण्ड अस्ट्रेलियामा यो वर्ष अक्टोबरमा आयोजना हुने टि-ट्वान्टी विश्वकप २०२२ खेल्न छनोट भएका छन्।

टि-२० विश्वकप छनोट प्रतियोगिताको सेमीफाइनलमा युएईले नेपाललाई तथा आयरल्याण्डले आयोजक ओमानलाई पराजित गर्दै विश्वकपको टिकट काटेको हो। युएई २०१४ पछि दोश्रो पटक तथा आयरल्याण्ड सातौँ पटक टि-२० विश्वकप खेल्न छनोट भएको हो।

टि-२० विश्वकप २०२२ खेल्ने १४ टिमको टुंगो लागेको छ। अब बाँकी दुई टिमको टुंगो जिम्बाब्वेमा जुलाई २०२२ मा आयोजना हुने ग्लोबल छनोट ‘बि’ प्रतियोगिताबाट लाग्नेछ। उक्त प्रतियोगितामा जिम्बाब्वे, अमेरिका, युगान्डा, सिंगापुर, पपुवा न्यु गिनी, नेदरल्याण्ड, जर्सी र हंगकंग प्रतिस्पर्धा गर्नेछन्।

टि-२० विश्वकप खेल्न छनोट भएका देशहरु : अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्याण्ड, दक्षिण अफ्रीका, श्रीलंका, वेस्टइन्डिज, आयरल्याण्ड, युएई ( दुई देश बाँकी )

समुह चरणमा अपराजित रहँदै समुह विजेताको रुपमा सेमीफाइनल पुगेको नेपाललाई सेमीफाइनलमा युएईले सहजै ६८ रनले पराजित गर्यो। युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले १०७ रन मात्र बनाउन सक्यो। युएईका एहमद राजाले ५ विकेट लिए। २०१४ को टि-२० विश्वकप खेलेको नेपाल २०१६, २०२१ र २०२२ को टि-२० विश्वकप छनोट हुन असफल भएको हो।

दोश्रो सेमीफाइनलमा आयरल्याण्डले ओमानलाई ५६ रनले पराजित गर्यो। २०२१ टि-२० विश्वकप खेलेको र आयोजना समेत गरेको ओमानको लगातार अर्को विश्वकप खेल्ने सपना आयरल्याण्डले समाप्त गर्यो। आयरल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको ओमानले १०९ रनमै सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित आयरल्याण्डका एन्डी म्याक ब्रायनले ३६ रन बनाउनुको साथै २ विकेट लिए। यस्तै गेराथ डेलानिले ४७ तथा ह्यारी टेक्टरले ३५ रन बनाए भने बलिंगमा सिमि सिंहले ३ तथा जोश लिटल र क्रेग योंगले २/२ विकेट लिए।

फाइनल पुग्न असफल नेपालले अब बिहिबार तेश्रो स्थानको लागि हुने खेलमा ओमानसंग प्रतिस्पर्धा गर्नेछ। बिहिबारनै आयरल्याण्ड र युएई बीच फाइनल खेलिनेछ।





थप समाचार

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]

एसीसी टि-२० महिला : नेपाल सेमिफाइनलमा

एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । स्कोरकार्ड , अंकतालिका  मलेसियाको किनरारा ओभल क्रिकेट […]