T20WC : ‘गर या मर’ को खेलमा बंगलादेशद्वारा ओमान पराजित



सुपर-१२ चरण प्रवेशको सम्भावना जीवित राख्न जित्नै पर्ने खेलमा बंगलादेशले ओमानलाई २६ रनले पराजित गरेको छ। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसंग ६ रनले पराजित भएको थियो।

ओमान र युएईमा संयुक्त रुपमा जारि विश्वकप अन्तर्गत समुह ‘बि’ अन्तर्गतको खेलमा बंगलादेशले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १२७ रन मात्र बनाउन सक्यो। ओमानको लागि ओपनर जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए जुन क्रममा ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। कश्यप प्रजापतिले २१, मोहम्मद नदीमले अविजित १४ तथा जिसान मक्सुदले १२ रन बनाए।

ओपनर अकिब इल्यास दोश्रो ओभरमा मुस्तफिजुर रहमानबाट एलबिडब्लु भएपछि जतिन्दर सिंहले दोश्रो विकेटको लागि कश्यप प्रजापतिसंग ३४ रन जोडे। छैठौं ओभरमा प्रजापतिलाई मुस्तफिजुरले क्याच आउट गरे। जतिन्दरले तेश्रो विकेटको लागि कप्तान जिशान मक्सुदसंग ३४ रन जोडे। बाह्रौं ओभरमा मक्सुदलाई मेहदी हसनले क्याच आउट गराए। तेह्रौं ओभरमा जतिन्दरलाई शाकिब अल हसनले क्याच आउट पारे। त्यसपछि ओमानले लगातार विकेट गुमाउन पुग्यो। फलस्वरुप १३ ओभरमा ९०/३ को अवस्थाबाट बाट योगफलमा ७ ओभरमा ६ विकेट गुमाएर थप ३७ रन मात्र जोड्न सक्यो।

बंगलादेशको बलिंगमा मुस्तफिजुर रहमानले ४ विकेट ( ४-०-३६-४ ) तथा शाकिब अल हसनले ३ विकेट ( ४-०-२८-३ ) लिए। मोहम्मद सैफुद्दीन र मेहदी हसनले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बंगलादेशले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १५३ रन बनाएको थियो। बंगलादेशको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ५० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै शाकिब अल हसनले २९ बलमा ६ चौका मद्दतले ४२ रन बनाए। महमुदुल्लाहले १७ रन बनाए।

लिटन दास र मेहदी हसन छिटै पेभेलियन फर्किएपछि नैम र शाकिबले तेश्रो विकेटको लागि ८० रन जोडेका थिए। शाकिब र नैम आउट भएपछि लगातार विकेट गुमाएको बंगलादेश १०१/२ को अवस्थाबाट १२२/६ को अवस्थामा पुग्यो। त्यसपछि पनि विकेट जाने क्रम नरोकिदा बंगलादेशले अन्तिम ५ ओभरमा ६ विकेट गुमाएर ४१ रन मात्र बनायो।

ओमानको बलिंगमा फयाज बट ( ४-०-३०-३ ) र बिलाल खानले ( ४-०-१८-३ ) समान ३ विकेट लिए। कलेमुल्लाहले २ विकेट ( ४-०-३०-२ ) तथा जिशान मक्सुदले १ विकेट ( २-०-१७-१ ) लिए।

जितपछि समुह ‘बि’ बाट सुपर-१२ चरणमा पुग्ने दुई टिमको निर्णय बिहिबार हुने बंगलादेश र पपुवा न्युगिनी तथा ओमान र स्कटल्याण्ड बीचको खेल पछि हुनेछ। समुह ‘बि’ मा बंगलादेश, स्कटल्याण्ड, ओमान र पपुवा न्यु गिनी मध्ये सबै टिमले एकअर्का बिरुद्ध एक/एक खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम सुपर-१२ चरण प्रवेश गर्नेछ। स्कटल्याण्डले खेलेको दुवै खेलमा जित हाँसिल गरिसकेको छ भने बंगलादेश र ओमानले दुई खेल खेल्दा एक/एक जित दर्ता गरेका छन्। पपुवा न्यु गिनीले दुवै खेलमा हार बेहोरेको छ।

प्रतियोगिता अन्तर्गत बुधबार समुह ‘ए’ अन्तर्गत दुई खेल हुनेछन्। शेख जायद स्टेडियममा ३:४५ बजे बेलुका नामिबिया र नेदरल्याण्ड तथा ७:४५ बजे रातिको दोश्रो खेलमा श्रीलंका र आयरल्याण्ड प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु फर्कने

नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके फर्कने निश्चित भएको छ। यो वर्ष अगस्टमा डेभ व्हाटमोरले व्यक्तिगत कारण देखाउदै […]

BIG BASH : सन्दिपले लिए ड्यानियल क्रिस्चियनको विकेट, कमेन्टेटरद्वारा तारिफ

एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत पहिलो खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो सुरुवात गरेका छन्। सिड्नी […]

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]