T20WC : बेरिंगटन र डेभि चम्किंदा स्कटल्याण्डले लगातार दोश्रो जित



युएई र ओमानमा संयुक्त रुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणको समुह ‘बि’ अन्तर्गतको खेलमा स्कटल्याण्डले दोश्रो जित दर्ता गर्ने क्रममा पपुवा न्यु गिनीलाई १७ रनले पराजित गरेको छ।

ओमानको अल अमिरात मैदानमा स्कटल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यु गिनीले १९.३ ओभरमा १४८ रनमा सम्पूर्ण विकेट गुमायो। उसको लागि नोर्मन भानुवाए सर्वाधिक ४७, सिसि बाउले २४, असद भाला र किप्लिन डोरिगाले समान १८ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको पपुवा न्यु गिनीले ३५ रन बनाउदा ५ विकेट गुमाएको थियो। सातौँ नम्बरमा ब्याटिंग गरेका नोर्मन भानुवाले छैठौं विकेटको लागि सिसि बाउसंग ३२ रनको तथा किप्लिन डोरिगासंग ५३ रनको साझेदारी गरे। जित्न ४ ओभरमा ४६ रन आवस्यक हुँदा सत्रौं ओभरमा डोरीगालाई मार्क वाटले पेभेलियन फर्काउदै ओभरमा मात्र ४ रन खर्चिए। लगत्तै ओभरमा भानुवालाई जोश डेभेले विकेट पछाडी क्याच आउट गर्दै स्कटल्याण्डलाई खेलमा हावी गरे।

स्कटल्याण्डको बलिंगमा दायाँ हाते पेसर जोश डेभेले सर्वाधिक ४ विकेट ( ३.३-०-१८-३४ ) लिए। ब्राडलि व्हिल, एलेस्डर इभान्स, मार्क वाट र क्रिस ग्रिभ्सले समान १ विकेट लिए।

प्लेयर अफ द म्याच चुनिएका बेरिंगटनले ७० रन बनाए

यस अघि टस जितेर ब्याटिंग गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १६५ रन बनाएको थियो।

स्कटल्याण्डको ब्याटिंगमा रिची बेरिंगटनले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै म्याथु क्रसले ४५ रन बनाए। बेरिंगटन र क्रसले तेश्रो विकेटको लागि ९२ रनको साझेदारी गरेका थिए। पपुवा न्यु गिनीको बलिंगमा कबुवा मोरियाले सर्वाधिक ४ विकेट ( ४-०-३१-४ ) तथा चाड सोपरले ३ विकेट ( ४-०-२४-३ ) लिए।

स्कटल्याण्डले पहिलो खेलमा बंगलादेशलाई ६ रनले पराजित गरेको थियो। पहिलो खेलमा ओमानसंग १० विकेटले पराजित भएको पपुवा न्यु गिनीको यो दोश्रो हार हो। जितपछि स्कटल्याण्डको दोश्रो चरण पुग्ने सम्भावना बलियो बन्दा पपुवा न्यु गिनीको कमजोर बनेको छ। समुह ‘बि’ मा स्कटल्याण्ड, पपुवा न्यु गिनी र बंगलादेश र ओमान रहेका छन्। सबै ४ टिमले एक अर्कासंग एक /एक खेल खेलेपछि समुहमा उत्कृस्ट हुने दुई टिम सुपर-१२ चरण प्रवेश गर्नेछ।

समुह ‘बि’ अन्तर्गत आज ओमान र बंगलादेश बीच प्रतिस्पर्धा हुँदैछ। आज ओमान विजयी भएको खण्डमा बंगलादेश र पपुवा न्यु गिनी प्रतियोगिताको पहिलो चरणबाटै बाहिर हुनेछ भने स्कटल्याण्ड र ओमान सुपर-१२ चरण प्रवेश गर्ने पक्का हुनेछ। ओमानले पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको थियो। बंगलादेश पहिलो खेलमा स्कटल्याण्डसंग पराजित भएको थियो।





थप समाचार

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु फर्कने

नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके फर्कने निश्चित भएको छ। यो वर्ष अगस्टमा डेभ व्हाटमोरले व्यक्तिगत कारण देखाउदै […]

BIG BASH : सन्दिपले लिए ड्यानियल क्रिस्चियनको विकेट, कमेन्टेटरद्वारा तारिफ

एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत पहिलो खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो सुरुवात गरेका छन्। सिड्नी […]

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]