भारतद्वारा अस्ट्रेलिया पराजित, रोहितको अर्धशतक



ओमान र युएईमा संयुक्तरुपमा जारि सातौं टि-ट्वान्टी विश्वकप अघि आफ्नो दोश्रो अभ्यास खेलमा भारतले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ। पहिलो अभ्यास खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियाले न्युजिल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो।

युएईको आईसीसी एकेडेमी मैदानमा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १५३ रनको लक्ष्य भारतले मात्र १ विकेट क्षेतीमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा भारतीय ओपनर केएल राहुल र रोहित शर्माले ६८ रनको साझेदारी गरे। ३१ बलमा २ चौका र ३ छक्का मद्दतले ३९ रन बनाएका राहुललाई दशौँ ओभरमा एस्ट एगरले क्याच आउट पारे। त्यसपछि रोहितले सुर्यकुमार यादवसंग ५९ रनको साझेदारी गरे। जित्न २६ रन आवस्यक हुंदा रोहित रिटायर्ड आउट हुँदै पेभेलियन फर्किए। त्यस अघि रोहितले ४१ बलमा ५ चौका र ३ छक्का मद्दतले ६० रन बनाए। त्यसपछि सुर्यकुमार यादवले अविजित ३८ तथा हार्दिक पान्ड्याले अविजित १४ रन बनाउदै जितसम्म पुर्याए।

यस अघि टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १५२ रन बनाएको थियो।

खराब सुरुवात गरेको अस्ट्रेलियाले सुरुवाती ३ विकेट ११ रनको योगफलमै गुमाएको थियो। रभीचन्द्रन आश्विनले दोश्रो ओभरमा डेभिड वार्नर र मिचेल मार्शको विकेट लिए। कप्तान फिंचलाई जडेजाले चौंथो ओभरमा पेभेलियन फर्काए। चौंथो विकेटको लागि स्टिभ स्मिथले ग्लेन म्याक्सवेलसंग ६१ रनको साझेदारी गरे। बाह्रौं ओभरमा म्याक्सवेललाई राहुल चाहरले बोल्ड गरे जसपछि स्मिथ र मार्कस स्टोइनिसले ७६ रनको साझेदारी गरे। स्मिथ अन्तिम ओभरमा भुवनेश्वर कुमारबाट क्याच आउट भए।

भारतको बलिंगमा रभीचन्द्रन आश्विनले २ ( २-०-८-२ ) तथा भुवनेश्वर कुमार ( ४-०-२७-१ ), रभीन्द्र जडेजा ( ४-०-३५-१ ) र राहुल चाहरले ( ३-०-१७-१ ) समान एक विकेट लिए।

विश्वकपमा भारत सुपर-१२ चरण अन्तर्गत समुह २ मा छ जुन समुहमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान तथा समुह चरणबाट पुग्ने दुई टोलि हुनेछन्। भारतले आफ्नो पहिलो खेल पाकिस्तानसंग अक्टोबर २४ तारिखमा खेल्नेछ। अस्ट्रेलिया सुपर-१२ चरणमा समुह १ मा रहेको छ जुन समुहमा दक्षिण अफ्रीका, वेस्टइन्डिज र इंग्ल्यान्ड सहित समुह चरणबाट पुग्ने दुई टोलि हुनेछन्। अस्ट्रेलियाले विश्वकपको सुरुवात दक्षिण अफ्रीकासंग अक्टोबर २३ तारिखमा खेल्दै गर्नेछ।





थप समाचार

BIG BASH : सन्दिपले लिए ड्यानियल क्रिस्चियनको विकेट, कमेन्टेटरद्वारा तारिफ

एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत पहिलो खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो सुरुवात गरेका छन्। सिड्नी […]

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]

क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि […]