T20WC : अस्ट्रेलिया बिरुद्ध कायम रहला श्रीलंकाको जित यात्रा, दुवै टिमको सम्भावित-११



युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरण अन्तर्गत समुह ‘१’ को खेलमा अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ।

अस्ट्रेलिया र श्रीलंका दुवैले आफ्नो पहिलो खेलमा जित दर्ता गरेका थिए। दुवै टिमले आफ्नो पहिलो खेल लक्ष्य पछ्याउदै जितेको थियो।  श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो जुन क्रममा १७२ रनको लक्ष्य पछ्याएको थियो भने अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गरेको थियो जुन क्रममा ११९ रनको लक्ष्य पछ्याएको थियो। आजको जितले दुवै टिमको सेमीफाइनल यात्रा केहि सहज हुनेछ।

समुह चरणमा अपराजित रहँदै सुपर-१२ पुगेको श्रीलंका राम्रो लयमा छ। चरिथ असलंका र भानुका राजपक्षले दवावमा बंगलादेश बिरुद्ध खेलेको इनिंग्सले श्रीलंकालाई आत्मविश्वास दिएको छ। जोश हेजलवुड, मिचेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पा जस्ता बलरको लयले अस्ट्रेलियालाई आत्मविश्वास दिंदा कप्तान आरोन फिंच र डेभिड वार्नरको ब्याट नचल्नु चिन्ता बनेको छ। वार्नरको श्रीलंकासंग टि-२० अन्तर्राष्ट्रिय औशत ५५.९ रहेकोले वार्नरको लागि लयमा आउनु श्रीलंकासंगको खेल उपयुक्त हुनेछ।

हेड टु हेड : दुई टिम बीच टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६ पटक भेट भएको छ जसमा दुवै टिमले ८/८ खेलमा जित र ८/८ खेलमा हार बेहोरेका छन्। यस्तै टि-२० विश्वकपमा तिन पटक भएको भेटमा अस्ट्रेलिया दुई पटक तथा श्रीलंका एक पटक विजयी भएको छ।

अस्ट्रेलियाको सम्भावित ११ : डेभिड वार्नर , आरोन फिंच ( कप्तान ) , मिचेल मार्श, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, म्याथु वेड ( किपर ) , प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा, जोश हेजलवुड

श्रीलंकाको सम्भावित ११ : कुशल परेरा ( किपर ), पथुम निसंका, चरिथ असलंका, अभिस्का फर्नान्डो, वानिन्दु हसरंगा, भानुका राजापक्षे, दासुन शनाका ( कप्तान ) , चमिका करुनारत्ने, दुश्मन्था चमिरा, लाहिरु कुमारा, बिनुरा फर्नान्डो/महेश तिक्षणा





थप समाचार

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु फर्कने

नेपाली राष्ट्रिय क्रिकेट टिमको मूख्य प्रशिक्षकमा पुबुदु दासानायके फर्कने निश्चित भएको छ। यो वर्ष अगस्टमा डेभ व्हाटमोरले व्यक्तिगत कारण देखाउदै […]

BIG BASH : सन्दिपले लिए ड्यानियल क्रिस्चियनको विकेट, कमेन्टेटरद्वारा तारिफ

एघारौं सिजनको बिग ब्यास लिग अन्तर्गत पहिलो खेल खेल्ने क्रममा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले राम्रो सुरुवात गरेका छन्। सिड्नी […]

टि-२० विश्वकप छनोट : नेपालको समुहमा ओमान र आयरल्याण्ड

२०२२ अक्टोबर-नोभेम्बर मा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकपको ग्लोबल क्वालीफायरमा स्वतः छनोट भएको नेपालले आगामी वर्ष २०२२ फेब्रुअरीमा ओमानमा ग्लोबल […]

प्रदेश २ स्तरिय महिला क्रिकेट : सानाकाे उत्कृष्ट प्रदर्शनले बारा विजयी, सिराहाद्वारा

प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे दुई वटा खेलमा बारा र सिरहा […]

हिमालयनलाई बर्दिया प्रिमियर लिगको उपाधी, आयुष्मान सर्वोत्कृष्ट

दोश्रो बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । मंगलबार गुलरियामा सम्पन्न फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई […]

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]