Home - अन्तर्राष्ट्रिय क्रिकेट - २ रनमै अलआउट, १ बलमै जित

अन्तर्राष्ट्रिय क्रिकेट

२ रनमै अलआउट, १ बलमै जित

Rajan Shah
Editor
  •  
  •  
  •  
  •  
  •  
  •  

  • विकेटनेपाल, मङ्सिर ८

२ रनमै अल आउट ? सुन्दा अचम्म लाग्न सक्छ तर भारतको यु १९ महिला सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा क्रिकेटको यस्तै दुर्लभ घटना घटेको छ।

प्रतियोगिताको नागाल्याण्ड र केरलाबिचको ५० ओभरको खेलमा टस जितेर ब्याटिंग गरेको नागाल्याण्डले सबै विकेट गुमाउदा मात्र २ रन बनायो। अचम्म त यो छ कि त्यो २ रन बनाउन उसले १७ ओभेर खेल्यो र त्यो २ रन मध्ये १ रन अतिरिक्त थियो ।

नागाल्याण्डले २ रन बनाउदा ५.२ ओभरमा पहिलो विकेट गुमाएको थियो त्यसपछि ब्याट्सम्यानहरु क्रिजमा आए र गते मात्र कसैले रननै बनाउन सकेनन्।

ओपनर मेनकाले १८ बलमा १ रन बनाएर धन्न टिमको इज्जत राखिन् भने अर्को १ रन वाइड बलमार्फत पाएको थियो। टिमका ९ जना महिला खेलाडीहरु डक आउट भए। अन्तिममा ब्याटिंग गर्न आएकी प्रियंका नटआउट रहिन् ।

photo – timesnownews.com

उता केरलाका लागि भने अलीना सुरेन्द्रनले सबैभन्दा खराब बलिंग गरिन् उनले ३ ओभरमा २ मेडन राख्दै २ रन खर्चीईन।उनैले खर्चेको रननै नागाल्याण्डको जम्मा स्कोर रहेको थियो साथै उनी मात्रै विकेट लिनबाट बन्चित रहिन्। अन्य सबै बलरहरुले जति ओभर बलिंग गरे त्यतिनै ओभर मेडन ओभर थियो। बाँकी १४ ओभरमा बिनाकुनै रन खर्चेर केरलाले १० विकेट लिएको थियो ।

जवाफमा केरलाले मात्र १ बलमै खेल जित्यो । पहिलो ओभर बलिंग गर्न आएकी नागाल्याण्डकी दीपिकाले पहिलो बल वाइड फालिन भने त्यसपछिको बलमा केरलाकी अन्सुले चौका प्रहार गर्दै खेल १० जिताएकी थिईन् ।

नेपालले २ बलमै जित्दा 

क्रिकेटमा यस्तो नतिजा एकदमै दुर्लभ हो। यस खेलले नेपालले ११ बर्ष अघि म्यानमार बिरुद्ध २ बलमै जितेको खेलको सम्झना गराएको छ।

सन् २००६ को एसीसी ट्रफीमा म्यानमार बिरुद्दको खेलमा नेपालले मात्र ११ रनको बिजयी लक्ष्य पाएको थियो । नेपालले २ बलमै लक्ष पछ्याउदै अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ जित हात पारेको थियो। उक्त खेलमा मेहबुब आलमले मात्र ३ रन खर्चेर ७ विकेट( ६.१-३-३-७ )  तथा बिनोद दासले ३ विकेट ( ६-२-४-३ ) लिएका थिए।

खेलमा म्यानमारका ५ खेलाडी ० रनमै आउट भएका थिए भने ५ जना खेलाडीले १ रन मात्रै बनाएका थिए। कुल ५ रन ब्याट्सम्यानले बनाएका थिए भने २ वाइड र ३ वटा लेग बाइ मार्फत म्यानमारले ५ रन पाएको थियो। १० रनको लक्ष नेपालले २ बलमै पछ्याएको थियो, ओपनर महेश क्षेत्री र ज्ञानेन्द्र मल्लले नटआउट ३/३ रन बनाएका थिए भने ५ रन वाइड मार्फत पाएको थियो।

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा कम रनमा अलआउट हुने किर्तिमान जिम्बाबेको नाममा रहेको छ जसले सन् २००४ मा जिम्बाबेकै हरारेमा भएको श्रीलंका बिरुद्द भएको एकदिवसीय क्रिकेटमा मात्र ३५ रन बनाउदै सबै विकेट गुमाएको थियो । श्रीलंकाले १ विकेट गुमाएर ९.२ ओभरमा खेल जितेको थियो। स्कोरकार्ड 

(Scorecard: BCCI.TV)


  •  
  •  
  •  
  •  
  •  
  •