लगातार तेश्रो हार पछि युगान्डालाई सिरिज



लगातार तेस्रो हारसँगै नेपाली राष्ट्रिय महिला टोलीले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाएको छ । पाँच खेलको सिरिजमा पाहुना टोली युगान्डा दुई खेल अगावै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयो ।

यससँगै युगान्डाले सिरिजमा ३–० को अग्रता लिएको छ । यसअघि नेपाल युगान्डासँग पहिलो खेलमा नेपाल १२ रन र दोस्रो खेलमा एक विकेटले पराजित भएको थियो । नेपालले दिएको एक सय रनको विजयी लक्ष्य युगान्डाले १८.२ ओभरमा चार विकेटको क्षतिमा एक सय एक रन बनायो ।

युगान्डाका लागि केभिन विनोले अविजित ४२ रन तथा जेनेट वावाजीले २७ रन बनाईन् । बलिङमा नेपालकी कविता कुँवरले दुई तथा कप्तान रुविना क्षेत्री र इन्दु वर्माले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ९९ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाईन् । रुविना क्षेत्रीले अविजित १८ र सिता रानामगरले १२ रन बनाईन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङमा युगान्डाकी फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले दुई दुई विकेट लिए । नेपाल र युगान्डाबीचको चौथो खेल शुक्रबार र पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ । नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय टी–२० सिरिज खेलेको हो ।





थप समाचार

अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ। शनिवार विहान […]

स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले […]

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]